A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आर्थिक अभावमा क्यान्सरपीडित बालकको उपचारमा समस्या

जाजरकोटका एक बालकलाई ब्लड क्यान्सर भएको छ । भेरी नगरपालिका–१३ कुदुका २० महिनाका बालक युनिक रोकायलाई ब्लड क्यान्सर भएको हो । गत माघदेखि बिरामी भएका बालकको कान्ति बाल अस्पताल काठमाडांैमा ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

गत माघमा युनिक एक्कासि बिरामी भएपछि उनको पश्चिम रुकुमको चौरजहारी अस्पतालमा उपचार गराइएको थियो । डाक्टरको सल्लाहअनुसार करिब एक हप्ता अस्पतालमै राखेर उपचार गरे पनि रोग पत्ता लाग्न नसकेपछि नेपालगन्ज अस्पतालमा लगियो ।

कोहलपुरस्थित मेडिकल कलेजमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगियो । २० महिनाको बिरामीबालकलाई लिएर काडमाडांै जाँदा आमा पनि जानुपर्ने अवस्था भएकाले आफ्नो ज्याला मजदुरी गरेको केही पैसा र छिमेकबाट कर्जा निकालेर करिब ९ लाख रुपियाँ जुटाई काठमाडौंको टिचिङ अस्पताल पु¥याइयो ।

टिचिङले पनि रोग पत्ता लगाउन नसकेनपछि कान्ति बाल अस्पताल पु¥याइएको र कान्तिले युनिकलाई ब्लड क्यान्सर भएको पत्ता लगाएकोे बुबा योगेश रोकायाले बताउनुभयो । ‘डाक्टरले बच्चालाई ब्लड क्यान्सर भएको रिपोर्ट दिँदा छाँगाबाट खसे जस्तै भयो, मनै थाम्नै सकिनँ’, योगेशले भन्नुभयो– ‘भएको पैसा सबै सकियो, खाना खाएको तिर्ने पैसा पनि छैन, कसरी उपचार खर्च जुटाउने भन्ने चिन्ताले सताउन थालेको छ ।’

एक दिनमा २० हजारदेखि २५ हजार खर्च हुन्छ । निको हुँदासम्म अनुमानित २५ लाखदेखि ३० लाख लाग्ने र बच्चालाई अन्य रोगले आक्रमण गरे थप शुल्क लाग्ने अस्पतालले जनाएको छ । यति मोटो रकम आफूसँग नभएकाले छोराको जीवन रक्षाका लागि सहयोग गरिदिन बुबा योगेशले अनुरोध गर्नुभएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: