समाचारमा बालबालिका

बालिका हत्यामा संलग्न पक्राउ

नागरिक न्युजमा प्रकाशित,२१ असार, बनेपा ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९/१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो ।

Read More

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२० असार, कैलाली ।

कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय हर्क भुलका ८ वर्षीय छोरा सचिन भुल र बाधुराम चौधरीका १२  वर्षीय छोरा अमन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । 

Read More

ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, खाल्डोमा डुब्दा बालकको ज्यान गयो

थाहा खबरमा प्रकाशित,२० असार, लहान ।

पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति मोटरसाइकल ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

Read More

द्वारखोलामा शिशुको शव फेला

थाहा खबरमा प्रकाशित,२० असार, उदयपुर ।

चौदण्डीगढी नगरपालिका–६ बेलटार बजार नजिकै द्वाराखोला नवजात शिशुको शव फेला परेको छ। मंगलरबार बिहान पुलको दक्षिणतर्फ पानीमा शव भेटिएको हो।

Read More

पानीमा डुबेर बालकको मृत्यु, बालिका गम्भीर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० असार, पर्सा ।

वीरगञ्जको रामगढवामा बुधबार पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर बिरामी भएकी छन् । वर्षाको पानी जमेको खाल्डोेमा लड्दा पर्साको धोवनी गाउँपालिकाको असवारी घर भई हाल रामगढवामा बस्दै आएका धामुुप्रसाद यादवको सात वर्षीय छोरा आलोक यादवको डुबेर मृत्यु भएको हो ।  

Read More

बलात्कृत बालिकाले पढाइ छाडिन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० असार, स्याङ्जा ।

शिक्षकबाट बलात्कृत चापाकोट नगरपालिकाकी १३ वर्षीया बालिकाले पढाइ छाडेकी छन् । गंगालाल माध्यमिक विद्यालयमा शिक्षक रामभक्त आचार्य विद्यार्थी बलात्कारपछि अझै फरार छन् ।

Read More

बालविवाह र बलात्कार अभियोगमा आठ वर्ष कैद

थाहा खबरमा प्रकाशित, २० असार, सिन्धुली ।

चौध वर्षीय किशोरीलाई जबरजस्ती विवाह गरी बलात्कार गरेको ठहर गर्दै सिन्धुली जिल्ला अदालतले मरिण गाउँपालिका–५ चौकीटारका २५ वर्षीय श्यामकुमार दमाईलाई आठ वर्ष तीन महिना कैद सजाय सुनाएको छ ।

Read More

भिडियो फेला परेपछि पक्राउ परे ‘यौन दुराचारी’ वृद्ध

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० असार, राजविराज ।

आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरिरहेको भिडियो फेला पारेपछि प्रहरीले यौन दुराचारको अभियोगमा एक वृद्धलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरी प्रहरीले बोदे बर्साइन नगरपालिका–९ देउरीका ५५ वर्षीय सूर्यनारायण साहलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

Read More

सर्पले टोकेर बालकको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित,२० असार, रुपन्देही ।

रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो ।

Read More

असुरक्षित बन्दै बालिका

कान्तिपुरमा प्रकाशित,१९ असार, दाङ ।

बाबुले निरन्तर जबर्जस्ती करणी गर्दै आएको भन्दै १३ वर्षीया बालिकाले गत वैशाख २३ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन् । प्रहरीले तत्काल ३० वर्षीय बाबुलाई पक्राउ गरी हाडनाता करणीमा मुद्दा चलायो । जिल्ला अदालतको आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् ।

Read More

बलात्कारका आरोपीलाई आठ वर्ष जेल सजाय

थाहा खबरमा प्रकाशित,१९ असार, पर्वत ।

बालिका बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालत पर्वतले आठ वर्ष कैद र २५ हजार रुपैयाँ क्षतीपूर्ति तिराउन पैmसला सुनाएको छ।

Read More

बलात्कारका आरोपीलाई आठ वर्ष जेल सजाय

थाहा खबरमा प्रकाशित,१९ असार, पर्वत ।

बालिका बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालत पर्वतले आठ वर्ष कैद र २५ हजार रुपैयाँ क्षतीपूर्ति तिराउन पैmसला सुनाएको छ।

Read More

बाढीमा बेपत्ता किशोर मृत फेला

थाहा खबरमा प्रकाशित,१९ असार,  वीरगञ्ज ।

पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका सुरेन्द्र महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव घटनास्थलभन्दा करिब तीन सय मिटर दक्षिणमा फेला परेको हो।

Read More

बालविवाह अन्त्य गरिने

कान्तिपुरमा प्रकाशित,१९ असार, हेटौंडा ।

मकवानपुरका स्थानीय तहले आइतबार प्रस्तुत गरेको आफ्नो नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणपश्चात् बालविवाहलाई नियन्त्रण गर्ने प्राथमिकता जनाएका छन् ।

Read More

रुखले किचेर एक बालिकाको मृत्यु, दुई गम्भीर घाइते

नागरिक न्युजमा प्रकाशित,१९ असार, तनहुँ । 

ब्यास नगरपालिका–६, सेखाटारमा विद्यालय जाने क्रममा रुखले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुर्इ बालीका गम्भीर घाइते भएकी छन्।

Read More

काकाले गरे दुई वर्षीय आयुशको हत्या

रातोपाटीमा प्रकाशित,१८ असार, धादिङ ।

धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ । घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए । 

Read More

खोप र औषधिमा हेलचेक्र्याइँ

नागरिक न्युजमा प्रकाशित,१८ असार, काठमाडौं ।

सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

Read More

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

नागरिक न्युजमा प्रकाशित,१८ असार, रोल्पा ।

रुन्टीगढि गाउँपालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरमा आगो तापिरहेको समयमा माथिबाट पहिरो आई भान्सा कोठामा खस्दा स्थानीय २२ वर्षिया कमला बिक, उनकि १८ दिनकि छोरी आयुसा बिक र नातेदार १५ वर्षिया चित्रा बिकको मृत्यु भएको हो।

Read More

बाढीले बगायो चारजना विद्यार्थी, एकको मृत्यु, एक बेपत्ता, दुईको उद्धार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ असार, वीरगन्ज ।

आइतवार रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् । दईजनाको उद्धार गरिएको छ । 

Read More

बढ्यो बाल बिज्याइँ

कान्तिपुरमा प्रकाशित,१७ असार, दाङ ।

आपराधिक घटनामा बालबालिकाको संलग्नता बढेपछि न्यायिक निकायले चिन्ता व्यक्त गरेका छन् । केन्द्रीय बाल न्याय समन्वय समितिका संयोजक एवं सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले परिवार जिम्मेवार नहुँदा बालबालिका जबर्जस्ती करणी (बिज्याइँ) मा संलग्न भइरहेको बताए ।

Read More