समाचारमा बालबालिका

विषालु च्याउ खाँदा बालकको मृत्यु

विषालु च्याउ खाँदा डडेल्धुरामा एक बालकको ज्यान गएको छ। नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय बालक ललित धामीको ज्यान गएको हो।

परिवारका अन्य चार जना सदस्य बिरामी छन्।

उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने बताए।

बिरामी परेका बालककी आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।