A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

होटेलमा काम लगाइदिने भन्दै किशोरीमाथि बलात्कार

होटेलमा काम लगाइदिने भन्दै एक किशोरीमाथि बलात्कार भएको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सल्यानको शारदा नगरपालिका– १ श्रीनगरनिवासी ४५ वर्षीय हिमराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।  

आर्थिक अवस्था कमजोर भएकी ती बालिकाका बुबासँग साउन २३ गते छोरीलाई श्रीनगरमा सञ्चालनमा रहेको रोयल गेस्टहाउसमा काम लगाइदिन्छु भनी घरबाटै लिएर आएको र होटेलमा नलगी चल्ला फर्ममा जाम भन्दै भगवतीखोलाको जंगलमा लगी  बलात्कार गरेको पीडित बालिकाले बताइन् । 

मासिक तीन हजार रुपैयाँमा होटेलमा सरसफाइको कामका लागि मानसिक सन्तुलन सुस्त रहेका बुबासँग स्वीकृति लिए पनि आफूले जान नमानेपछि जबर्जस्ती घरबाट लगेको बालिकाको आरोप छ । 

पीडितको बुबा सुस्त श्रवण भएका कारण इन्सेकको रोहवरमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् । जिल्ला अस्पताल सल्यानमा पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते भएको अस्पतालका निमित्त प्रमुख भीमकान्त जैसीले बताए । आरोपितलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: