A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोरङमा परीक्षा दिन गएकी किशोरी सम्पर्कविहीन

https://www.onlinekhabar.com/2021/02/931160  २०७७ फागुन २

२ फागुन, विराटनगर । परीक्षा दिन गएकी एक किशोरी एक सातायता सम्पर्कविहीन भएकी छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ कि १५ वर्षीया सविना दर्जी माघ २५ मा परीक्षा दिन गएपछि घर फर्किएकी छैनन् ।

स्थानीय साजिलाल माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने उनी विहान करिब साढे १० बजे परीक्षा दिन गएकी थिइन् । बुबा सुबास दर्जीका अनुसार सविनाले मोबाइल बोक्दिनन् । सामाजिक सञ्जाल पनि चलाउदिनन् । विद्यालयमा गएर साथी र आफन्तसँग सोधीखोजी गर्दा केही कतै नभेटिएको उनले बताए ।

छोरी हराएको भोलिपल्ट इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको उनले बताए । प्रहरीले पनि खोजी बारे परिवारलाई जानकारी गराएको छैन ।

सुवासका अनुसार छोरी परीक्षा दिन विद्यालय प्रवेश गरेलगतै निस्किएको सीसी क्यामेरामा देखिएको छ । तर त्यसपछि कतै देखिएकी छैनन् ।

‘साथीभाइ आफन्त सबै तिर खोजीसक्यौं तर कतै भेटेनौं,’ उनले भने ‘छोरी खोज्दा खोज्दै थाकिसक्यौं हामी ।’ सुवासका ४ छोरी र एक छोरा छन् । बेपत्ता भएकी छोरी कान्छी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले किसोरीको खोजी कार्य जारी रहेको बताए । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेपत्ता किसोरीले मोबाइल र सामाजिक सञ्जाल प्रयोग नगर्ने भएका कारण खोजी गर्न कठिनाइ भएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: