समाचारमा बालबालिका

आगलागीमा घाइते बालकको मृत्यु

https://ekantipur.com/pradesh-6/2021/02/12/161313901305379194.html माघ ३०, २०७७

मुगु — सोरु गाउँपालिका–२ नार्थपु गाउँमा आगलागीमा परेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

गत माघ २७ गते घर नजिकै धानको परालमा सल्किएको आगोमा परेर सोही वडाका देविलाल बुढाको ५ वर्षीय छोरो कविराज बुढाको मृत्यु भएको छ भने हरिबहादुर शाहीका छोरो ४ वर्षीय डिल्ली शाही घाइते भएका थिए ।

आगोमा जलेका दुई घाइते बालक शाही र बुढालाई माघ २८ गते उपचारका लागि जिल्ला अस्पताल ठिनी ल्याइएको र अस्पतालले रिफर गरेर शुक्रबार नेपालगञ्ज भेरी अस्पताल पुर्‍याए लगत्तै बुढाको मृत्यु भएको र शाहीलाई थप उपचारको लागि काठमाडौं कीर्तिपुर पठाइएको घाइते बालकका आफन्त मञ्जन शाहीले बताए ।

आगो ताप्ने परालमा आगो सल्किएको र आगो निभाउन लाग्दा माथिबाट आगोसहित पराल शरीरमा खसेर दुई बालक शक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

गाउँले आएर आगो नियन्त्रण गरेपछि अरु मानवीय र धनसम्पत्तिको क्षति हुन नसकेको उनको भनाई छ ।