मुगुमा एक महिनामा ३४ बालबालिकामा कुषोषण
पछिल्लो समयमा हिमाली जिल्ला मुगुका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । कुपोषणका कारण ५ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
विशेषगरी २ वर्ष मुनीका बालबालिकामा कुपोषणको समस्या धेरै छ । गलत खानपान, स्तनपानको कमी गरीबी लगायतका कारणले बालबालिकामा कुपोषको समस्या बढ्दै गएको हो ।
विगतका वर्ष भन्दा यो वर्षको सुरुमै कुपोषणका बिरामीको संख्या उच्च देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
एक महिनामा ३४ बालबालिकामा कुपोषण
जिल्लामा साउन महिनामा मात्रै ३४ जना बालबालिकामा जटील खाले कुपोषणको समस्या देखिएको छ ।
कुपोषणको समस्याका कारण ३४ बालबालिकालाई जिल्ला अस्पाताल ल्याइएको थियो ।
जसमध्य ३१ जनालाई उपचारात्मक खाना (आर. यु. टि. एफ) १४ दिनका लागि दिएर घर पठाइएको थियो भने ३ जनालाई अस्पतालमै भर्ना गरिएको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी तथा पोषण कार्याक्रमका फोकल व्यक्ति पर्शुराम नेपालीले बताए ।