A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session6g19095fhqjl7f18cjbhtgh07i94rsdh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेपत्ता दुई बालक भेटिएनन्

https://ekantipur.com/pradesh-1/2021/02/11/161301088006072683.html माघ २९, २०७७

सुनसरी — धरान–८ बरगाछीस्थित सहिद स्मृति माविमा कक्षा ५ मा पढ्ने १२ र ११ वर्षीय दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरान–१५ दशरथपथका संकल्प लिम्बू र बरगाछीका सुन्दर तामाङ छन् । माघ २६ गते दिउँसो करिब ३ बजेदेखि उनीहरू सम्पर्कविहीन भएको संकल्पका बाबु जितबहादुर लिम्बूले बताए ।

कक्षा ५ को परीक्षा दिएर घर फर्कने क्रममा बरगाछी चोकबाट इटहरी, विराटनगर वा पूर्व झापा जाने रातो रङको सार्वजनिक बसमा चढेको भनेर साथीहरूबाट जानकारी पाएको जितबहादुरले जानकारी दिए ।

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बेपत्ता बालकको खोजी भइरहेको बताए । । प्रनाउ बस्नेतले भने, ‘बेपत्ता हुनुभन्दा अगाडि तामाङ केटो घरमा पुगेर स्कुल ड्रेस परिवर्तन गरेर लिम्बू केटासँग गएको देखिन्छ ।

कक्षा ५ मै पढ्ने अर्का एक जना राई समुदायको साथीको थोत्रो साइकल मागेर कवाडीलाई सय रुपैयाँमा बेचेपछि उनीहरू सार्वजनिक बसमा चढेर गएको देखिन्छ ।’ दुवै बालकका अभिभावकहरू धरानमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: