समाचारमा बालबालिका

सर्पको टोकाईबाट ९ वर्षीय बालकको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१९ असार, डोटी ।

डोटीको केआईसिंह गाउँपालिकामा २ तिखात्तरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । आँगनमा बसेर पढिरहेका शेर बोगटीका ९ वर्षीय छोरा झकेन्द्र बहादुर बोगटीलाई सर्पले टोकेको स्थानीय मोहन बोगटीले  बताए।

Read More

बैतडीमा ८ वर्षीया बालिका स्कुलबाटै वेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ असार, बैतडी।

बैतडीको दशरथचन्द नगरपालिका–४ बमरोडाबाट ८ वर्षीया बालिका मंगलबारदेखि वेपत्ता भएकी छन् । दोगडाकेदार गाउँपालिका–२ ढिकगाड स्थायी घर भइ दशरथचन्द नगरपालिका बस्दैआएका खडक सार्कीकी ८ वर्षीया छोरी कलावती सार्की वेपत्ता भएकी हुन्।

Read More

महिला बालबालिकाको आत्महत्या बढ्दो

कान्तिपुरमा प्रकाशित,१८ असार, पर्सा।

जिल्लामा गत वर्षभन्दा चालु वर्षमा आत्महत्याका घटना बढेका छन् । गत वर्ष ६८ घटना भएकामा चालु वर्षको हालसम्म ७० वटा भएका छन् । वीरगन्ज महानगरपालिका २१ बस्ने १५ वर्षीया नीलमकुमारी साहले जेठ १३ मा आफ्नै घरमा आत्महत्या गरिन्।

Read More

घरधनीबाट किशोरीको शारीरिक शोषण

नागरिक न्युजमा प्रकाशित,१७ असार, झापा।

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन्।

Read More

पौडी खेल्दा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

अन्नपूर्ण पोस््मा प्रकाशित,१७ असार, दमौली।

गर्मी छल्न पोखरीमा पौडी खेल्न गएका दुई दाजु भाइको मृत्यु भएको छ। म्याग्दे–२ जामुनेस्थित माछापुच्छे ब्रिक फ्याक्ट्रीको पोखरीमा पौडी खेल्न गएका ७ वर्षीय सुन्दर शाही र ४ वर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। राधा माविमा अध्ययनरत दाजुभाइ स्थानीय कृष्णबहादुर शाहीका छोरा हुन्।

Read More

बुढानिलकण्ठमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असार, काठमाडौं ।

स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। बुढानिलकण्ठको पासिकोटमा मंगलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसले तीन वर्षीया सुदिप्ती परियारलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।

Read More

युवती झुण्डिएको अवस्थामा मृत फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असार,दार्चुला।

जिल्ला सदरमुकाम खलंगामा १५ वर्षीया युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। महाकाली नगरपालिका ४ खलंगाको तिंकर खेडामा घरमै उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो।

Read More

राति हराएकी बालिका बिहान मृत फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असार, रौतहट।

 रौतहटको मौलापुरमा एक बालिका पोखरीमा मृत अवस्थामा फेला परेकी छन्। घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुशन्धान थालेको छ।

Read More

विद्यार्थीलाई डुंगाकै भर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असार, कैलाली।

कैलालीको जोशीपुर गाउँपालिका–३ बञ्जरिया गाउँ, काँडा नदी पारीको बस्ती हो। नदी पारी बञ्जरिया, भगैंया, र झण्डै ५ सय मुक्त कमैयाको बसोबास भएको रामनगर शिविर छ। यहाँ कक्षा ८ सम्म पढाई हुने जनजागृति आधारभूत विद्यालय र ५ कक्षासम्म पढाई हुने मुक्त कमैया प्राथमिक विद्यालय छन्।

Read More

सिरहामा ९ महिने बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असार, सिरहा।

सिरहाको लहान नगरपालिका–२४ मा ९ महिने बालिका बलात्कृत भएको आरोपमा १४ वर्षे बालक पक्राउ परेका छन् । मंगलबार भएको उक्त घटनामा सोही गाउँका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

एक चौथाइ छात्रा हिंसापीडित

कान्तिपुरमा प्रकाशित,१६ असार, जनकपुरधाम।

चार जिल्लाका सामुदायिक विद्यालयमा छात्राको दर उच्च छ । धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका २ सय सामुदायिक विद्यालयका करिब २५ प्रतिशत छात्राले विद्यालयमा हिंसा हुने गरेको गुनासो गरेका छन्।

Read More

झापामा डेँगुका कारण बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकािशत,१६ असार, झापा।

डेँगुको सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । कमल गाउँपालिका–४ मा बस्ने १४ वर्षीय बालक रिजेन राईको आइतबार मृत्यु भएको हो।

Read More

पनौतीका तीनवटा वडा बालमैत्री

नागरिक न्युजमा प्रकाशित,१६ असार, बनेपा।

पनौती नगरपालिकाका वडा नम्बर दुई र तीनलाई बालमैत्री घोषणा गरिएको छ। ‘आवश्यक विभिन्न ३९ वटा सूचक पूरा गरेकाले दुई र तीन वडालाई बालमैत्री घोषणा गरेका हौं,’ वडा नम्बर दुईका अध्यक्ष पुरुषोत्तम अधिकारीले भने। उनका अनुसार पूरै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य छ।

Read More

मुख थुनेर बालिका करणी गर्ने पक्राउ

नागरिक न्युजमा प्रकाशित,१६ असार, अछाम।

 

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो।

 

Read More

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,१५ असार, कास्की।

कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

Read More

बलात्कार घटना दबाउन पञ्चायती

नागरिक न्युजमा प्रकाशित,१५ असार, पर्सा।

स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ।

Read More

अवैध रुपमा बनाइएको खाल्डोमा डुबेर बालक वेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ असार, सर्लाही।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित बाँके खोलामा अवैध रुपमा ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको गहिरो खाल्डोमा परेका एक बालक वेपत्ता छन्।

Read More

दुई वर्षीय बालक मृत भेटिए

नागरिक न्युजमा प्रकाशित,१३ असार, संखुवासभा।

मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन्। छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार जानुभएको थियो। राति फर्कदा घरमा छोराछोरी नदेखेपछि खोजतलास गर्दा घरनजिकैको बेतला खोला  किनारामा छोरी जिउँदै फेला परेकी थिइन् भने छोरा बिहीबार मृत भेटिएका थिए।

Read More

विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा

कान्तिपुरमा प्रकाशित,१३ असार, रोल्पा ।

विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेकी रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । उनलाई बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ।

Read More

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

थाहा खबरमा प्रकाशित,१३ असार, धनकुटा।

छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकको कुटाइबाट तीन जना छात्रा घाइते भएका छन्। शिक्षक यशुन ओझाले पाइपले कुटपिट गर्दा कक्षा दशका विद्यार्थी चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका हुन्। कक्षा कोठामा प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि छात्रालाई शरीरका विभिन्न भागमा कुटपिट गरिएको पीडितले बताए।

Read More