समाचारमा बालबालिका

नेपाल–भारत सीमाबाट किशोरीको उद्धार

https://ekantipur.com/pradesh-5/2021/02/04/16124321520697112.html माघ २२, २०७७

बर्दिया — भारतको राजधानी दिल्ली पुर्‍याउन लागिएकी १४ वर्षीया किशोरीलाई सशस्त्र प्रहरी बल बर्दियाले उद्धार गरेको छ । शंकास्पद रुपमा गुलरियास्थित सुरजपुर नाकाबाट भारतीय सीमा जान खोज्दा सशस्त्र प्रहरीले बिहीबार उनलाई उद्धार गरेको हो ।

सोधपुछ गर्दा स्थानीय एक युवाले दिल्ली लैजान भारतीय सीमा मुर्तिहा आउन भनेपछि जान लागेको ती किशोरीले बताएको सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर राउतले बताए । दिल्लीमा रोजगारी पाउने, राम्रो कमाई हुने भन्दै युवासँग जान लागेको उनले बताएकी सप्रउ राउतले जनाए ।

Read More

जब बुबाले नै जबर्जस्ती गरे...

https://ekantipur.com/pradesh-5/2021/02/05/161249239471423748.html  माघ २३, २०७७

तिलोत्तमा — घरको एउटा कोठामा सानी बालिका टोलाइरहेकी थिइन् । छेवैमा साथी र दिदी पनि थिए । आँखाभरि आँसु लिएकी उनी बेलाबेलामा रुने र डराउने गर्थिन् । ११ वर्षीया ती बालिका बुटवल उपमहानगरपालिका–११ की हुन्, जो आफ्नै बुबाबाट जबर्जस्ती करणीको सिकार भएकी छन् ।

माघ ७ गते बिहान विद्यालय गएकी ती बालिका पछिपछि गइरहेका बुबासँग डराइरहेकी थिइन् । शिक्षिकाले उनी डराउनुको कारण सोधिन् । बालिकाले रुँदै आफूमाथि भएको कुकर्मबारे बेलीविस्तार लगाइन् । आफूलाई धेरैपटक बुबाले ‘फोहोरी काम’ गरेको उनले बताएकी थिइन् । ‘१० मिनेट परको आफन्तको घर छँदासम्म सुरक्षित हुन्थें तर घर पुगेपछि हरेक दिनजसो मलाई फोहोरी काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘गाह्रो भएपछि मिसलाई भनें ।’

Read More

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी

https://ekantipur.com/pradesh-4/2021/02/04/161241972290254801.html  माघ २२, २०७७

स्याङ्जा — भीरकोट नगरपालिका–१ स्थित कालिका सामुदायिक अस्पतालमा स्थानीयले तालाबन्दी गरेका छन् । भीरकोट–७ तिलारका यामप्रसाद खाम्चाकी पाँचमहिने छोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले बिहीबार बिहानदेखि ताला लगाइदिएका हुन् ।

स्थानीय मीनप्रसाद कोइरालाका अनुसार चिकित्सकले अस्पताल पुर्‍याएको धेरै बेरसम्म पनि उपचार नगरिदिँदा बालिकाको मृत्यु भएको बताए । ‘सामुदायिक अस्पतालमा स्थानीय र राज्यको करोडौं लगानी छ,’ उनले भने, ‘सञ्चालक समिति र व्यवस्थापकको लापरबाहीका कारण अस्पतालले जनतालाई जहिलै दु:ख दिइरहेको छ ।’

Read More

बैतडीमा किशोरी मृत फेला

https://ekantipur.com/pradesh-7/2021/02/04/161244394314741002.html  माघ २२, २०७७

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । पालिकाकै सनातन धर्म माविमा अध्यनरत उनी बुधबार विद्यालय गएकी थिइन् ।

साँझसम्म घर नफर्केपछि परिवारले खोजी गरेका थिए । खोजी गर्दै जाँदा उनको शव लवलेक जंगलमा बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।

Read More

मोटरसाइकलको ठक्करबाट बालक घाइते

https://www.onlinekhabar.com/2021/02/928950  २०७७ माघ २२

२२ माघ, सुर्खेत । सुर्खेतमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । वीरेन्द्रनगरस्थित मंगलगडी चौकमा प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी १० वर्षीय बालक घाइते भएका हुन् ।

 

Read More

सिराहाबाट दुई वर्षीय बालक बेपत्ता

https://www.onlinekhabar.com/2021/02/928661  २०७७ माघ २१

२१ माघ, जनकपुरधाम । सिराहाबाट दुई वर्षीय बालक बेपत्ता भएका छन् । सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि हराइरहेको प्रहरीले जनाएको छ । आफ्नै आँगनमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् ।

 

Read More

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/01/927764 २०७७ माघ १७ 

१७ माघ, सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ ।

स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

Read More

सुरुमा दुई छोरीलाई विष खुवाइन् अनि आमाले पनि खाइन्...

http://annapurnapost.com/news/174176  १५ माघ २०७७ 

परासी : दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएको प्रहरीले जनाएको छ। 

विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए।

Read More

ट्याक्टरबाट लडेर बालकको मृत्यु

http://annapurnapost.com/news/173976  ११ माघ २०७७ 

सप्तरीको खडक नगरपालिकामा आइतबार साँझ ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।

खडक नगरपालिका–९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगतको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

Read More

बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित २ पक्राउ

https://ekantipur.com/pradesh-5/2021/01/24/16114915338835301.html   माघ ११, २०७७

रूपन्देही — सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले ट्राफिक प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिकामा डेढ महिनाअघि एक किशोरीलाई सामूहिक बलत्कार गरेको र एक किशोरीको नग्न तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले कपिलवस्तुका दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

 

Read More

मृगलाई हानेको बन्दुकको छर्रा लागेर १३ वर्षीय बालकको मृत्यु

https://ekantipur.com/pradesh-5/2021/01/22/161129534903374233.html  माघ ९, २०७७

पाल्पा — मृगलाई हानेको बन्दुकको छर्रा लागेर बिहीबार राति १३ वर्षीय बालकको मृत्यु भएको छ । रिब्दीकोट गाउापालिका–८, दानसिङडााडामा मृगको सिकार गर्ने क्रममा भरुवा बन्दुकको छर्राले लाग्दा १३ वर्षीय बालक लक्ष्मण छहरीको मृत्यु भएको हो ।

बिहीबार रातिको समयमा मृगको सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा गएका बेला भरुवा बन्दुकको छर्राले लागेर छहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

Read More

बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

https://nagariknews.nagariknetwork.com/social-affairs/438771-1611111933.html?click_from=category   ७ माघ २०७७

स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ। बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।

रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो।

Read More

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

https://www.onlinekhabar.com/2021/01/923386  २०७७ पुष २९

२९ पुस, सुर्खेत । कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

Read More

किशोरी बलात्कार आरोपी पक्राउ

https://ekantipur.com/pradesh-4/2021/01/07/161003545809728049.html  पुस २३, २०७७

किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई विवाह गर्छु जस्ता विभिन्न प्रलोभनमा पारी पटक-पटक जबरजस्ती करणी गर्दै आएका भीरकोट नगरपालिका–५ का १९ वर्षीय आशीष थापालाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

Read More

ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2021/01/922660  २०७७ पुष २६

धनकुटा बजारमा ट्याक्टरको ट्रलीले किचेर एक स्कुले बालिकाको मृत्यु भएको छ ।

आइतबार बिहान विद्यालय जाँदै गरेकी धनकुटा नगरपालिका वडा नं. ८ पेलेकपाङ्ग घर भएकी १५ वर्षीया रेबिका आठपहरिया राईको ट्याक्टरको ट्रलीले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

Read More

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

https://www.onlinekhabar.com/2021/01/923041  २०७७ पुष २७ 

बालिका बलात्कारको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

Read More

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

http://annapurnapost.com/news/173180  २६ पुष २०७७

मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो।

अदीतिलाई उर्लाबारी–५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए।

Read More

९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

https://www.onlinekhabar.com/2020/12/920379 २०७७ पुष १६ गते

१६ पुस, काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अनलाइनखबरलाई बताए ।

Read More

दैलेखमा बालविवाह बढ्दै

https://ekantipur.com/pradesh-6/2020/12/29/160923957093115169.html पुस १४, २०७७

दैलेख — नौमुले गाउँपालिका–१ का १७ वर्षीय एक बालक र महाबु गाउँपालिकाकी १५ वर्षीया बालिका गत शनिबार बालविवाह गरेको आरोपमा पक्राउ परे । विवाह गरेको एक महिनापछि पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

दैलेखमा पछिल्लो समय बालविवाहका घटना बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा बालविवाह गर्ने १० जोडीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । १६ जोडीलाई सम्झाइ बुझाइ छोडिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । ‘केटाकेटीका अभिभावकको चित्त बुझे उजुरी आउँदैन,’ उनले भने, ‘उनले भने, ‘हामीले सम्झाइ बुझाइ गरेर अभिभावकको जिम्मा लगाएका समेत घरमा सँगै बसेको भेटियो ।’

बाल विवाहविरुद्ध क्रियाशिल सामाजिक सेवा केन्द्र (सोकेक) ले सञ्चालन गरेको टोल फ्रि नम्बरमा चालू आर्थिक वर्षमा मात्रै १ हजार २ सय ४७ जनाले बालविवाह गरेको जानकारी आएको छ । संस्थामा आएको जानकारीका आधारमा ७ जोडीविरुद्ध प्रहरीमार्फत मुद्दा दर्ता गरिएको सोसेकका अध्यक्ष हिरासिंह थापाले बताए । उनले यो वर्ष मात्रै ३ सय जनालाई अभिभावकको जिम्मा लगाइएको बताए । ‘लकडाउन र कोरोना महामारीको मौकामा झन् बालविवाह मौलायो,’ उनले भने, ‘बालविवाहका कारण घरेलु हिंसा पनि बढिरहेको छ ।’

Read More

मिलको फित्तामा बेरिएर किशोरीको मृत्यु

https://www.onlinekhabar.com/2020/12/919490  २०७७ पुष १३

१३ पुस, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा सोमबार मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ ।

आफैंले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More