समाचारमा बालबालिका

शिशु मृत फेला

ईमेजखबरमा प्रकाशित,६ माघ, झापा ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा सोमबार बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ।

Read More

भागी विवाहले हराउँदै बालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ माघ, नेपालगन्ज ।

पछिल्लो ६ महिनामा बाँकेमा १ सय ५९ महिला हराएका छन्। जिल्ला प्रहरीमा परेका उजुरीअनुसार हराउनेमध्ये ५२ बालिका र १ सय ७ जना महिला छन्। ‘हराएको उजुरी पर्नेमा अधिकांश भागेर बिहे गर्नेहरू छन्।

Read More

ट्याक्टरले किचेर बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,३ माघ, सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ। बिहीबार अपराह्न साढे ४ बजे रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

Read More

सर्लाहीमा ‘छोरी शिक्षा बिमा’ सुरु

नागरिक न्युजमा प्रकाशित,३ माघ, सर्लाही।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम बुधबारदेखि सुरु भएको छ। जिल्लाकै ईश्वरपुर नगरपालिका–६, बयलवास बजारस्थित नारायण जनता प्राविबाट प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले सो कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा पहिलो दिन मात्रै २ सय ४४ जना छोरीको बिमा गरिएको ईश्वरपुर नगरपालिका प्रमुख मनोज देवकोटाले जानकारी दिए।

Read More

आश्रमका बालबालिकाको जन्मदर्तामा समस्या

नयाँ पत्रिकामा प्रकाशित,२ माघ, लमजुङ ।

बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानवसेवा आश्रमका तीन बालबालिकाको जन्मदर्ता हुन सकेको छैन । बाबुको पहिचान नखुल्दा बालबालिकाको जन्मदर्तामा समस्या भएको  आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । आश्रममा दुई बालिका, एक बालक र १२ जना बेसहारा महिला–पुरुष बस्दै आएका छन्। बेसहारामध्ये १० जनाको नागरिकता छैन ।

Read More

उपत्यकाका इँटाभट्टामा बाल मजदुर : अधिकांश इँटाभट्टामा कानुनविपरीत जोखिमपूर्ण काममा लगाइएका छन् बालबालिका

नयाँ पत्रिकामा प्रकाशित,२ माघ, भक्तपुर ।

१३ वर्षीय कमल माझी हरेक बिहान चार बज्दा नबज्दै उठिसक्छन् । स्कुल जाने र पढ्ने लेख्ने उमेरका उनी स्कुल जान र लेखपढ गर्न यसरी बिहान उठेका भने होइनन् । उनलाई इँटा उद्योगले झिसमिसेमै उठ्न बाध्य पारेको हो।

Read More

बिहे नगर्ने भन्दै जब बेहुलीले नै ‘१०९८’ मा फोन गरिन्

गोरखापत्रमा प्रकाशित,२ माघ, हेटौँडा ।

बालबालिकाको क्षेत्रमा क्रियाशील बाल हेल्पलाइनको सक्रियतामा पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा एकै दिन २ जोडीको बाल विवाह रोकिएको छ ।
वडा नं ५ र ७ मा हुन लागेको बाल विवाह रोकिएको हो।

Read More

मेयर–उपमेरको लडाइँमा बालबालिकालाई सास्ती स् दिवाखाजा कार्यक्रम प्रभावित

रातोपाटीमा प्रकाशित, २ माघ, रौतहट ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको लडाइँका कारण कर्मचारी र बालबालिकाले सास्ती खेप्नुपरेको छ । नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतोबीचको विवादका कारण अषाढ मसान्तभित्र सम्पन्न हुनुपर्ने तेस्रो नगरसभा माघको पहिलो सातासम्म पनि बस्न सकेको छैन।

Read More

किशोरीमैत्री कानुन माग

कान्तिपुरमा प्रकाशित,१ माघ, गण्डकी ।

किशोरीमैत्री कानुनको माग गर्दै पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका किशोरीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् । किशोरीको समूहले मंगलबार मुख्यमन्त्रीसमक्ष २५ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएका हुन्।

Read More

बालविवाह रोक्न धर्मगुरु एकै ठाउँ

कान्तिपुमा प्रकाशित,१ माघ, पर्सा ।

विभिन्न धर्मगुरुले बालविवाह नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारीअन्तर्गत मंगलबार वीरगन्जमा आयोजना गरेको बालविवाह न्यूनीकरण तथा रोकथामसम्बन्धी अन्तरक्रियामा हिन्दू, इसलाम, शिख र इसाई धर्मगुरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।

Read More

शिशु हत्या गर्ने आमा पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,१ माघ, सप्तरी ।

सप्तरीमा आफैले जन्माएको शिशु हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माएर मारेर फालेको आरोपमा २५ वर्षीय महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

Read More

बिहे गर्ने उमेर बल्ल भयो तर पाँच सन्तान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ पुष, गुल्मी ।

बाग्लुङ बडिगाड गाउँपालिका १० की सुमित्रा रसाइलीले आफ्नै इच्छामा १६ वर्ष पुग्दै बिहे गरिन्। उनले १७ वर्षमै पहिलो सन्तान जन्माइन्। सुमित्रा अहिले २६ वर्षकी भइन्।बिहेको १० वर्षमै सुमित्रा ५ जना छोराछोरीको आमा भइसकेकी छन्।

Read More

मनहरि बालमैत्री गाउँपालिका

थाहा खबरमा प्रकाशित,२९ पुष, हेटौंडा।

मकवानपुरको मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रुपमा घोषित भएको छ।  गत सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले घोषणापत्र पढेर मनहरिलाई मुलुकै पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रुपमा घोषणा गरेका हुन्।

Read More

विष खुवाइ छोराको हत्या गर्ने आमालाई जन्मकैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ पुष, दैलेख ।

आफैले जन्माएका दुई नाबालक छोरालाई विष खुवाइ हत्या गर्ने आमालाई जन्मकैदको फैसला सुनाइएको छ । महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आफ्नै छोरालाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको हो।

Read More

दैलेखमा नवजात शिशुको बेवारिसे शव फेला

थाहा खबरमा प्रकाशित,२८ पुष, दैलेख ।

जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ।  चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको  नगरपालिकाकी उपप्रमुख तारा शाहीले जानकारी दिइन्।

Read More

बालबालिकासम्बन्धी ऐन ल्याइने

रातोपाटीमा प्रकाशित,२८ पुष, काठमाडौं ।

सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै आएको छ।

Read More

१० वर्षमा १४ किशोरीको मृत्यु : एक हजार पाँच सय छाउगोठ भत्काइए

नागरिक न्युजमा प्रकाशित,२७ पुष, धनगढी/अछाम।

गत मंसिर तेस्रो साता महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछाम, साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भयो। मेल्लेख गाउँपालिका–७ नन्देगडा, लेकगाउँ आइतबार साँझ खाना खाएर एक्लै छाउगोठमा सुतेकी उनी बिहान मृत अवस्थामा फेला परिन्। बिहान सात बजेसम्म नउठेपछि जेठानीले पार्वतीको नाम लिएर धेरै पटक बोलाइन्।

Read More

९ महिनामा ११ बालविवाह रोकियो

कान्तिपुरमा प्रकाशित,२७ पुष, हेटौंडा ।

१५ वर्ष मात्र टेकेकी थिइन्, प्रेमविवाह गरेर स्कुलबाटै भागिन् । विवाह गरेका युवक न उनी पढ्ने स्कुलका हुन्, न त गाउँकै । उनी थिए दाङका । मकवानपुरको मनहरी गाउँपालिकामा विद्युतको काम गर्थे । एक वर्षदेखि चिनजानमा रहेका उनीहरूबीच प्रेम झाँगियो । अन्ततः भागीबिहे गरे।

Read More

तनहुँमा ट्रकको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

सेतोपाटीमा प्रकाशित,२६ पुष, तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ।

Read More

काठमाडौंमा सटर फुटाएर चोरी गर्ने किशोरको ग्याङ, ५ समातिए

अनलाइनखबरमा प्रकाशित,२५ पुष, काठमाडौं ।

काठमाडौंमा पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको एक समूह नै सक्रिय रहेको फेला परेको छ । प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेसँगै  यस्तो तथ्य सतहमा आएको हो।

Read More