समाचारमा बालबालिका

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक र तेक्वान्दो प्रशिक्षक पक्राउ

https://www.onlinekhabar.com/2021/06/965272  २०७८ जेठ २२ 

२२ जेठ, मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक र तेक्वान्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Read More

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

https://nagariknews.nagariknetwork.com/social-affairs/542951-1622733759.html २० जेष्ठ २०७८

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।  

Read More

ललितपुरमा झड्केलो बुवाद्वारा ‘छोरी’ बलात्कृत

https://ratopati.com/story/183631/2021/6/3/rape-case जेठ २०, २०७८

ललितपुरको एकान्तकुनामा झड्केलो बुवाले छोरीलाई बलात्कार गरेका छन् । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

Read More

सुनसरीमा बलात्कारको अभियोगमा दुईजना पक्राउ

https://www.onlinekhabar.com/2021/06/963901 २०७८ जेठ १९ 

१९ जेठ, विराटनगर । नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् ।

फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले देखेपछि इटहरी–३ सुनौलो बस्तीका दमाई भागेको प्रहरीले जनाएको छ । उनलाई बुधबार पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

Read More

सुनसरीमा बलात्कारको अभियोगमा दुईजना पक्राउ

https://www.onlinekhabar.com/2021/06/963901 २०७८ जेठ १९ 

१९ जेठ, विराटनगर । नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् ।

फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले देखेपछि इटहरी–३ सुनौलो बस्तीका दमाई भागेको प्रहरीले जनाएको छ । उनलाई बुधबार पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

Read More

आफ्नै छोरीलाई यौन दुर्व्यवहार, डल्लुबाट एक जना पक्राउ

https://ratopati.com/story/183411/2021/6/2/sexual-assult- जेठ १९, २०७८

काठमाडौँमा आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्व्यवहार​ गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

Read More

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/06/964067 २०७८ जेठ २०

२0 जेठ, जनकपुरधाम । इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/06/964059 २०७८ जेठ २० 

२० जेठ, धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्ऽ चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु

https://www.setopati.com/social/239035 जेठ १६

मोरङ सुनवर्षी नगरपालिका-४ स्थित जागीटोलमा पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाकी सन्तोषी ताजपुरिया छिन्। घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

माटोमा पुरिएर बर्दियामा १० वर्षीय बालकको मृत्यु

https://www.setopati.com/social/239044 जेठ १६

बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ।

गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो।

Read More

बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

https://ratopati.com/story/182375/2021/5/26/arrest जेठ १२, २०७८

काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित बुद्ध नगरबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय हेमलाल गन्धर्व छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरले गन्धर्वलाई पक्राउ गरेको हो ।

Read More

मलामी गएका किशोरको नदीमा नुहाउने क्रममा मृत्यु

https://www.setopati.com/social/238638 जेठ १२

बैतडीमा नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।

मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका शिवनाथ गाउँपालिका-१  पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आफन्तको मलामी गएका बेला नदLमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

Read More

दुई बालकको हत्या आरोपमा एक पक्राउ

https://www.setopati.com/social/237937 जेठ ४ 

बारामा दुई जना बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो प्रहरीले अन्दाजी २७–२८ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। उनीमाथि अहिले सोधपुछ भइरहेको डिएसपी मिश्रले बताए।

Read More

बालिका बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

https://ratopati.com/story/181119/2021/5/18/arrest जेठ ४, २०७८

बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । 

Read More

सामूहिक बलात्कार आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ

https://ratopati.com/story/181015/2021/5/18/arrest जेठ ४, २०७८

कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन् ।

 

 

Read More

इँटा बनाउन खनेको खोल्डोको पानीमा डुबेर बालकको मृत्यु

https://www.setopati.com/social/237097 वैशाख २७

इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ।

मोरङ रंगेली नगरपालिका-९ बेदमारीस्थित इँटा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवी इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय अलिअर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

करेन्ट लागेर १० वर्षीय बालकको ज्यान गयो

https://www.setopati.com/social/236607 वैशाख २२ 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। 

Read More

हुम्लामा ८ वर्षीया बालिकाको शंकास्पद मृत्यु

https://www.setopati.com/social/236594  वैशाख २२

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ।

मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो।

साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ।

Read More

१४ वर्षीया बालिकालाई युवाको समूहले पेट्रोल छर्किएर आगो लगायो !

http://annapurnapost.com/news/179063 २० बैशाख २०७८

बाजुरा: बाजुराको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा १४ वर्षीया बालिकालाई तीन युवाहरुको समूहले पेट्रोल छर्किएर आगो लगाइ घाइते बनाएको छ । घटनापछि तीनै जना युवाहरु फरार रहेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका–८ कालापानीका सुमन गिरीसहित तीन जनाले बैशाख १९ गते राति ती बालिकामाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आगो लगाउने क्रममा बालिकाको शरीरका कपडा जलेका छन् भने उनी घाइते भएकी छन् ।

Read More

त्रिशूलीमा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला

https://www.onlinekhabar.com/2021/05/950851 २०७८ वैशाख २०

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव सोमबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भनिने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

Read More