समाचारमा बालबालिका

बाल विवाहले खोसिँदै घरबार

कान्तिपुरमा प्रकाशित, १७ पुस, रुपन्देही ।

रुपन्देहीको कम्हरियाकी पुजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । बिहे हुदाकी १२ वर्षीया बालिका अहिले २१ वर्षे जवान भइन् । सुरुमा दूलाहाको पढाइ र दुलहीको बालापन पूरा गर्न माइत छोडिएकी पूजाको घर जाने दिन भने जुरेन ।

 

Read More

मालिकको घरबाट दुई कम्लहरीको उद्धार

थाहा खबरमा प्रकाशित, १७ पुस, बाँके ।

बैजनाथ गाउँपालिका–४, बानियाभारमा कम्लहरी राखिएको दुई बालिकाको उद्धार गरिएको छ। पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको सोमबार उद्धार गरिएको हो। 

 

Read More

ट्रकको ठक्करबाट बालकको मृत्यु

न्युज २४ मा प्रकाशित, १५ पुस, सर्लाही ।

सर्लाहीमा स्कुलबाट ट्युसन पढेर फर्कदैं गरेको बालकलाई ट्रकले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा  ट्रकले ठक्कर दिएको थियो ।

Read More

बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म

अनलाइनखबरमा प्रकाशित, १४ पुस,काभ्रे ।

म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र १ उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

 

Read More

जवरजस्ती करणी गर्ने एक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १३ पुस, नुवाकोट ।

नुवाकोटको त्रिशूलीमा स्कुले छात्रालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्। विदुर नगरपालिका वडा नं। १ त्रिशूली पूरानो बजारमा स्थानीय एक स्कुले बालिकालाई जवरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरी कारवाहीको लागि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ।

Read More

चक्लेट दिन्छु भन्दै घरमा बोलाएर जर्बजस्तीकरणी गर्ने एक व्यक्तिलाई १० वर्ष कैद

न्युज २४ मा प्रकाशित, १२ पुस, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्ने एक व्यक्तिलाई  जिल्ला अदालतले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका ११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए ।

Read More

बाबुआमाले गरिदिन्छन् बालविवाह

अन्नपूर्ण पोस्टमा प्रकाशित, ११ पुस, जाजरकोट ।

जिल्लाको छेडागाड नगरपालिका ११ फुम्दाकी कौशिला नेपाली २० वर्षकी भइन्। कानुनअनुसार उनको बिहे गर्ने उमेर बल्ल पुग्यो। तर सात वर्षअघि बिहे गरेकी उनी दुई सन्तानकी आमा भइसकिन्। गाउँकै विद्यालयमा पाँच कक्षामा पढ्दै थिइन्। उमेर भर्खर १३ वर्ष थियो। स्थानीय १७ वर्षीय कमल चदाराका लागि केटी माग्न आफन्त कौशिलाको घर आए। घरकाले पनि राजीखुसीले बिहे गरिदिए। 

Read More

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

साझा सवालमा प्रकाशित,१० पुस, महोत्तरी ।

महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका देखिन्छन् । 

Read More

दोस्रो बालमैत्री वडा घोषणा

राजधानी दैनिकमा प्रकाशित, १० पुस, दैलेख ।

दैलेखको आठबीस नगरपालिका–४ मुलुककै दोस्रो बालमैत्री वडा घोषणा भएको छ । स्थानीय तह सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०४८ एवं नियमावली २०५१ बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ बालमैत्री शासन कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय तह घोषणा कार्यविधि २०७० मा व्यवस्था भए बमोजिमका विभिन्न ३९ वटा सूचकहरू पूरा गरेपश्चात् दैलेखको आठबीस नगरपालिका–४ बालमैत्री वडा घोषणा गरिएको हो ।

Read More

पेन्सिल तिखार्न नसक्दा कुटाइ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ पुस, नेपालगन्ज ।

पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको हो।

 

Read More

बालविवाह अन्त्यका लागि बैतडी घोषणापत्र जारी गर्दै सकियो शिक्षक सम्मेलन

थाहा खबरमा प्रकाशित, ९ पुस, बैतडी ।

बालविवाह अन्त्यका लागि ९ बुँदे बैतडी घोषणापत्र जारी गर्दै दुई दिने जिल्लास्तरीय शिक्षक सम्मेलन शनिबार सम्पन्न भएको छ। जिल्लाभरीका माध्यामिक विद्यालयका १ सयभन्दा बढी प्रधानाध्यापक सहभागी सम्मेलनले बालविवाह अन्त्यका लागि विद्यालय तह र समाजमा गर्न सकिने कार्ययोजनासहित घोषणापत्र जारी गरेको हो। 

Read More

बालविवाहविरुद्ध जागे किशोरकिशोरी

कान्तिपुरमा प्रकाशित, ८ पुस, सुर्खेत ।

वीरेन्द्रनगर १ मसुरीटोलकी सजना सुनारले पोहोर साल भाइ (काकाको छोरा) को हुनै लागेको विवाह रोकिन् । बालविवाहविरुद्ध स्वतस्स्र्फूत अभियानको नेतृत्व गरिरहेकी उनको यस कदमबाट अभिभावकले चित्त दुखाए । काका र भाइसँग उनको अझै बोलचाल छैन । उनले आफ्नै पहलमा गाउँका ५ जोडीको विवाह रोकेको बताइन् ।

Read More

महिना दिन पुग्दा पनि बेपत्ता बालक भेटिएनन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ७ पुस, राजविराज ।

साथी भेट्न भन्दै मंसिर ८ गते कोठाबाट निस्केका राजविराज नगरपालिका १२ सिग्यौनका १३ वर्षीय मिथलेश यादव अझै सम्पर्कमा आएका छैनन् । लिटिल एन्जेल्स मोर्डन सेकेन्डरी स्कूल कक्षा छ मा अध्ययनरत मिथलेशको खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवेदन दिएको २८ दिन भएको छ ।

 

Read More

ट्र्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

 नागरिक न्युजमा प्रकाशित, ६ पुस, महोत्तरी ।

 महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ।  आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। 

Read More

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

रातोपाटीमा प्रकाशित, ६ पुस, रोल्पा ।

जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।

Read More

भगवानको प्रसाद खाएर बेहोस बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ६ पुस, भक्तपुर ।

भगवानलाई चढाएको लड्डु खाएर बेहोस भएकी बालिकाको उपचारको क्रममा ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित इच्छेश्वर महादेव मन्दिरमा चढाइएको लड्डु खाएका स्थानीय सात वर्षीया समृद्धि ङाकुसीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

Read More

प्यारालाइसिस संक्रमणको सहारामा रोल्पाका तीन बालबालिका

 न्युज २४ नेपालमा प्रकाशित, ५ पुस, रोल्पा ।

 उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् ।

Read More

चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीले किशोरीमाथि बलात्कार गरेको आरोप

लोकान्तर डट कम मा प्रकाशित, ४ पुस, बाँके ।

चुनावी सुरक्षाका खटिएका म्यादी प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा खटिएका पुरुष म्यादी प्रहरीले १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको ।

Read More

विद्यार्थीलाई मरणासन्न हुनेगरी कुट्ने शिक्षक र विद्यायलविरुद्ध अभिभावकले दिए उजुरी

थाहा खबरमा प्रकाशित, ४ पुस, झापा ।

झापाको दमकमा रहेको गायत्री विद्या पीठमा अध्यनरत १४ वर्षीया छात्रामाथि विद्यालयका शिक्षकले अमानवीय ब्यवहार गरेको भन्दै छात्राका परिवारले प्रहरीमा उजुरी गरेका छन्। दमक पाँच निवासी छात्रा कुसुम निरौलालाई विद्यालयका कम्प्युटर पढाउने शिक्षक प्रणय दूधराजले मरणासन्न हुनेगरी पिटेपछि परिवारले विद्यालयविरुद्ध उजुरी जहेरी गरेका हुन्।

Read More

प्लाष्टिकको झोलामा नवजात शिशुको शव

उज्यालो अनलाईनमा प्रकाशित, ३ पुस, नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लाष्टिकको झोलामा नवजात शिशु ९बालक० को शव भेट्टिएको छ । आइतबार दिउँसो खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । 

 

Read More