समाचारमा बालबालिका

सप्तरीमा सर्पले टोकेर दिदीभाइको मृत्यु

https://www.onlinekhabar.com/2021/09/1016860 २०७८ असोज ६ 

६ असोज, सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

सप्तरीका छुट्टाछुट्टै स्थानमा डुबेर दुई बालिकासहित तीन जनाको मृत्यु

https://www.onlinekhabar.com/2021/09/1016634 २०७८ असोज ५

५ असोज, सप्तरी । सप्तरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ । खडक नगरपालिका तथा महादेवा र तिलाठी-कोइलाडी गाउँपालिकामा एक/एक जनाको डुबर मृत्यु भएको हो ।

खडक नगरपालिका-८ मुसहरिनयाँमा तीन वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय राजेशकुमार चौधरीकी छोरी एलिजाकुमारी चौधरीको घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबिरहेको अवस्थामा उनलाई काका रामकुमार चौधरीले निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Read More

पोखरीमा आमा–छोराको शव फेला

https://www.onlinekhabar.com/2021/09/1015722 २०७८ असोज ४

४ असोज, जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

Read More

पोखरीमा आमा–छोराको शव फेला

https://www.onlinekhabar.com/2021/09/1015722  २०७८ असोज ४ 

४ असोज, जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

Read More

पहिरोले घर पुरिँदा पाल्पामा एक बालिकाको मृत्यु

https://www.setopati.com/social/247372 भदौ १३

पहिरोमा परेर पाल्पामा एक बालिकाको मृत्यु भएको छ।

तानसेन नगरपालिका वडा नम्बर ५ कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु भएको हो।

गए राति करिब २:३० बजे पहिरो खसेको थियो।

Read More

बेचबिखनका लागि भारत पुर्‍याइएका ७ युवतीको उद्धार

https://annapurnapost.com/news/185465 १२ भदौ २०७८

वीरगन्ज : नेपाल प्रहरीले भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार गरेको छ। बेचबिखनको जोखिममा रहेका ७ जना युवतीलाई भारत बिहारको आदापुरमा बन्धक बनाएर राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो। 

बिहारको पूर्वी चम्पारण जिल्ला छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट ७ जना युवतीको उद्धार गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। उद्धार गरिएकामा उदयपुर जिल्ला घर भएका १८ र २१ वर्षिया, पुर्व नवलपरासीकी २० वर्षिया, सुनसरीकी २३ वर्षिया, बाग्लुङकी १९ वर्षिया, कास्कीकी २० वर्षिया र पर्साकी १८ वर्षिया  युवतीहरु रहेका छन्। 

Read More

पालिकाले एम्बुलेन्स नदिँदा शिशुको ज्यान गयो

https://annapurnapost.com/news/185326  १० भदौ २०७८

दैलेख : मञ्जु विकको डेढ महिने छोरीलाई अकस्मात श्वासप्रश्वासमा समस्या देखियो। ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी उनले मंगरबार बिहानै छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याइन्। शिशुको उपचारमा स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे। स्वास्थ्यमा सुधार नआएपछि दिउँसो २ बजेतिर प्रदेश अस्पताल सुर्खेत रिफर गरियो।

स्वास्थ्य केन्द्रले सुर्खेत रिफर गरेपछि शिशुका आफन्तले एम्बुलेन्सका लागि गाउँपालिकालाई खबर गरे। उनीहरूसँग तत्कालै एम्बुलेन्सको भाडा तिर्न पैसा थिएन। एम्बुलेन्सका लागि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई आग्रह गर्दासमेत नगद भुक्तानीबिना एम्बुलेन्स पठाउन नसकिने जवाफ पाए। तत्कालै सुर्खेत लैजान नसक्दा निमोनियाले थलिएकी नवजात शिशुको ज्यान गयो। गाउँपालिकाले उधारोमा एम्बुलेन्स दिन अस्वीकार गर्दा शिशु रहिनन्। ठाटीकाँध गाउँपालिकादेखि सुर्खेतसम्मको ११३ किलोमिटर छ। यसका लागि तोकिएको ९ हजार रुपैयाँ नतिरेसम्म गाउँपालिकाले एम्बुलेन्स पठाउन मानेन। 

Read More

अछाममा बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

https://www.onlinekhabar.com/2021/08/1003996  २०७८ भदौ ९

९ भदौ, धनगढी । अछाममा बालिकालाई बलात्कार र बलात्कार प्रयास गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिकामा छुट्टाछुट्टै दिन दुई बालिकामाथि करणी प्रयास र करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए ।

बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २४ वर्षीय जनक बटाला र २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । बटालाले भदौ ५ गते स्थानीय मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रावलले पीडितलाई मर्का पर्ने गरी बटालालाई कसूर गर्न दुरुत्साहन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

Read More

चार दिनदेखि हराएकी बालिका मृत भेटिइन्

https://annapurnapost.com/news/185299  ०९ भदौ २०७८

दैलेख : कालिकोटमा चारदिनदेखि हराएकी एक बालिकाको शव मकै बारीमा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो ।  गत शुक्रबारदेखि हराएकी निरुको शव मंगलबार दिउँसो घर नजिकै मकैबारीमा भेटिएको हो । जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ ।

बालिकाको शव मकैबारीमा देखेपछि स्थानीय र बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव भेटिएको खबर आएसँगै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहको नेतृत्वमा जिल्ला सदरमुकाम मान्मबाट प्रहरीको टोली खटिएको थियो । 

Read More

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

https://annapurnapost.com/news/185266 ०९ भदौ २०७८

बैतडी : डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन्। वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन्। 

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ।  

Read More

११ वर्षीया बालिका आफ्नै बुबा र काकाबाट बारम्बार बलात्कृत

http://annapurnapost.com/news/184348 २५ साउन २०७८

गोरखा : पालुङ्टार नगरपालिका वडा नं. ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले बलात्कार गरेको आरोप लागेको हो।

पटक-पटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ। 

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले  फुपूलाई बताएकी थिइन्।

Read More

डोटीमा १४ वर्षीया बालिकामाथि बलात्कार

https://www.onlinekhabar.com/2021/08/996223 २०७८ साउन २५

२५ साउन, डोटी । डोटीको जोरायल गाउँपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । कैलाली घर भई जोरायलमा मामाघरमा बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा जोरायल–४ का ३८ वर्षीय कर्णबहादुर बोहराविरुद्ध जाहेरी दर्ता भएको छ ।

बोहराले ती बालिकालाई ललाइफकाइ पटक–पटक बलात्कार गरेको परिवारको आरोप छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा अभियुक्त बोहरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए ।

Read More

दाङमा बाढीले बगाउँदा आमा-छोराको मृत्यु

https://www.onlinekhabar.com/2021/08/996339  २०७८ साउन २५

२५ साउन, दाङ । दाङको ग्वार खोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

 

Read More

खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/08/992419 २०७८ साउन १७

१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

माछापोखरीमा डुबेर सप्तरीमा ६ वर्षीय बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/07/991612 २०७८ साउन १५

१५ साउन, सप्तरी । सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका युवराजलाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Read More

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

https://ratopati.com/story/192125/2021/7/30/missing-in-river साउन १५, २०७८

कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

Read More

महोत्तरीमा बालकको शव भेटियो, बाबुआमा पक्राउ

https://www.onlinekhabar.com/2021/07/991329 २०७८ साउन १४ 

१४ साउन, जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

Read More

किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

https://www.setopati.com/social/244121 साउन ९

डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका-२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

साउन५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गरेको उजुरी आलिताल गाउँपालिकाकी १८ वर्षीय किशोरीले प्रहरीमा दिएकी थिइन्।

Read More

पारिवारिक झगडामा ५ महिने बालिकाको ज्यान गयो

https://www.onlinekhabar.com/2021/07/988744 २०७८ साउन १०

१० साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको ज्यान गएको छ ।

जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।

Read More

समाचारमा बालबालिका

https://www.setopati.com/social/244121 साउन ९

डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका-२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

साउन५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गरेको उजुरी आलिताल गाउँपालिकाकी १८ वर्षीय किशोरीले प्रहरीमा दिएकी थिइन्।

Read More