फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता
अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ माघ, काठमाडौं ।
ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन् । फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन् ।
Read More