समाचारमा बालबालिका

मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या

https://www.onlinekhabar.com/2020/11/910148  २०७७ मंसिर ४

४ मंसिर, मकवानपुर । मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी मुकेश सिंहका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालिएको छ । ‘पूजामा गएका बालिकाहरु बुधबार ४/५ बजेसम्म खेलिरहेका थिए, त्यसपछि पाख्रिन देखिएकी थिइनन्’, सिंहले अनलाइनखबरसँग भने, ‘बेलुकी ७/८ बजेतिर बगरमा अर्धबेहोसी अवस्थामा उनलाई फेला पारिएको थियो ।’

Read More

मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि सुर्खेतमा प्रदर्शन

https://ekantipur.com/pradesh-6/2020/11/18/160569690287519668.html मंसिर ३, २०७७

सुर्खेत — मोटरसाइकलको ठक्करबाट मंगलबार वीरेन्द्रनगर नगरपालिका–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर कर्णाली राजमार्ग बन्द गराएका हुन् । 

Read More

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

https://nagariknews.nagariknetwork.com/social-affairs/383831-1605675394.html?click_from=just_in ३ मंसिर २०७७

प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो।

Read More

रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या

https://www.onlinekhabar.com/2020/11/908884  २०७७ कार्तिक २७

२७ कात्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत

https://www.onlinekhabar.com/2020/11/908671 २०७७ कार्तिक २६ 

 

२६ कात्तिक, काठमाडौं । गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ ।

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

Read More

बलात्कार र हत्या प्रयासका आरोपी प्रहरी जवान पक्राउ

 

त्यसपछि फरार रहेका उनलाई मंगलबार बिहान २ बजेतिर कैलालीको सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । उनी गड्सेराबाट भागेर जंगलैजंगल सहजपुर पुगेको पाण्डेयले बताए । मंगलवारै सिंहको स्वास्थ्य परीक्षण र पीसीआर परीक्षण गरिएको बताउँदै प्रहरी उपरीक्षक पाण्डेयले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

अस्थायी प्रहरी पोष्टमै रहेका सिंह सोमबार दिउसो करिक १२ वजेतिर फरार भएका अस्थायी प्रहरी पोष्ट गडसेराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भण्डारीले बताए । घटनामा हत्या प्रयास नभई बालिकाले आत्महत्या प्रयास गरेको ईन्चार्ज भण्डारीको दावी छ । ‘पीडित वालिका र आरोपीबिच प्रेम सम्बन्ध रहेछ, दुई÷तीन पटक शारीरिक सम्बन्ध पनि भएको रहेछ’ भण्डारीले भने ‘तिनीहरुको बिहे गर्ने सहमति पनि भइसकेको रहेछ ।’

 

Read More

बीपी प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित २ संक्रमितको मृत्यु

https://www.onlinekhabar.com/2020/11/907208, २०७७ कार्तिक १९ गते 

 

१९ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Read More

बलात्कारको आरोपमा दुई पक्राउ

https://www.setopati.com/social/220521, फुङ्लिङ, कात्तिक १६

ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  

आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा  प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

Read More

कैलालीमा नदीमा डुबेर २ बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/10/905499, २०७७ कार्तिक ९ गते 

 

९ कात्तिक, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Read More

पोखरीमा डुबेर सिरहामा दाजुभाइको मृत्यु

https://ekantipur.com/pradesh-2/2020/10/27/160380571678981477.html, कार्तिक ११, २०७७

 

लहान — पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७ सय मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए ।

Read More

बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक बालक गम्भीर घाइते

https://mail.google.com/mail/u/0/#inbox, २०७७ कार्तिक १३ गते

१३ कात्तिक, काठमाडौं । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् ।

प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए ।

स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो । बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

Read More

सप्तरीमा शाैच गर्न भएकी किशोरी बलात्कृत, अर्की एकमाथि बलात्कारकाे प्रयास

https://www.nayapatrikadaily.com/news-details/53727/2020-10-26, २०७७ कार्तिक १० सोमबार

 

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत भएकी छिन् । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । 

सप्तरीको तिरहुत गाउँपालिकानिवासी १८ वर्षीया दलित किशोरी बलात्कृत भएकी हुन् । गत शनिबार राति करिब ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएका दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा लगेर बलात्कार गरेको पीडितले बताइन् । 

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी हस्याङ-फस्याङ गर्दै घरतर्फ आइरहेको अवस्था भेटिएको बताइन् ।

Read More

खाल्डोमा जमेको पानीमा डुबेर बैतडीमा २ बालकको मृत्यु

https://www.onlinekhabar.com/2020/08/890141

१ भदौ, कैलाली । खाल्डोमा जमेको पानीमा डुबेर बैतडीमा २ बालकको मृत्यु भएको छ ।

सडक निर्माण गर्ने क्रममा खनेको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

शिशु हत्याको अभियोगमा महिला पक्राउ

https://www.onlinekhabar.com/2020/08/890219

१ भदौ, काठमाडौं । आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्‍कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ ।

साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो ।

Read More

कालिकाेटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

https://www.setopati.com/social/214065, धनगढी, साउन ३२

खोलाले बगाउँदा कालिकाेटमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

आफन्तकहाँ जाँदा खाेला तर्ने क्रममा अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ की एक महिलासहित उनका दुई छोरी र एक छोराको बगेर मृत्यु भएको हो।

मृत्यु हुनेमा ३३ वर्षीया महिला देवा बोहरा, उनकी १४ वर्षीया छाेरी विपना, एक वर्षीया छाेरी आकृति र ७ वर्षीय  छाेरा हेमन्त रहेकाे प्रहरीले जनाएको छ।

Read More

बागलुङमा पहिरो: दुई बालकको मृत्यु, तीन जनाको उद्धार

https://www.setopati.com/social/213955, सेतोपाटी बलेवा, साउन ३१

बागलुङ निसीखोला गाउँपालिकामा गएको पहिरोले दुई बालकको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो।

सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते छन्।

 

Read More

कोरोना आशंकामा उपचारमा लापरवाही गर्दा वीरगञ्जमा बालकको मृत्यु

https://www.onlinekhabar.com/2020/08/888820

२७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा एक बालकको मृत्यु भएको छ ।

झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहको मृत्यु भएको हो ।

Read More

आर्थिक अभावमा क्यान्सरपीडित बालकको उपचारमा समस्या

https://www.newsofnepal.com/2020/08/07/342638/, २३ श्रावण २०७७, शुक्रबार

जाजरकोटका एक बालकलाई ब्लड क्यान्सर भएको छ । भेरी नगरपालिका–१३ कुदुका २० महिनाका बालक युनिक रोकायलाई ब्लड क्यान्सर भएको हो । गत माघदेखि बिरामी भएका बालकको कान्ति बाल अस्पताल काठमाडांैमा ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

गत माघमा युनिक एक्कासि बिरामी भएपछि उनको पश्चिम रुकुमको चौरजहारी अस्पतालमा उपचार गराइएको थियो । डाक्टरको सल्लाहअनुसार करिब एक हप्ता अस्पतालमै राखेर उपचार गरे पनि रोग पत्ता लाग्न नसकेपछि नेपालगन्ज अस्पतालमा लगियो ।

Read More

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

https://www.onlinekhabar.com/2020/08/888569

२७ साउन, डोटी  । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

Read More

मुगुमा एक महिनामा ३४ बालबालिकामा कुषोषण

https://www.nayapatrikadaily.com/news-details/48974/2020-08-10,  मुगु २०७७ श्रावण २६ सोमबार १५:५३:००

पछिल्लो समयमा हिमाली जिल्ला मुगुका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । कुपोषणका कारण ५ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

विशेषगरी २ वर्ष मुनीका बालबालिकामा कुपोषणको समस्या धेरै छ । गलत खानपान, स्तनपानको कमी गरीबी लगायतका कारणले बालबालिकामा कुपोषको समस्या बढ्दै गएको हो ।

विगतका वर्ष भन्दा यो वर्षको सुरुमै कुपोषणका बिरामीको संख्या उच्च देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । 

Read More