समाचारमा बालबालिका

सुस्त मनस्थितिकी किशोरी बलात्कारपछि गर्भवती, तीनजना पक्राउ

साउन ६, २०७७ पर्वत : महाशीला गाउँपालिका–५ लुँखुदेउरालीकी अपाङ्गता भएकी एक किशोरी बलात्कारपछि गर्भवती रहेको पाइएको छ। सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि चार महिनाअघि बलात्कार भएको पाइएको हो। घटनाबारे यसअघि थाहा नभए पनि उनको पेट बढ्दै जान थालेपछि उनकी आमाले सोधपुछ गर्दा बलात्कृत भएको खुलेको हो। 

उनीमाथि गत जेठ १७ मा बलात्कार भएको बताइएको छ।   पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएकी छन्। उक्त उजुरीको आधारमा घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका तीनजना पक्राउ परेका छन्। उनीहरू ९, १२ र १४ वर्षका रहेको प्रहरीले जनाएको छ।