समाचारमा बालबालिका

बलात्कारपछि १३ वर्षीया बालिकाको हत्या : चार युवा पक्राउ परे

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कार्तिक, गाईघाट ।

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

Read More

घाँस काट्न जाँदा भीरबाट खसेर किशोरीको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२५ कार्तिक, अछाम ।

भीरबाट खसेर एकजना १६ वर्षीया किशोरीको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर किशोरीको ज्यान गएको हो ।

Read More

सिरहामा ७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामुहिक बलात्कार

थाहा खबरमा प्रकाशित,२५ कार्तिक, सिरहा ।

सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्मदिन पार्टीको बाहानामा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ।

Read More

नुवाकोटबाट हराएका पाँच किशोरीको सुर्खेतबाट उद्धार

थाहा खबरमा प्रकाशित,२४ कार्तिक, सुर्खेत ।

नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ। गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि शनिबार नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

Read More

दुई बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२२ कार्तिक, सर्लाही ।

सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। त्यस्तै ब्रह्मपुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दिपावलीका लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० का सात वर्षीय निसान्त साहको करेण्ट लागेर मृत्यु भएको हो।

Read More

मूलपानी क्रिकेट मैदानमा दिउँसै बालिका बलात्कृत

अनलाइनखबरमा प्रकाशित,२१ कार्तिक, काठमाडौं ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बुधबार दिउँसै बालिका बलात्कृत भएकी छन् । दिउँसो १२ बजेतिर क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल  लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका प्रहरीले बताएको छ ।

Read More

पाँच वर्षमा २४ बालबालिकामाथि चितुवा आक्रमण, १८ को मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० कार्तिक, अर्घाखाँची ।

पछिल्लो पाँच वर्षमा यहाँ २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ । आक्रमणमा परी १८ जनाको ज्यान गएको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित छन् ।

Read More

आगलागीमा परी बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१९ कार्तिक, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए।

Read More

अर्घाखाँचीको भूमिकास्थानमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१८ कार्तिक, अर्घाखाँची ।

अर्घाखाँचीमा चितुवाको आतंक बढेको छ । भूमिकास्थान नगरपालिका वडा नम्वर ९ ९ढिकुरा० गौचौरका माधव प्रसाद घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेलाई चितुवाले आक्रमण गरेको छ ।

Read More

बलात्कारीको निसानामा बालिका

नागरिक न्युजमा प्रकाशित,१८ कार्तिक, काठमाडौं ।

भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घेटेरो सार्कीलाई पक्राउ गरेको छ।

Read More

बलात्कृत बालिकाको उपचार क्रममा मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ कार्तिक, नेपालगन्ज ।

बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो।

Read More

महोत्तरीमा बालिकामाथि जवर्जस्ती गर्ने ६५ वर्षीय साह पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,१८ कार्तिक, महोत्तरी ।

महोत्तरीको मनरासिसवा नगरपालिका ६ सरपल्लोका ६५ वर्षीय खेभन साहलाई बालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ।

Read More

बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,१७ कार्तिक, झापा ।

गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।

Read More

बालविवाहविरुद्ध अभियान

कान्तिपुरमा प्रकाशित,१६ कार्तिक, बागलुङ ।

तमानखोला ५ की सेमला सेन्चुरी पेटको समस्याले नियमित स्वास्थ्य संस्थामा जान बाध्य छिन् । उनको १३ वर्षको उमेरमा बिहे भएको थियो । २१ पुग्दा तीन सन्तानकी आमा भइसकेकी उनलाई बल्ल बालविवाहको बेफाइदा थाहा भएको छ ।

Read More

दुई वर्षमा पनि अभियुक्त पत्ता लागेन

कान्तिपुरमा प्रकाशित,१५ कार्तिक, पर्सा ।

वीरगन्ज राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्या भएको २ वर्ष बितिसक्दा पनि प्रहरीले उनको हत्यारा पत्ता लगाउन सकेको छैन । ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै गरेका राजन २०७३ असोज १९ गते बेपत्ता भएका थिए ।

Read More

प्रहरीले रोक्यो बाल विवाह

नागरिक न्युजमा प्रकाशित, १५ कार्तिक, रुकुम ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको विवाह रोकेको छ। उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले रोकेको हो।सानीभेरी गाउँपालिका ८ का १७ वर्षीय किशोर र मुसिकोट नगरपालिका १४ की १८ वर्षीया युवतीबीच हुन लागेको विवालाई प्रहरीले बिहीवार रद्ध गरेको बताएको छ ।

Read More

साथीबाट यौन दुर्व्यवहार

कान्तिपुरमा प्रकाशित, १५ कार्तिक, चितवन ।

कालिका नगरपालिकामा एक किशोरी आफ्नै साथीबाट यौन दुर्व्यवहारमा परेकी छन् । उनीहरू दुई जना सानैदेखि निकै मिल्ने र टयुसन पनिसँगै पढ्ने साथी थिए ।

Read More

गुल्मीको भगवती माविमा तीन छात्राद्वारा विष सेवन

नयाँ पत्रिकामा प्रकाशित,१४ कार्तिक, गुल्मी ।

१० को भगवती माध्यामिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन् । कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षीया समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

Read More

बलात्कारी पक्राउ

कान्तिपुरमा प्रकाशित,१४ कार्तिक, सुनसरी ।

१६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १५ बाझगरा बस्ने २५ बर्षीय मनिष राई रहेको प्रहरीले जनाएको छ । 

Read More

बालिका बलात्कार आरोपमा दुर्इ वृद्ध पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१३ कार्तिक, भक्तपुर ।

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हो ।

Read More