A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbmsl1mlk876h8lhpg5mj0eaq4hqqqn0j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिका र किशोरी बालविवाहविरुद्ध

कान्तिपुरमा प्रकाशित,९ जेठ, पाल्पा/दाङ ।

रैनादेवी छहरा ७ बल्ढेङगढीका बालबालिकाले बालविवाहको विरोधमा एकजुट हुने प्रतिबद्धता जनाएका छन् । आउँदा दिनमा गाउँपालिका, वडा कार्यपालिका र विभिन्न संस्थाको सहयोगमा यसको विरोधमा जनचेतना अभिवृद्धि गरेका हुन् ।

Read More

काफल बेच्दै, कापी कलम किन्दै

उज्यालो अनलाइनमा प्रकाशित,८ जेठ, डोटी ।

बुडर, गैरा, गोगनपानीलगायतका बजारमा अहिले बिहानदेखि रातिसम्म काफल बेच्ने स्कुले बालबालिकाको भिड लाग्ने गरेको छ । महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेच्नमा सक्रिय हुने गरेका छन् । 

Read More

झुटा कागज बनाएर बालगृहमा लगिएका २४ बालबालिका अलपत्र

नयाँ पत्रिकामा प्रकाशित,८ जेठ, जुम्ला ।

झुटा कागजपत्र बनाएर जनप्रतिनिधिको सिफारिस र अभिभावकको सहमतिमा रुकुम पु¥याएका जुम्लाका २४ बालबालिका अलपत्र परेका छन् । अनाथालयमा पढाउने भन्दै एक महिनाअघि पातारासी गाउँपालिका वडा नम्बर १ र २ का २४ बालबालिका रुकुम लगिएका थिए । 

Read More

बालबालिकाको पहुँचमा इन्टरनेट

कान्तिपुरमा प्रकाशित,८ जेठ, पर्वत ।

पर्वतको मोदी गाउँपालिका ८ बालमैत्री वडा घोषणा भयो । उक्त वडाको चित्रे गाउँकी चेलीको केही समयअघि विवाह गर्ने कुरा चल्यो । विवाह गर्ने भनिएका युवकको हुनेवाला बेहुलीकी बहिनीसँग चिनजान हुन पुग्यो । दुवैको फेसबुकमार्फत बाक्लै कुराकानी भए ।

Read More

विषादी सेवनबाट दुई मितिनीको मृत्यु

नागरिक न्युजमा प्रकाशित,८ जेठ, महोत्तरी ।

महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

Read More

आफ्नो बिहे आफैंले रोके

कान्तिपुरमा प्रकाशित,७ जेठ, बुटवल ।

बालविवाहविरुद्ध रूपन्देहीमा धेरै अभियान भए । सरकारी र गैरसरकारी निकायबाट धेरै रकम खर्च गरिए पनि । अभियानले विवाह नै रोक्ने भूमिका भने खेलेन । पछिल्लो समय भने किशोरकिशोरी जुटेर आफ्नो विवाह आफैं रोक्न थालेका छन् ।

 

Read More

पोखरीमा डुबेर चार बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,७ जेठ, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

Read More

अवैध धार्मिक संस्थाबाट बालबालिका उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ जेठ, पोखरा ।

कानूनी रुपमा दर्तासमेत नगरी पोखरा लेकसाइडको डिहिकोपाटनमा सञ्चालन गरिएको न्युभिजन बालगृहबाट कास्की जिल्ला प्रशासनले शनिबार नौ बालबालिका उद्धार गरेको छ । 

Read More

दाङमा दुर्घटना हुँदा दुई बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,६ जेठ, दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ। 

Read More

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

नागरिक न्युजमा प्रकाशित,६ जेठ, रामेछाप ।

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ ।

Read More

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,६ जेठ, रौतहट ।

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायको फैसला गरेको हो । 

Read More

विद्यालयमै झुण्डिएको अवस्थामा विद्यार्थी मृता फेला

न्युज २४ मा प्रकाशित,६ जेठ,धनुषा ।

जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

 

Read More

बलात्कार अभियोगमा एक युवा पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,५ जेठ, पाँचथर ।

१५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज लिम्बूलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । 

 

Read More

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपीट गर्दा विद्यार्थीको टाउको फुट्यो

उज्यालो अनलाइनमा प्रकाशित,४ जेठ, डडेल्धुरा ।

परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपीट गरेका छन् । गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेका हुन् ।

Read More

बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,४ जेठ, सल्यान ।

सिद्ध कुमाख गाउँपालिका–३, कालालेखमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय कविराज बुढाथोकीलाई पक्राउ गरेको छ ।
घर नजिकै खेल्दै गरेकी बालिकालाई फकाएर बुढाथोकीले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

Read More

६ दिनदेखि हराएका तीन बालबालिका भेटिए

उज्यालो अनलाइनमा प्रकाशित,३ जेठ, रुकुम ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ६ दिन अघिदेखि हराइरहेका तीन बालबालिका बिहीबार सकुशल फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–१, का उनीहरु बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् । 

 

Read More

आफन्तबाटै असुरक्षित

कान्तिपुरमा प्रकाशित,३ जेठ, गोरखा ।

चौध वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा गत शुक्रबार ६५ वर्षीय बाबु पक्राउ परे । गोरखा नगरपालिकी सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको गाउँलेले प्रहरीलाई खवर गरेपछि उनी पक्राउ परेका हुन् ।छोरीलाई पटक–पटक बलात्कार गरेको बाबुले स्वीकारे ।

Read More

तीन बालबालिका बेपत्ता

नागरिक न्युजमा प्रकाशित,३ जेठ, रुकुम ।

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । 

Read More

भारतमा अलपत्र ७ बालबालिकाको उद्धार

कान्तिपुरमा प्रकाशित,३ जेठ, काठमाडौं ।

बुबाले सानैमा घर छाडे । ३ महिनापछि आमाले अर्को विवाह गरिन् । सुरुमा उनलाई पनि आमाले सँगै राखिन् । पछि, आमाले पहिलाकै श्रीमानको घरमा फर्काइदिइन् । 

 

Read More

भोजपुरमा बालिका बलात्कार गर्ने युवकलाई ९ वर्ष कैद

उज्यालो अनलाइनमा प्रकाशित,३ जेठ, भोजपुर ।

जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई ९ वर्ष कैद को फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिचन्द्र इङनामको एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर–१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद सहित ५० हजार क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: