समाचारमा बालबालिका

नारायणी नदीमा एक नाबालिकाको शव फेला

कान्तिपुरमा प्रकाशित,२० जेठ, नवलपरासी ।

गैडाकोट स्थित नारायणी नदीमा एक नाबालिकाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १० स्थित पितौजी घाटमा अन्दाजी ७ ,८ वर्षकी एक नाबालिकाको शव आइतबार फेला परेको हो।

Read More

बलात्कार आरोपी दुई जनालार्इ एक वर्षपछि कैद सजाय तोकियो

उज्यालो अनलाइनमा प्रकाशित,२० जेठ, पाँचथर ।

पाँचथरमा छुट्टाछुट्ट्टै बलात्कारमा संलग्न दुई जनालाई पक्राउ परेको करिब एक वर्षपछि जिल्ला अदालत पाँचथरले आइतबार कैद सजाय तोकेको छ ।

 

Read More

भारतबाट एक बलिकाको उद्धार, युवक पक्राउ

थाहा खबरमा प्रकाशित,२० जेठ, भद्रपुर ।

अपहरण शैलीमा १३ बर्षीया बालिकालाई भारत लैजाने एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीय फरे परबतिया शेख रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

 

Read More

विद्यार्थीको टाउकोमा असर

कान्तिपुरमा प्रकाशित,२० जेठ, बर्दिया ।

शिक्षक यातनाले बेहोस बनेकी स्वस्तिका कार्कीको टाउकोमा गहिरो असर देखिएको छ । शिक्षण अस्पताल, काठमाडौंमा उपचार गराइरहेकी उनको टाउकोको सिटीस्क्यान गराउँदा रगत जमेको पाइएको आमा गीता ढुंगानाले बताइन् ।

Read More

सर्पदंशबाट नाति-हजुरआमाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० जेठ, उदयपुर ।

विशालु सर्पको टोकाइबाट उदयपुरमा आइतबार बिहान आमाछाराको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि लैजाने क्रममा कटारी नगरपालिका–४ सिम्लेकी ५५ वर्षीय  हजुरआमा टीकामाया बस्नेत र १२ वर्षीय नाति सगुन बस्नेतको बाटैमा ज्यान गएको हो ।

Read More

सर्पले टोकेर ६ वर्षीय बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२० जेठ, डोटी ।

विषालु सर्पको टोकाईबाट डोटीमा एक बालकको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला केलभाडी बस्ने लोक विकका छोरा आयुष विकको सर्पले टोकेर शनिबार राति ज्यान गएको हो ।

Read More

करेन्ट लागेर बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ जेठ, दमक ।

झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी इन्द्रा राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो। 

Read More

पहिचान नभएपछि बालिकाको शव दाहसंस्कार

नयाँ पत्रिकामा प्रकाशित,१९ जेठ, गुल्मी ।

गत बिहिबार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको छ । गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामको ढोड पहिरोमा मृत अबस्थामा फेला परेकी थिइन् ।

Read More

रोल्पाली किशोर-किशोरीको इँटा यात्रा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ जेठ, रोल्पा ।

रोल्पा, माडी गाउँपालिका-५ का १६ वर्षीय महेश डाँगी कक्षा ६ मा अध्ययन गर्छन्। यही चैतमा परीक्षा सकेर केही समय रोजगारीका लागि उनी राजधानी छिरे। उनले भक्तपुरको इँटाभट्टामा एक महिना काम गरी ३० हजारभन्दा बढी आम्दानी गरे।

Read More

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

रातोपाटीमा प्रकाशित,१८ जेठ, बर्दिया ।

भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ । 

Read More

३९ बालबालिकाको उद्धार

नागरिक न्युजमा प्रकाशित,१७ जेठ, काठमाडौं ।

महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ। परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो।

Read More

गुल्मीको वाग्लामा बालिका मृत फेला

नागरिक न्युजमा प्रकाशित,१७ जेठ, गुल्मी ।

गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामा एक बालिक मृत अबस्थामा फेला परेकी छ्न। अन्दाजी ११ वर्षीया बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए ।

Read More

चट्याङ लागेर दुइ बालबालिकासहित ३ को मृत्यु

कान्तिपुरमा प्रकाशित,१७ जेठ, उदयपुर ।

लिम्चुङबुङ्ग गाउँपालिका–२ ताम्लिछामा बिहीबार साँझ चट्याङले लागेर दुई बालबालिकासहित ३ को मृत्यु भएको छ ।हावाहुरी र वर्षात्‌सँगै परेको चट्याङ लागेर कृष्णबहादुर भुजेलको छोरी ८ वर्षीया विष्णुमाया भुजेल, खडु भुजेलको ११ वर्षीय छोरा कौशल भूजेल र ६३ वर्षीय धनप्रताप राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

दुई बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,१७ जेठ, रुकुम पश्चिम ।

जिल्लाका दुई बालिका बलात्कृत भएकी छिन्। सानीभेरी गाउँपालिका र आठबीसकोट गाउँपालिकामा बालिका बलात्कृत भएकी हुन्। सानीभेरी गाउँपालिका वडा नं. ६ की १७ बर्षिया बालिका कल्पना (नाम परिवर्तित) सामूहिक बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँपालिका वडा नं. ५ का १८ बर्षीय विशाल केसी र धनसिंह वाँठा मगरले जबरजस्ती बलात्कार गरेको प्रहरीले बताएको छ।

Read More

सर्पको टोकाइले किशोरीको मृत्यु

थाहा खबरमा प्रकाशित,१७ जेठ, लहान ।

विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ। कमला नदीको बगरमा तारबुजा टिप्न जाँदा विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी छोरी १६ वर्षीया अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए।

 

Read More

८ हजार बालबालिका क्लबमा समेटिँदै

कान्तिपुरमा प्रकाशित,१६ जेठ, धनकुटा ।

साना बालबालिका लामबद्ध थिए । उनीहरू आफ्ना नेतृत्व चयन गर्न उत्साही देखिन्थे । ‘को भन्दा को कम’ भने झैं बालबालिकाबीच नेतृत्वको होडबाजी नै चलिरहेको थियो ।

Read More

कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता

न्युज २४ मा प्रकाशित,१६ जेठ, रामपुर ।

कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो ।

 

Read More

बलात्कार आरोपमा बैंक कर्मचारी पक्राउ

कान्तिपुरमा प्रकाशित,१६ जेठ, धनुषा ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल राष्ट्र बैंक जनकपुर शाखामा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका– २४ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बैंकका मेकानिक विजयकुमार न्यौपाने पक्राउ परेका हुन् ।

 

Read More

बालहिंसाका उजुरी बढे

कान्तिपुरमा प्रकाशित,१६ जेठ, काठमाडौं ।

बालकालिकाको आपतकालीन उद्धारका लागि सञ्चालित बालहेल्पलाइनमा पछिल्लो समय उजुरीका चाप लागेका छन् । केन्द्रीय बालकल्याण समिति, सिविन नेपाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त प्रयासमा सञ्चालित हुँदै आएको हेल्पलाइन २० वर्ष पुरानो हो ।

 

Read More

बालिका गर्भवती बनाएको आरोपमा ४ पक्राउ

नागरिक न्युजमा प्रकाशित,१६ जेठ, इलाम ।

सूर्योदय नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ। सूर्योदय नगरपालिका ९ का १९ वर्षे अनुप राई, २५ वर्षे अमित राई, २५ वर्षे रूपेन राई र वडा–३ का १८ वर्षे सन्देश राई पक्राउ परेका हुन।

Read More