समाचारमा बालबालिका

दार्चुलामा पहिरोमा पुरिएका बालकको शव फेला

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । महाकाली नगरपालिका वडा नम्बर- २ बडाली गाउँ नजिक शुक्रबार सुख्खा पहिरो जाँदा नौगाड गाउँपालिका वडा नम्बर- २ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना बेपता भएका थिए।

घटनापछि उनको खोजी गरे पनि भेटाउन सकिएको थिएन। आइतबार साँझ पहिरो गएको स्थानबाट दुई किलोमिटर टाढा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए।

मिति: सोमबार, साउन १२, २०७७, १६:५७:००