A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

https://www.setopati.com/social/229748  फागुन ६

कम नम्बर ल्याएको भन्दै निर्घात रूपमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन्।

जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यामिक विद्यालय सिक्टामा गणित र विज्ञान विषय पढाउँदै आएका राहात कोटाका शिक्षक हेमराज बिक पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएएसपी मुकुन्दप्रसाद रिजालका अनुसार शिक्षक बिकलाई अभिभावकको जाहेरीका आधारमा फागुन ३ गते दिउँसो पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय गढवाले शिक्षक बिकलाई पक्राउ पछि थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

दाङ देउखुरी जिल्ला अदालतले फागुन ४ गते  विकलाई दस दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको इप्रका गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। 

शिक्षक विक बिरूद्ध बालबालिका सम्बन्धि कसुर २०७५ अन्त्ततर्गत मुद्दा दायर गरि घटनाका प्रत्यक्षदर्शी, विद्यालय प्रशासन लगाएतसँग सोधपुछको काम भइरहेको गढवाका प्रमुख भट्टले बताए। 

विद्यालय हाता भित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: