A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqj66p9skv14hq2scurrl57mb62eguo9t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यी नौ महिने शिशुलाई कसले दिने न्याय

नागरिक न्युजमा प्रकाशित,३ असोज, कञ्चनपुर ।

महाराजगंञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरिरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका। उनले लगाएको रातो टिसर्टमा सिलिक्क परेको कपाल अझै आकर्षक देखिन्छ। 

Read More

घर खोज्दै भारतबाट फर्किएका १० वर्षका बालक बालगृहमा

अनलाइनखबरमा प्रकाशित,२ असोज, मोरङ ।

आफ्नो घर खोज्दै भारतबाट १० वर्षका बालक विराटनगर आइपुगेका छन् । नाम सुमन जोगी बताउने बालक रेल मार्ग हुदै विराटनगरसम्म आइपुगेका हुन् । सोमबार नेपाल भारत सीमा क्षेत्रमा पाइन्ट, गन्जी र खाली खुट्टामा देखिएका बालकलाई सोधीखोजी गर्दा नेपालस्थित घर हिँडेको बताएका थिए । 

Read More

म्याग्दीमा बढ्यो बलात्कारको घटना

कान्तिपुरमा प्रकाशित,२ असोज, म्याग्दी ।

म्याग्दी — बेनी नगरपालिका-५ घर भै आफन्त भेट्न अन्नपूर्ण गाउँपालिका-६ घार पुगेकी एक १५ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । किशोरीसहित आर्थिक वर्षको पहिलो दुई महिनामा जिल्लामा ४ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

Read More

५ महिनामा सात छात्राको बालविवाह

कान्तिपुरमा प्रकाशित,१ असोज, काठमाडौँ ।

कक्षा ६ मा पढ्दै थिइन् । सौता’ बनेर गइन् । ‘पढ्न किन आइनन् भनेर उनका सहपाठीहरूसँग बुझ्दा गाउँकै केटासँग सौतामाथि बिहे गरेको बताए,’ प्रधानाध्यापक टीकाराम मोक्तानले भने ।

Read More

जन्मिनेबित्तिकै छोराको घाँटी थिचेर हत्या

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ असोज, धरान ।

धरानमा अवैध यौन सम्पर्कबाट जन्मेको नवजात छोराको हत्या भएको छ । धरान–१० स्थित नारायण चोकमा मजदुरी गर्दै आएकी २० वर्षीय अस्मिता चौधरीले छोरालाई जन्माउनसाथ हत्या गरेकी हुन् ।

Read More

दुई तलामाथिबाट फालेर बालिकाको हत्या प्रयास

नयाँ पत्रिकामा प्रकाशित,१ असोज, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकापा–१ मा शनिबार राति १३ वर्षीया बालिका दिपिका पौडेलको हत्या प्रयास भएको छ । आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बाहिरबाट भयाङ लगाई अपरिचित व्यक्तिहरूले उनको टाउकाको बायाँपट्टिको कपाल काटी घरको दोस्रो तलाबाट खसालेका थिए ।

Read More

बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

थाहा खबरमा प्रकाशित,१ असोज, पाल्पा ।

बालिकालाई करणी गर्न खोजेको आरोपमा तानसेन नगरपालिका–१४ मा एकजना पक्राउ परेका छन्। गुल्मीको रुरु गाउँपालिका–१ रिडीका ४० वर्षीय पवन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

Read More

कञ्चनपुरमै दुई बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ भदौ, महेन्द्रनगर ।

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

Read More

खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ भदौ,सल्यान।

सल्यानको दार्मा गउँपालिका मलिबाङमा खोलाले बगाउदा दुई बालबालिकाको मृत्यु भएको छ । खोलाले बगाउँदा  आमा पूर्णा केसीसँगै गएराति खोला तर्ने क्रममा दुई वर्षको छोरा मोहन केसी र छ वर्षीया रेखा केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । 

Read More

बलात्कार आरोपित १५ वर्षीय किशोरलाई पाँच वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ भदौ, राजविराज ।

बोल्न नसक्ने १६ वर्षीया अपांग किशोरीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ बर्से एक किशोरलाई साढे पाँच वर्ष कैद सुनाएको छ। 

Read More

मिलमा बेरिएर १३ वर्षीय बालक गम्भीर घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ भदौ, दार्चुला ।

मिलनमा काम गर्दैगर्दा एक बालक गम्भीर घाइते भएका छन्।  महाकाली नगरपालिका–९ दत्तुका ईश्वर नगारीका छोरा वर्ष १३ वर्षीय नवीन गम्भीर घाइते  भएका हुन् । 

Read More

एसिडपीडित दिदीबहिनी गम्भीर

कान्तिपुरमा प्रकाशित,३० भदौ, काठमाडौँ ।

भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीको अवस्था गम्भीर छ । रौतहटको चन्द्रपुर–६ की १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे  एसिड आक्रमण भएको थियो ।

Read More

चाउचाउको विषयलाई लिएर बालकको हत्या भएको खुलासा

उज्यालो अनलाइनमा प्रकाशित,३० भदौ, बझाङ ।

छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षका छोरा कुशल बोहराको  हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । चाउचाउ र मोबाइलको विषयमा बिबाद हुँदा गाउँकै झण्डै १४ वर्षका बालकले नै ८ वर्षका बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धिताले बताउनुभयो  । 

 

Read More

डोटीमा बालश्रमिक नभएका घरमा गाडियो हरियो झण्डा

उज्यालो अनलाइनमा प्रकाशित,२९ भदौ, डोटी ।

डोटीमा बाल दिवसको अवसर पारेर बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडिएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले जिल्ला सदरमुकाम सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियानको सुरुवात गर्नु भएको छ । 

Read More

कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटिइन्

उज्यालो अनलाइनमा प्रकाशित,२८ भदौ, कञ्चनपुर ।

कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटिएकी छिन् । घरबाट केही मिटर पर धानबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

Read More

अज्ञात रोगको प्रकोप : तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी

कान्तिपुरमा प्रकाशित,२६ भदौ, सप्तरी ।

 सप्तरीको पूर्वोतरपिस्थत कञ्चनरूप नगरपालिकामा खुल्न नसकेको रोगका कारण तीन जना बालकको मृत्यु भएको छ । चार सय बिरामी परेका छन् । पछिल्लो  १५ दिनको अवधिमा ती तीनै जना बालकको मृत्यु भएको हो ।

Read More

कीर्तिपुरमा दुई बालिकालाई बन्धक बनाएर बलात्कार

अनलाइनखबरमा प्रकाशित,२५ भदौ, काठमाडौं ।

काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् ।

Read More

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२५ भदौ, अर्घाखाँची ।

अर्घाखाँचीको किमडाडामा चितुवाको आक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका-१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी पाँच वर्षीया सदीक्षा रानाको मृत्यु भएको हो।

Read More

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकै गाउँका नौ पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,२४ भदौ, इलाम ।

१३ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीले देउमाई नगरपालिका वडा नं। ९ का नौजना पक्राउ गरेको छ । एकजनाविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने आठजनालाई शनिबार मात्र पक्राउ गरेको हो ।

Read More

बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२३ भदौ, पर्सा ।

पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ । पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो । 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: