A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या

https://ekantipur.com/news/2021/02/09/16128334187023600.html  माघ २७, २०७७

नयाँदिल्ली, बर्दिया — भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेम शाहीले बताए । घटना नेपाल–भारत सीमानजिक कुन्डवा चैनपुरमा भएको हो । किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए । किशोरीका भिनाजु नवलसिंह विकका अनुसार उक्त घटना २१ जनवरीको हो ।

घटनाका बेला किशोरीकी आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् । ‘ससुराबुबा कामको सिलसिलामा डेराबाट बाहिर निस्किनुभएको थियो,’ नवलसिंहले भने, ‘सालो पनि बजार गएको रहेछ । त्यही मौका छोपी सालीमाथि यस्तो अपराध भयो ।’ घटनाका दिन अपराह्न ४ बजे सालो बजारबाट फर्किएपछि घरधनी सियाराम साहले डेरामा पस्न नदिएको उनले सुनाए । ‘घरधनीको कुरा नसुनी कोठाभित्र पुग्दा सुमित्रा भुइँमा ढलेकी रहिछन्,’ नवलसिंहले भने, ‘त्यसपछि उनले बाबुलाई खबर गरेका रहेछन् ।’

सुमित्राको घाँटीमा रातो डाम देखेपछि बाबुछोराले उपचार गराउन लैजाँदा स्थानीय चिकित्सकले उपचार गर्न नमानेको परिवारजनले बताए । ‘त्यसलगत्तै केही व्यक्ति भेला भएर शव जलाउन दबाब दिए र नजलाए सबैको ज्यान लिने भन्दै धम्क्याए,’ नवलसिंहले भने, ‘सादा कागजमा ससुराको औंठाछाप पनि लिए ।’ त्यसै रात जबर्जस्ती पोखर रोडको किनारामा नुन र चिनी हालेर स्थानीयले शव जलाएको उनले बताए ।

स्थानीय प्रहरी चौकीका इन्चार्ज (एसएचओ) सञ्जीवकुमार रञ्जन र अभियुक्तबीचको अडियोवार्ता भारतीय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि घटना बाहिर आएको हो । अडियोमा रञ्जनले किशोरीको शवलाई सञ्चारमाध्यमले थाहा पाउनुअघि नै गुपचुप ठेगान लगाउन सल्लाह दिएका थिए । जबकि बालिका बलात्कारको आरोपमा भारतमा पोस्को कानुनअनुसार मुद्दा चलाउनुपर्छ । बालबालिकामाथि हुने यौनजन्य हिंसामा मृत्युदण्डसम्मको सजायको व्यवस्था छ ।

पश्चिम चम्पारणका प्रहरी अधिक्षक (एसपी) नवीनचन्द्र झाले प्रारम्भिक अनुसन्धानमा एसएचओ रञ्जनले बलात्कार र हत्याजस्तो जघन्य घटनाबारे थाहा हुँदाहुँदै उजुरी दायर नगरेको र उल्टै अभियुक्तलाई प्रमाण लुकाउन सहयोग गरेको बताए । अनुसन्धान टोलीले दोषी ठहर गरेमा रञ्जनमाथि कानुनी कारबाही थालिने उनको भनाइ छ । अडियो बाहिर आउनासाथ एसएचओ रञ्जन निलम्बनमा परिसकेका छन् ।

घटनाको अनुसन्धान गर्न उपप्रहरी अधिक्षक (डीसीपी) को नेतृत्वको एउटा विशेष टोलीसमेत गठन गरिएको छ । प्रहरी अधिक्षक झाका अनुसार फरेन्सिक जाँचका लागि मुजफ्फरपुरबाट एउटा टोली आइतबार घटनास्थल पुगेको थियो । त्यसको रिपोर्ट आउन केही दिन लाग्ने उनले बताए । ‘म हिजो (आइतबार) दिनभर घटनास्थलमै थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘घटनास्थलको प्रकृति र साक्षीको भनाइअनुसार बालिकाको हत्या भएको देखिन्छ ।’ पोस्टमार्टम नगरिएको र शव जलाइएकाले छानबिन गर्न कठिन भएको छ । ‘छिमेकी र साक्षीसँग बयान लिएर आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ,’ अधिक्षक झाले भने, ‘बालिकाको शव जलाउनुअघिका केही तस्बिरसमेत फेला पारेका छौं । जसमा घाँटीमा डामहरू पनि देखिन्छ ।’

बालिकाका बाबुले घटनाकै दिन अभियुक्तविरुद्ध उजुरी दिन खोजे पनि एसएचओ रञ्जनले मानेका थिएनन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्तहरूले बालिकाका बाबुलाई बन्धक बनाएर प्रहरीमा रिपोर्ट नगर्न धम्कीसमेत दिएका थिए । त्यहाँबाट जसोतसो फुत्किएर उनी छोरालाई लिएर नेपाल फर्किए । त्यसको दुई दिनपछि अरू आफन्तलाई साथ लाएर उनी फेरि चैनपुर फर्किएका थिए ।

चम्पारणमा बस्दै आएका नेपाली समुदायले उक्त घटनाको विरोध गरेर मुद्दा दर्ता गर्नुपर्ने भनेपछि आफू त्यहाँबाट आएको किशोरीका बाबुको भनाइ छ । चैनपुर थानामा ११ जनाविरुद्ध फेब्रुअरी २ मा उजुरी दर्ता गराएर उनी नेपाल फर्किएका छन् । विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहविरुद्ध सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । घरमालिक साहसहित अन्य ७ जनाविरुद्ध जबर्जस्ती शव जलाएर प्रमाण नष्ट गरेकामा मुद्दा दर्ता गरिएको नवलसिंहले बताए । घटनामा संलग्न घरबेटी सीताराम साह र उनका छोरा दीपकलाई प्रहरीले पक्राउ गरेको छ । अन्य फरार छन् ।

बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले जघन्य अपराध गर्ने घरमालिक साहसहित अभियोगीलाई भारतीय कानुनअनुसार फाँसीको सजाय दिन माग गरेका छन् । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन परराष्ट्र मन्त्रालयबाट पहल गरिनुपर्ने उनको भनाइ छ । पोस्टमार्टमसमेत नगरी जबर्जस्ती बालिकालाई जलाइएको घटना जघन्य अपराध भएकाले नेपालले भारतीय अधिकारीसँग न्यायका लागि पहल गर्नुपर्ने उनले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: