समाचारमा बालबालिका

रुपन्देहीमा झुण्डिएको अवस्थामा बालकको शव फेला

https://annapurnapost.com/news/rupndehiimaa-jhunnddieko-avsthaamaa-baalkko-shv-phelaa-192312  ०४ पुष

भैरहवा : रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित ९ वर्षीय बालकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बुद्धनगरस्थित राजेन्द्र गोतामेको घरको तल्लो तल्लामा इसाई धर्मालम्बीहरु जम्मा भएर सामूहिक प्रार्थना गर्दथे । बुटवल–१२ बेलवासका मृतक असारे खड्गी आफ्नो परिवारसँग शनिबार उक्त घरमा आएका थिए ।

Read More

रौतहटमा जलेर २ बालबालिकाको मृत्यु

https://ratopati.com/story/212370/2021/12/22/dead- पुस ७, २०७८

रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र  आगलागी हुँदा  जलेर २ बालबालिकाको ज्यान गएको हो । । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव  र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्।

Read More

ट्रकको ठक्करबाट छात्रको मृत्यु

https://www.setopati.com/social/257362 पुस ५

सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले  ठक्कर दिँदा एक छात्रको सोमबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव छन्। 

Read More

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मंसिर २७, २०७८ https://ratopati.com/story/211089/2021/12/13/accident

दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेकी छन् । 

Read More

बन्धक बनाएर बलात्कार, अनुसन्धान गर्दै प्रहरी

 २१ मङि्सर https://annapurnapost.com/news/police-holding-hostage-rape-191498

वीरगन्ज : पर्साकी १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरी र उनका अभिभावकले लगाएका छन्। किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरीका अभिभावकले लगाएका हुन्।

Read More

बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

मंसिर २२, २०७८ https://ratopati.com/story/210185/2021/12/8/rape-

सङ्खुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको  छ । १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हाे ।

Read More

टिपरको ठक्करबाट बाबु-छोराको घटनास्थलमै मृत्यु, अटो रिजर्भमा परिवारै जाँदै थिए मन्दिर दर्शन गर्न

मंसिर २० https://www.setopati.com/social/256066

प्युठानमा टिपरले अटोलाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते छन्। 

जिल्लाको प्युठान नगरपालिका वडा नं. ३ घुर्चनेका ४२ वर्षीय अमृत लाल थापा र उनका ५ वर्षीय छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको हो। 

Read More

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मंसिर २१, २०७८ https://www.setopati.com/social/256080 

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो। 

Read More

कोटेश्वरको गेष्ट हाउसमा २ बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

मंसिर १९, २०७८ https://ratopati.com/story/209836/2021/12/5/arrest

काठमाडौंको कोटेश्वर स्थित गेष्ट हाउसमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली साह छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मंसिर १५ मा कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसबाट १२ वर्षीया र १५ वर्षीया बालिकालाई उद्दार गरेको थियो । ती बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

Read More

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

मंसिर २०, २०७८ https://ratopati.com/story/209877/2021/12/6/dead-by-gun

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

Read More

सर्पले डस्दा बालकको मृत्यु

https://ratopati.com/story/201860/2021/10/3/child-death  असोज १७, २०७८

महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

Read More

बालिकामाथि बलात्कार प्रयास : एक पुरुष पक्राउ

https://annapurnapost.com/news/187522 १६ असोज २०७८

विराटनगर : ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने एक जना पुरुष शनिबार बिहान विराटनगरबाट पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा कोइरालाले भदौ २२ गते दिउँसो छिमेकी बालिकामाथि बलात्कारको प्रयास गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कोठाभित्र लगेर जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको खुलेको छ। ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएको पत्ता लागेको प्रहरीको भनाइ छ। 

Read More

पोखरीमा डुबेर बारामा बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/09/1020576 २०७८ असोज १४ 

१३ असोज, वीरगञ्ज । बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–१ ढाटटोलका जितन मुखियाकी ६ वर्षीया छोरी सुमन कुमारीको मृत्यु पोखरीमा डुबेर मृत्यु भएको हो ।

बुधबार साँझ साढे ५ बजेतिर आमा र अन्य महिलाको समूह जितिया पर्वमा नुहाउनका लागि स्थानीय हेमचन्द्र कलवारको पोखरीमा पसेका थिए । सोही क्रममा सुमन पोखरीमा डुबेकी थिइन् ।

Read More

ठिमीको कमलपोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

https://www.setopati.com/social/250288 असोज १४, २०७८

भक्तपुरको मध्यपुर ठिमीस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।

बुधबार दिउँसो २ बजे पोखरीमा डुबेर खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका ६ वर्षीय बालक रोशन खड्काको मृत्यु भएको हो।

Read More

खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु

https://ratopati.com/story/201280/2021/9/28/child-death  असोज १२, २०७८

मकवानपुरको राक्सिराङमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको विकट मनिने राक्सिराङ गाउँपालिका वडा नम्बर–८ मा पर्ने गिर्खे खोलाले बगाउँदा स्थानीय १२ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार दिउँसो भएको वर्षाका कारण उक्त खहरे खोलामा आएको भेलले विद्यालयबाट घर फर्कदै गरेकी खोलाले स्थानीय १२ वर्षीया मनिता माया थिङलाई गिर्खे खोलामा आएको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

Read More

ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

https://www.setopati.com/social/249925 असोज १०

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।

ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Read More

पोखरीमा डुबेर बालकको मृत्यु

https://www.setopati.com/social/249906 असोज ९

सप्तरीमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

Read More

सात महिने शिशु र युवकको शव फेला

https://ratopati.com/story/200858/2021/9/25/dead-body- असोज ९, २०७८

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।

आज बिहान करिब १०ः०० बजे पोखरीमा सात महिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

Read More

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार, महिलासहित तीन जना पक्राउ

https://www.onlinekhabar.com/2021/09/1017759 २०७८ असोज ८ 

८ असोज, धनगढी । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । परशुराम नगरपालिका–३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको प्रहरीले जनाएको छ ।

बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको छ । बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने अर्का व्यक्तिलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Read More

बर्दियामा विवाह गर्छु भन्दै किशोरीको यौन शोषण गर्ने पक्राउ

https://ratopati.com/story/200762/2021/9/24/bardiya-rape असोज ८, २०७८

विवाह गर्ने प्रलोभन देखाउँदै घरमा लगेर झण्डै डेढ महिनासम्म एक किशोरीको यौन शोषण गर्दै आएका बर्दियाका एक युवक प्रहरीद्वारा पक्राउमा परेका छन् । जिल्लाको मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका हुन् ।

Read More