ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु
कान्तिपुरमा प्रकाशित,३० जेठ, पोखरा ।
पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।
Read More