समाचारमा बालबालिका

छोरी बलात्कार गरेको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,६ फागुन, ललितपुर।

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

Read More

बलात्कार मुद्दामा सजाय भुक्तान गरेका व्यक्ति बालिका बलात्कार अभियोगमा पुन : पक्राउ

नयाँ पत्रिकामा प्रकाशित,६ फागुन, रुकुम पूर्व।

साढे ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा रुकुम पूर्वका एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बालिका बलात्कारको अरोपमा पक्राउ परेका जिल्लाको सिस्ने गाउँपालिका -५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

Read More

उमेर नपुगी मन्दिरमा विवाह गर्न आएका जोडीको विवाह रोक्दै पुजारी

रातोपाटीमा प्रकाशित,५ फागुन, लमही।

पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन्।

Read More

तीन वर्षीया नाबालिकालाई बलात्कार गर्ने ३० वर्षे पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ फागुन, रुपन्देही ।

एकजना पुरुषलाई ३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-२ मनकामना टोल बस्ने ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा त्यही ठाउँ बस्ने ३० वर्षीय रमेश बिकलाई शनिबार दिँउसो प्रहरीले पक्राउ गरेको हो।

Read More

हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित,४ फागुन, अर्घाखाँची।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा  शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी  बलात्कृत भएकी छिन् । सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो।

Read More

१० वर्षीया बालिका बलात्कार अभियोगमा वृद्ध पक्राउ

थाहा खबरमा प्रकाशित, फागुन ३, अर्घाखाँची।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ ढाकावाङ की १० वर्षीया बालिका बलात्कारको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

Read More

किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ

अनलाइनखबरमा प्रकाशित,२ फागुन, डोटी ।

५ वर्षीया किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । जोरायल गाउँपालिका(४ का ४८ वर्षीय खडकबहादुर मगरलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर धामीले जानकारी दिए।

Read More

धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

उज्यालो अनलाइनमा प्रकाशित,२ फागुन, धनुषा।

धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो।

Read More

बालक जलेर बिरूप

कान्तिपुरमा प्रकाशित,२ फागुन, प्यूठान।

तातो तेलमा जलेर बिरूप बनेका नातिको फोटो देखाउँदै प्यूठान नगरपालिका–३, सेपुङका टोपबहादुर खड्का दम्पती आर्थिक सहयोगका लागि भौंतारिइरहेका छन् । नाबालकको फोटो देख्दा गाउँका धेरै मानिस झस्किन्छन् र आँसु झार्छन्।

Read More

बालिका बलात्कार गर्न खोज्ने सफारी चालक विराटनगरबाट पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ फागुन ,विराटनगर ।

विराटनगर महानगरपालिका ४ इक्राहीबाट प्रहरीले बालिकालाई बलात्कार गर्न खोज्ने एक जना सिटी सफारी चालकलाई बिहीबार पक्राउ गरेको छ।

Read More

४० प्रतिशत कलिलैमा आमा

कान्तिपुरमा प्रकाशित,२८ माघ, दैलेख।

गत वर्ष पिपलकोटमा बच्चा जन्माउन नसक्दा १५ वर्षीया कृष्ण कसेराले ज्यान गुमाइन् । नवजात शिशुको समेत मृत्यु भयो । उनले १३ वर्षमा विवाह गरेकी थिइन्।

Read More

ककनी गाउँपालिकामा हट्यो बाल विवाह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२७ माघ, नुवाकोट।

नुवाकोटको ककनी गाउँपालिका–१ कागती गाउँमा श्रीपञ्चमीका दिन यो वर्ष बाल विवाह भएन। दशकअघिसम्म महालक्ष्मी मन्दिरमा लहरै बालबालिका राखेर विवाह गरिन्थ्यो। आइतबार गाउँमा बाल तथा अनमेल विवाह नभएको स्थानीयले बताए।

Read More

करेन्ट लागेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२७ माघ, तनहुँ।

तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Read More

एउटै विद्यालयमा १३ जोडी बालविवाह

कान्तिपुरमा प्रकाशित,२६ माघ, हेटौंडा ।

राक्सिराङ गाउँपालिकाको सरीखेत पलासेस्थित सूर्योदय माविमा ६ कक्षामा पढ्ने १३ वर्षीया सुनीता चेपाङले मदन चेपाङसँग विवाह गरिन् । चेपाङ र मदनको घर एक घण्टाको दूरीमा पर्छ । मदन स्कुलमा पढ्दैनथे।

Read More

बालिका बलात्कारको अभियोगमा दुई युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,२६ माघ, चितवन ।

पूर्वी चितवनमा १३ बषर्ीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । रत्ननगर नगरपालिका-७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाराको कोलही नगरपालिकाका ३० बर्षीय गंगा चौधरी र २२ बर्षीय अजय कुमारलाई पक्राउ गरेको हो।

Read More

विद्यार्थी कुट्ने प्रअविरुद्ध उजुरी, बालकलाई बिर्तामोड लगियो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, पाँचथर।

प्रधानाध्यापकको कुटाईबाट घाइते भएका विद्यार्थीका बावुले प्रधानाध्यापकविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटाईबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोहित राईका बुवा सञ्जय राईले शुक्रवार प्रहरीमा उजुरी दिएका हुन्।

Read More

सप्तरीमा बालिका बलात्कार गर्ने अभियुक्तलाई आठ वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ माघ, सप्तरी।

सरस्वती पूजाबाट घर फर्किरहेकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले आठ वर्ष कैद सजायको फैसला गरेको छ।

Read More

हनुमन्ते खोलामा भेटियो अनुहार नचिनिने अवस्थामा बालिकाको शव

उज्यालो अनलाइनमा प्रकाशित,२६ माघ, भक्तपुर।

भक्तपुरको हनुमन्ते पुलमुनी शनिबार अनुहार नचिनिने अवस्थामा एक बालिकाको शव फेला परेको छ । मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनी बालिकाको शव भेटिएको हो।

Read More

१३ वर्षमै एकल

नागरिक न्युजमा प्रकाशित,२४ माघ, ओखलढुंगा।

गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो। फोन उठाइन्, बोलिन्। नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन्। त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो।

Read More

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहार छानबिन गर्न समिति

कान्तिपुरमा प्रकाशित,२५ माघ, ललितपुर।

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयका तीन शिक्षकमाथि लागेको यौन दुर्व्यवहार आरोपबारे छानबिन गर्न ललितपुर महानगरपालिका ५ वडा कार्यालयले छानबिन थालेको छ।

Read More