A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono1n7has8h9vfos2a39elv2539knost25): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

https://www.onlinekhabar.com/2021/02/929406 २०७७ माघ २४ 

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।

बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । ‘मान्छे मारेर फालेको भन्ने खबर पाएपछि म पनि गएँ, भागरथीकै शव रहेछ’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले अनलाइनखबरसँग भने ।

भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको थियो । त्यो देख्दा निर्मला प्रकरण सम्भिmएको भन्दै कार्की भन्छन्, हामीले हेर्दा दुवै घटना उस्तै हो जस्तो लाग्छ ।’

२०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखु बारीमा शव भेटिएको थियो ।

प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ ।

प्रहरीले भागरथीको पनि बलात्कारपछि हत्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ ।

अहिले सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली पुगेको छ । बाखु निमर्ला पन्त हत्या प्रकरणको अनसन्धानका लागि पछिल्लो समय कञ्चनपुरमा थिए । बैचडीमा भागरथीको हत्या भएको खबर आएपछि उनलाई नै पठाइएको हो ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् ।

‘घटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेका छौं’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, यो यति विभत्स घटना छ कि दोषीलाई मृत्युदण्ड पनि कम हुन्छ ।’

भट्ट परिवारमा एकपछि अर्को बज्रपात

गाउँपालिका अध्यक्ष कार्की पनि वडा नम्बर ७ कै हुन्, भारगथी र उनको टोल भने अगल अलग हो । कार्कीका अनुसार भागरथीका बुबाको मृत्यु भएको दुई महिना पनि भएको छैन ।

४५ वर्षीया आमा द्रोपती बरखीमा छन् । भारतमा मजदुरी गरेर परिवारको खर्च टार्दै आएका बुबाको मृत्यु भएपछि भागरथीका दाइ हालै मात्र मजुदरी गर्न भारत गएका थिए ।

दुई दिदीको बिहे भइसकेकाले घरमा उनी मात्र आमाकी साथी थिइन् ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: