समाचारमा बालबालिका

स्कुलमा प्रहरीको जागरण अभियान

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ असोज, नुवाकोट ।

नुवाकोटका प्रहरी विद्यार्थीमाझ पुगेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका छन् । प्रहरीले विद्यार्थीलाई सुरक्षासम्बन्धी अभियान सञ्चालन गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

Read More

चितवनमा बालक बेपत्ता

नयाँ पत्रिकामा प्रकाशित,२० असोज, चितवन ।

भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट शनिबार नारायणी नदी किनारमा फेला परेको छ ।

Read More

छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

थाहा खबरमा प्रकाशित,२० असोज, बागलुङ ।

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले यहाँका एक बाबुलाई पक्राउ गरेको छ। गलकोट नगरपालिका ८ ज्यामिरेका ३२ वर्षीय भीमबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

जंगलमा बेवारिसे शिशु भेटिएपछि

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० असोज, ताप्लेजुङ ।

फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका छन् । जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले शिशु देखेपछि उद्धार गरेका हुन् ।

Read More

झापामा चार वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

सेतोपाटीमा प्रकाशित,२० असोज, झापा ।

झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन ।

Read More

प्रहरी घेरा तोडेर भागेका बलात्कार आरोपी समातिए

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ असोज, ललितपुर ।

चौकी बाटै प्रहरीको घेरा तोडेर भागेका बलात्कार आरोपी पक्राउ परेका छन् । ललितपुर महांकाल गाउँपालिकाकी  एक १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेपछि पक्राउ परेका बब्लु कुमार माझी बिहीबार प्रहरीको घेराबाट भाग्न सफल भएका थिए । 

Read More

सीमा नाकाबाट तीन किशोरीको उद्धार

थाहा खबरमा प्रकाशित,१९ असोज, इलाम ।

इलामको सुर्योदय नगरपालिका–२ स्थित पशुपतीनगरबाट ३ जना किशोरीको उद्धार गरिएको छ। ललाइफकाई बेच्न भारत तर्फ लग्दै गरिएका २ जना १६ वर्षका र १ जना १५ वर्षीया किशोरीलाई माइती नेपालको सहयोगमा इलाका प्रहरी कार्यालय पशुपतीनगरले उद्धार गरेको हो।

Read More

२ महिनामा २६ बालविवाह रोकिए

कान्तिपुरमा प्रकाशित,१८ असोज, कालीकोट ।

दिनहुँ बालविवाहका घटना सार्वजनिक हुन थालेपछि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ । जिल्लामा अत्यधिक बालविवाह हुने गरेको गुनासो बढेपछि त्यसविरुद्ध प्रहरीले अभियान सुरु गरेको हो । 

Read More

न्याय खोज्दै नगरपालिका पुगेकी किशोरीले न्याय पाईन्

नागरिक न्युजमा प्रकाशित,१८ असोज, जुम्ला ।

न्याय माग्दै चन्दननाथ नगरपालिकामा पुगेकी गुठिचौर गाउँपालिका १ की १७ वर्षीया किशोरी रमिता महताराले न्याय पाएकी छिन्। जन्मेको ११ दिनमै आमा छोरीलाई घर निकाला गरेको र हाल घरमा आउँदा बेवास्ता गर्ने गरेको भन्दै रमिता न्यायको खोजीमा बुधवार चन्दननाथ नगरपालिकाको कार्यालयमा पुगेकी थिईन्।

Read More

बलात्कार बढ्यो

कान्तिपुरमा प्रकाशित,१८ असोज, राजविराज ।

बलात्कारविरुद्ध आवाज उठिइरहेका बेला मंगलबार सप्तरीकी एक १४ वर्षीया किशोरी र ७० वर्षीया वृद्धा बलात्कृत भएका छन् । २४ घण्टा बितिसक्दा पनि प्रहरीले दुवै घटनाका आरोपी पक्राउ गर्न सकेको छैन ।

Read More

बसको ठक्कारबाट बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ असोज, दमौली ।

बसको ठक्कोरबाट एक बालकको ज्यान गएपछि स्थानीयले तनहुँको भानु- २ स्थित डुम्रे बेसिसहर सडक अवरुद्ध पारेका छन्। नारायणगढबाट बेसिसहर जाँदै गरेको बा ३ ख ४५३४ नम्बरको यात्रुबाहक बसले भानु-२ बाह्रबिसेमा साइकल चलाइरहेका १० वर्षीय निरकुमार पोख्रेललाई ठक्क र दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो।

Read More

बालिका बलात्कारका अभियुक्तलाई ३ वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,१८ असोज, उदयपुर ।

बालिका बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका एक जनालाई ३ वर्ष कैदको सजाय सुनाइएको छ।स्थानीय १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको ताप्ली गाउँपालिका २ का ४२ वर्षीय अमरनारायण श्रेष्ठलाई जिल्ला अदाललते कैद सजायको फैसला सुनाएको हो। 

Read More

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१७ असोज, कञ्चनपुर ।

माटोको ढिस्कोले पुरिएर कञ्चनपुरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१ बन्साहकी १० वर्षीया जानकी विष्ट रहेकी छन् ।

Read More

गोठाटारबाट बच्चा अपहरणको आशंकामा प्रहरी परिचालन

थाहा खबरमा प्रकाशित,१७ असोज, काठमाडौं ।

काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। बालक अपहरणमा परेको भन्ने सूचना पाएलगत्तै खोजीका लागि महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट प्रहरी टोली परिचालन भइसकेको एसएसपी धीरज प्रताप शाहले जानकारी दिएका छन्।

Read More

सामूहिक बलात्कार गर्ने ५ किशोरलाई १० वर्ष जेल

अनलाइनखबरमा प्रकाशित,१७ असोज, गाईघाट ।

उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ ।

Read More

विकराल बन्दै कुपोषण

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ असोज, नेपालगन्ज ।

१३ वैशाख २०७५ मा डुडुवा गाउँपालिकाको नयाँ चौफेरीका रामछविले बर्माकी १८ महिने छोरी रीता वर्मालाई गुमाए। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका पोषण फोकल पर्सन जागेश्वर बस्नेत वर्माको मृत्यु कुपोषणले भएको बताउँछन् । 

Read More

आफ्नै छोरी बलात्कार गर्ने बावुविरुद्ध जबरजस्ती करणी मुद्दा

उज्यालो अनलाइनमा प्रकाशित,१५ असोज, ओखलढुंगा ।

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको हो । 

Read More

कैलालीमा फेरि बालिका बलात्कार, एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,१५ असोज, कैलाली ।

घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो । 

Read More

डोटीमा १७ वर्षीया किशोरी बलात्कृत

रातोपाटीमा प्रकाशित,१५ असोज, डोटी ।

डोटी जिल्लामा एउटी किशोरी बलात्कारको शिकार भएकी छन् । बलात्कार अभियोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । शिखर नगरपालिका–  ६ का २८ वर्षीय योगेश बलायरद्धारा १७ वर्षीया किशोरी बलात्कृत भएको त्यहाँको प्रहरीले जनाएको छ ।

Read More

दाङमा पनातिनी बलात्कार गर्ने ६५ वर्षीय पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १५ असोज, दाङ ।

दाङमा पनातिनी बलात्कार गर्ने एकजना पक्राउ परेका छन्। असोज १४ गते दिउँसो पनातिनी बलात्कार गरेको आरोपमा दाङ प्रहरीले लमही नगरपालिका ६का ६५ वर्षीय कलिराम चौधरीलाई पक्राउ गरेको छ।

Read More