समाचारमा बालबालिका

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

कान्तिपुरमा प्रकाशित,१९ वैशाख, सिमरा ।

बाराको चुरियामाईमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नम्बरको बसलाई ना५ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए।

Read More

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

नागरिक न्युजमा प्रकाशित,१६ वैशाख, गुल्मी ।

गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो।

 

Read More

छोरीको जन्मदर्तासँगै पाँच हजारको बैंक खाता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ वैशाख, जनकपुरधाम ।

गर्भमै लिंग पहिचान गराई छोरी भएमा हत्या गर्ने प्रवृत्ति बढ्दै गएपछि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका जनप्रतिनिधिले छोरी बचाउ योजना सुरु गरेका छन्। 

 

Read More

पत्नी काठमाडौँ नआएको रिसमा दुई छोराको हत्या

अन्नपूर्ण पोस्टमा प्रकाशित,१६ वैशाख, काठमाडौँ ।

दुई जना झट्केला छोराको हत्या अभियोगमा बाबु पक्राउ परेका छन् । काठमाडौँको शान्तिनगरस्थित भवानी सापकोटाको घरमा बस्दै आएका २४ वर्षीय दिलिप यादवलाई दुईजना झट्केला छोराको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

Read More

बलात्कार आरोपमा बाबु पक्राउ

नागरिक न्युजमा प्रकाशित,१६ वैशाख, कोहलपुर ।

आफ्नै छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ।

Read More

‘बाल विवाह यता रोकिन्छ, सीमापारि गएर हुन्छ’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ वैशाख, जनकपुर ।

काठमाडौंमा कार्यरत प्रहरी जवान बुलेट यादव बिदामा घर आएका बेला गरेको अभियोगमा पक्राउ परे । पर्सा प्रहरीले बिहीबार उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–२७ का उनलाई उदयपुरको घुर्मीबाट प्रहरीले पक्राउ गरेको पर्सा जिल्ला प्रहरीले जनाएको छ ।

Read More

चट्याङ लागेर एकको मृत्यु, चार घाइते

थाहा खबरमा प्रकाशित,१५  वैशाख, धनकुटा ।

सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको मृत्यु भएको छ। सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ वर्षीय रोसनकुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो। पिपलको रुख मुनी बसिरहेका वेला दिउँसो करिव २ बजे हावाहुरीसँगै परेको चट्याङ लागेको र उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

Read More

वालबिवाह हुनबाट जोगायो प्रहरीले

नागरिक न्युजमा प्रकाशित,१५ वैशाख, रुकुम ।

सानीभेरी गाउँपालिका वडा नं। ७ स्थित जैधुनेमा प्रहरीले एक जोडिलाई बालबिवाह हुनबाट जोगाएको छ। प्रहरीले बिबाह मण्डपबाटै केटा केटीलाई प्रक्राउ गरी बालबिवाह हुनबाट जोगाएको हो ।

Read More

२८ महिने बालिका बलात्कृत

थाहा खबरमा प्रकाशित,१३ वैशाख, मुस्ताङ ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा २८ महिने बालिकाको बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको उजुरी अनुसार ६८ वर्षीय लालप्रसाद शेरचनले नाबालिकालाई बलात्कार गरेका हुन्। 

Read More

शिक्षा एकाइ प्रमुख नेपालविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

नयाँ पत्रिकामा प्रकाशित,११ वैशखा, बर्दिया ।

शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ज्ञानमणि नेपालविरुद्ध यौन दुर्व्यवहार आरोपमा मुद्दा दर्ता भएको छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयले पीडित बालिका र अभिभावकले जाहेरी दरखास्त दिएपछि मुद्दा दर्ता गराएको जनाएको छ ।

Read More

१४ वर्षकी बालिकाको पेटमा आफ्नै बाबुको गर्भ

थाहा खबरमा प्रकाशित,१० वैशाख, सोलुखुम्बु ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबर्जस्ती करणी जस्ता जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो। प्रहरीले केही समययता सफल भएका अपरेशनहरूको बारेमा पत्रकारहरूलाई जानकारी गराएको हो।

 

 

Read More

बाल विवाह गर्दै विद्यालय छोड्दै

थाहा खबरमा प्रकाशित,१० वैशाख, दैलेख ।

दुल्लू नगरपालिका–१२ की मनिषा नेपाली ९नाम परिवर्तन०ले कक्षा ६ पढ्दै गर्दा विवाह गरिन्। विवाह पश्चात घर परिवारका सदस्यले प्रहरीमा खबर गरे। प्रहरीमा खबर भएपछि प्रहरीले मनिषा र विवाह गर्ने केटालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आ–आफ्नो घरमा बस्ने सहमतिमा घर पठाए।

 

Read More

विद्यालयमा जन्मदर्ताविहीन दर्जनौँ बालबालिका भर्ना

रातोपाटीमा प्रकाशित,१० वैशाख, महोत्तरी ।

जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । 

Read More

खोलामा डुबेर एकको मृत्यु

थाहा खबरमा प्रकाशित,९ वैशाख, दाङ ।

दाङको अर्जुनखोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु भएको छ। लमही नगरपालिका ६ स्थित घोडेबासनजिक अर्जुन खोलामा नुहाउने क्रममा डुबेर घोराही उप महानगरपालिका १८ निवासी १७ वर्षीया करुणा पुन मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

Read More

पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,९ वैशाख, बाँके ।

पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ । 

Read More

बसको ठक्करबाट बालिकाको मृत्यु, राजापुरमा यातायात ठप्प

नयाँ पत्रिकामा प्रकाशित,९ वैशाख, बर्दिया ।

बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बर्दियाको राजापुर क्षेत्रमा यातायात ठप्प पारिएको छ । काठमाण्डौको लागि शुक्रबार छुटेको ना। ७ ख ९०५ नम्बरको बसले राजापुर नगरपालिका वडा ८ धोबिनपुर निवासी ११ बर्षकी बबिता शाहीलार्इ ठक्कर दिएको मृतकका आफ्न्तले जनाएका छन् ।

 

Read More

मापदण्ड विपरीत क्रसरः क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,७ वैशाख, मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । 

 

Read More

बालक हत्यारालाई ३१ वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ वैशाख, महोत्तरी ।

बालक अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुईजनालाई महोत्तरी जिल्ला अदालतले मंगलबार ३१ वर्ष कैद सजाय सुनाएको छ। 

Read More

राति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

कान्तिपुरमा प्रकाशित,४ वैशाख, रुपन्देही ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् । हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

Read More

बलात्कार बढ्दो

राजधानी दैनिका प्रकाशित,३ वैशाख, धनगढी ।

जिल्लामा पछिल्ला वर्षहरूमा बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको पछिल्ला चार वर्षको तथ्यांकअनुसार जिल्लामा जबर्जस्ती करणी र करणी उद्योगका गरी १५७ वटा मुद्दा दर्ता भएका छन् ।

Read More