A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session75nhkblbp9l2nc55c1a5itssoaa53om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शितलहरको कहरमा नाङ्गै खुट्टा विद्यालय जान्छन् बालबालिका

उज्यालो अनलाइनमा प्रकाशित, ३ पुस, महोत्तरी ।

महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ५ की ७ वर्षकी अमृताकुमारी साह चप्पल बिना नै नियमित विद्यालय जान्छिन् । बाक्लो हुस्सु र शितलहरले कहर मच्चाएको समयमा अमृता पैदल १ किलोमिटर दूरी पार गरी गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा पढ्न पुग्छिन् ।

Read More

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला

कान्तिपुरमा प्रकाशित, ३ पुस, लमजुङ ।

हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । 

Read More

बाल विवाहले बढायो ‘बहुविवाह’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुस, बागलुङ ।

बागलुङको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले तमान २ सिलगुमका किसान बिकसँग कक्षा ५ मा पढ्दा पढ्दै बिहे गरिन् । तर, बिहे गरेको तिन बर्षमै श्रीमानले दोस्रो बिहे गरे पछि हालै तिन लाख रुपैयाँमा सम्वन्ध बिच्छेद गरिन् । 

Read More

बालविवाह हटाउन धामीझाँक्री सक्रिय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, २ पुस, बैतडी ।

बैतडीको पाटन नगरपालिका ६ का हरिप्रसाद जोशी हिजोआज निकै व्यस्त देखिन्छन् । पहिला–पहिला स्थानीयको घरमा धामी काँप्नका लागि पुग्ने उनी अहिले भने सचेतना जगाउन सक्रिय भएका छन् । समाजमा रहेका अन्धविश्वास र कुरीति हटाउन धामीहरू समूह नै बनाएर सक्रिय भएका हुन् । 

Read More

बिहे रोक्न पञ्चेबाजा

नागरिक न्युजमा प्रकाशित, २ पुस, प्युठान ।

मसिंरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मसिंरको सुरुदेखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मसिंरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने  होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन् ।

Read More

सरकारी राहत ससुराले खान खोजे, १७ वर्षिया विधवा न्यायको खोजीमा

उज्यालो अनलाइनमा प्रकाशित, २ पुस, धनुषा ।

धनुषाको साविकको भरतपुर गाविस – २ की रोशन खातुन १७ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनले २ वर्ष नहुँदै श्रीमान् गुमाउनु पर्यो। । रोशनको सिउँदो पखालियो । त्यो पनि कानुनी रुपमा बिहे हुन नपाउँदै । 

Read More

झाडापखाला लागेका १४ महिने बालकलाई बोक्सी लागेको भन्दै फलाम तताएर हानेपछी

समाचार संसारमा प्रकाशित, २८ मङ्सिर, पाँचथर ।

पाँचथरको ओयाममा झाडापखाला लागेको १४ महिने एक वालकलाई स्थानीय विजुवाहरुले वोक्सी लागेको भन्दै ढुंगा र फाली तताएर डाम्दा बालक गम्भिर घाइते भएका छन् ।

Read More

सुर्खेतमा किशोरी आमाहरु बढ्दै जान थालेपछि

साझा सवालमा प्रकाशित, २९ मङ्सिर, सुर्खेत । 

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । 

Read More

काठमाडौंमा अण्डा खुवाएर बालिकामाथि बलात्कार

लोकान्तर डट कम मा प्रकाशित, २६ मङ्सिर, काठमाडौं ।

बौद्ध डेरा गरी ओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

भोजपुरमा बालिका बलात्कारपछि हत्या प्रयास

अनलाइन खबरमा प्रकाशित, १३ कात्तिक, भोजपुर ।

भोजपुरको दक्षिण आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरेका थिए ।

 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: