A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपाङ्ग बालिका बलात्कृत

१६ वर्षीया अपाङ्ग बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १२ वर्ष र १४ वर्ष उमेरका दुई बालकलाई नियन्त्रणमा लिएको छ । अपाङ्गताको फाइदा उठाउँदै बालिकालाई जबर्जस्ती करणी गरेको पीडित बालिकाका आफन्तहरूले प्रहरीलाई जानकारी दिएपछि दुई बालकलाई पक्राउ गरेको हो ।

पक्राउपश्चात् स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका ४ महिने गर्भवती भएको खुलेको छ । मानसिकरूपमा अपाङ्ग रहेकी बालिका अहिले परिवारकै आफन्तको संरक्षणमा रहेकी छिन् भने आरोपित दुई बालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले करणी कसूरमा जबर्जस्ती करणीअन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

गत असार महिनामा बालिकालाई जबजस्ती करणी गर्न खोजेको बालिकाकी आमाले देखेपछि ती बालकहरूलाई लखेटेकी थिइन् । तत्पश्चात् छोरी बिरामी पर्दै गएपछि आमाले गाउँमा अन्य व्यक्तिहरूलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: