A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कालिकोटमा पहिरो : पहिरोबाट दुई बालबालिकासहित तीनको मृत्यु, एक बेपत्ता

कालिकोटको विभिन्न ठाउँमा बुधबार गएको पहिरोमा परेर थप तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । 

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– ७ क्युरीमा पहिरोमा परी ६२ वर्षीय पर्शुराम सज्यालको मृत्यु भएको छ भने अन्दाजी २९ वर्षीया तारा धमाला सज्याल बेपत्ता भएकी छिन् । 

त्यस्तै, महावै गाउँपालिका– ७ कोडबाडामा घर भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ । 

बुधबार बेलुका महावै गाउँपालिका– ७ का तुल महतराको घर वर्षाका कारण भत्किएर खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगीता भण्डारी र सुर्ज महतराको १२ वर्षीय छोरा गणेश महत्तराको घरभित्रै पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महतराको घरमा खेलिरहेकामा अरू चारजना बालबालिका घाइते भएका छन् । 

उनीहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: