A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

केयर बाल गृहबाट ११ बालिकाको उद्धार

कपनको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।

कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि बुधबार राष्ट्रिय बालअधिकार परिषदले त्यहाँका ११ जना बालिकाको उद्धार गरेको हो।

'त्यहाँको सञ्चालिकाले झूटो प्रचार गरी बच्चा फेला परेको कुरा बाहिर आएपछि हामी स्थलगत रूपमै बुझ्न गयौं,'परिषदका अधिकृत तथा सूचना अधिकारी राम बहादुर चन्दले सेतोपाटीसँग भने,'घटना र मापदण्डलाई हेरेर हामीले ११ जना बालिकाको उद्धार गर्‍यौं'

उद्धार गरिएकी बालिकाहरूलाई केही समयको लागि मापदण्ड पूरा भएको गृहमा राखिने उनले बताए 'अहिले हामीले तत्कालको लागि पुनर्स्थापना गृहमा राख्छौं र अभिभावक वा परिवारको खोजी गर्छौं,'चन्दले भने,'भेटिएमा परिवारलाई बुझाउँछौं र नभेटिएमा मापदण्ड पूरा भएका दीर्घकालीन गृहमा राख्छौं।' 

केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीले १५-१६ जना बालबालिकाको संरक्षण गर्दै आएकी बताएकी थिइन्। अन्य बालबालिकाहरू ठूलो भइसकेको हुँदा त्यही राखिएको चन्दले जानकारी दिए। परिषदले अधिकारीलाई कारबाही गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पत्राचार गर्ने उनले बताए। 'हामी मन्त्रालयलाई कारबाहीको लागि जानकारी गराउँछौं,'उनले भने,'नेपाल प्रहरी र मन्त्रालयले अनुसन्धान गरेर सामान्य कारबाही गर्ला।' 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: