A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsep8b45hjd8ofvkeb24bd1a8ptahgkg): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार अभियुक्त वर्षदिनपछि पक्राउ

भक्तपुर : १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको एक वर्षपछि एक युवालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिका ९ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ मध्यपुर अस्पताल अगाडि मासुपसल गर्दै आएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारीलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भण्डारीले २०७६ साल जेठ २७ गते पत्रिकाको ग्राहक बनाउने क्रममा १७ वर्षीया बालिकालाई आफ्नै डेरामा लगी डर, धाकधम्की दिई जबरजस्ती करणी गरेका थिए। 

भण्डारीले जबरजस्ती करणी गरेपश्चात गर्भवती भई ती बालिकाले २०७६ साल माघ २६ गते छोराको जन्म दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

जबरजस्ती करणीबाट गर्भ बसेर छोराको समेत जन्म भएपछि बालिकाले आफूलाई बलात्कार गर्ने भण्डारीलाई खोज्दा फेला नपरेको भन्दै उनलाई खोजतलास गरी कारबाही गरी पाउन असार १४ गते महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरी परेपछि प्रहरीले भण्डारीलाई खोजतलास गर्दै जाँदा बुधबार फेला पारेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

भण्डारीलाई नियन्त्रणमा लिएपछि कानुनबमोजिम जिल्ला अदालत भक्तपुरमा पेस गरी थप अनुसन्धानको लागि सात दिनको म्याद थप भएको उनले बताए।

उनका अनुसार घटना वर्षदिनसम्म गुपचुप हुँदा बलात्कारी फरार रहँदै आएको थियो। वर्षदिनसम्म जबरजस्ती करणी गर्ने भण्डारी फेला नपरेपछि पीडित बालिका प्रहरीकहाँ पुगेकी थिइन्।

जबरजस्ती करणी मुद्दाको कसुरबमोजिम एकवर्षे हद म्याद भए ता पनि कोभिड १९ संक्रमणको कारण देशभर २०७६ चैत ११ गतेबाट बन्दाबन्दी भएको र उक्त बन्दाबन्दीको अवधिलाई शून्य समय मानिने सर्वोच्च अदालतको निर्णयानुसार जबरजस्ती करणी मुद्दाको एक वर्षे हद म्याद बाँकी नै रहेको मानेर जबरजस्ती करणसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक गिरीले स्पष्ट पारे।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: