समाचारमा बालबालिका

दुर्घटनामा विद्यार्थीको मृत्यु

नागरिक न्युजमा प्रकाशित,५ चैत, चितवन।

जिल्लाको रत्ननगर नगरपालिका–१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँ निवासी १४ वर्षीय वसन्त थापाको मृत्यु भएको छ। ना४च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ः३० बजे थापालाई ठक्कर दिएको थियो।

Read More

वोलेरोको ठक्करबाट चितवनमा १६ वर्षीय किशोरको मृत्यु

रातोपाटीमा प्रकाशित,४ चैत, चितवन।

पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

Read More

सार्वजनिक यातायातमा किशोरी असुरक्षित, ६ महिनामा ११८ पक्राउ

अनलाइनखबरमा प्रकाशित,४ चैत, काठमाडौं।

ललितपुरको बालकुमारीबाट कुमारी ९१८० सार्वजनिक बसमा चढिन् । कोटेश्वर जानलाई उनी बा ३ ख ४०४६ नम्बरको बसमा चढेकी थिइन् । गाडी खचाखच थियो, जसको फाइदा उठाएर सहचालकले किशोरीको हात छुन खोजे । उनलाई असजिलो महसुस हुने गरी धक्का दिए।

Read More

सिक्का खसाल्नुस्, प्याड लिनुस्

अन्न्पूर्ण पोस्ट्मा प्रकाशित,४ चैत, रुपन्देही।

हामीलाई थाहा छ- महिनावारीका कारण नेपालका कतिपय ठाउँका छात्रा विद्यालय जान सकेका छैनन्। यसले महिनामा एउटी छात्राको करिब ४–५ दिन पठनपाठन रोकिने गर्छ। यस्तो समस्या ग्रामीण क्षेत्रमा अझ विकराल छ।

Read More

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२ चैत, इलाम।

इलाममा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्ति शनिबार पक्राउ परेका छन् । सन्दकपुर गाउँपालिकाकी एउ६ी १२ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गर्ने भीमप्रसाद पाठकलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ।

Read More

पोखरीमा डुबेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ चैत, झापा।

भद्रपुर नगरपालिका–२ स्थित किच्चकबधको पोखारीमा डुबेर एक बालकको मृत्यु भएको छ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–४ का लोकेन्द्र लिम्बूका १३ वर्षीय छोरा इदम लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो।

Read More

बालविवाहको समस्या : जन्मदर्ता दिने कि नदिने ?

कान्तिपुरमा प्रकाशित,२ चैत, धनुषा।

धनुषा, सहिद नगरपालिका ३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डल कम उमेरमा विवाह भएकी किशोरीको सन्तानलाई जन्म दर्ता दिने कि नदिने अन्योलमा थिए । वडा कार्यालयमा उमेर नपुग्दै विवाह दर्ता र सन्तानको जन्म दर्ता लिन आएका छन्, जिल्ला सरकारी वकिल कार्यालयले आयोजना गरेको अर्न्तक्रियामा उनले भने, ‘कानुन छलेर विवाह गर्नेलाई विवाह दर्ता र जन्म दर्ता दिने कि नदिने ?

Read More

बालविवाहमा संलग्न तीनजना पक्राउ

थाहा खबरमा प्रकाशित,१ चैत, सल्यान।

बालविवाह गर्ने र गराउने खाजेको आरोपमा जिल्ला प्रहरी कार्यालय तीन जनालाई पक्राउ गरेको छ। बालविवाह हुन लागेको सूचनाका आधारमा खैरावाङ मन्दिर परिसरबाट तीन जनालाई पक्राउ गरेको हो।

Read More

किशोरी आमा बढे

कान्तिपुरमा प्रकाशित,३० फागुन, सल्यान।

साताअघि त्रिवेणी गाउँपालिका २, की १९ वर्षीया इन्द्रा विक गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि आफन्तले हतारहतार जिल्ला अस्पताल ल्याए । उनलाई लामो समयदेखि प्रसूति व्यथा लागेको थियो । अस्पतालका चिकित्सकले शल्यक्रियामार्फत प्रसूतिको तयारी गरिरहेको बेला उनले बच्चा जन्माइन् ।

Read More

स्कूले विद्यार्थीबीच खुकुरी हानाहान, एक घाइते

थाहा खबरमा प्रकाशित,३० फागुन, लमजुङ।

विद्यार्थीबीच भएको झगडामा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी घाइते भएका छन्। बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहानमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा घाइते भएका छन्।

Read More

हिंसाविरुद्ध उत्रिए छात्रा

कान्तिपुरमा प्रकाशित,३० फागुन, बारा।

कलैया उपमहानगरपालिका–४ को एक निजी विद्यालयमा पढ्दै गरेकी १४ वर्षीया बालिका मंगलबार विद्यालय जाँदै थिइन् । बीच बाटामै अर्को निजी विद्यालयका ३ छात्रले उनलाई अश्लील व्यवहार गर्न खोजे । छात्राले रिसले गाली गरिरहिन् र प्रतिकारमा उत्रिइन्।

Read More

गिफ्ट को लोभ देखाएर मोरङमा १३ वर्षीया बालिका बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ फागुन, विराटनगर ।

गिफ्ट को लोभ देखाएर मोरङको लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिकामाथि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।बलात्कार गर्ने मोरङको उर्लाबारी नगरपालिकाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

Read More

छात्रावास छैन, पिँढीमा बास

कान्तिपुरमा प्रकाशित,२९ फागुन, मकवानपुर ।

नौ कक्षामा पढ्ने रुकुमाया चेपाङ घरको पिँढीमा काठ र स्याउलाले बारेर पढ्न बसेकी छन् । आफन्तको घर हो तर भित्र बस्ने ठाउँको अभावले गर्दा उनी पिँढीमा बस्न बाध्य छिन्।

Read More

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद

थाहा खबरमा प्रकाशित,२९ फागुन, ओखलढुङ्गा ।

आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत ओखलढुङ्गाले मंगलबार कैद सजाय सुनाएको हो।

Read More

बलात्कारपछि बालिका हत्या गर्ने युवकलाई जन्मकैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ फागुन, भोजपुर।

बालिकालाई बलात्कारपछि  हत्या गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ ।  अदालतले ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–५, दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो।

Read More

बालविवाह गराउने बाबु पक्राउ

नागरिक न्युजमा प्रकाशित,२९ फागुन, सुर्खेत।

प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई पक्राउ गरेको छ। आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गतको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिपबहादुर क्षेत्रीका अनुसार बराहताल गाउँपालिका–१० का ४७ वर्षीय जीतबहादुर सिंजाली र ४६ वर्षीय गंगाराम खत्रीलाई पक्राउ परिएको हो।

Read More

बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि जंगलमा सकुशल भेटिए

उज्यालो अनलाइनमा प्रकाशित,२९ फागुन, सोलुखुम्बु।

खोटाङको जंगलमा  बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल भेटिएका छन् । मंगलबार बिहान साढे १० बजे घरबाटै हराएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा हात्तीसार टोलका राजकुमार मगर र सपना मगरको छोरा एवान मगर बुधबार बिहान ९ बजे जंगलमा भेटिएका हुन्।

Read More

पढाइ छाडेर भारत

कान्तिपुरमा प्रकाशित,२८ फागुन, अछाम।

तुर्माखाँद गाउँपालिका ३ का रवि बुढा १८ वर्ष पुगे । अहिलेसम्म उनी ५ पटक भारत गइसके । केहि समय बिदामा घर फर्केका उनले पढाइ छाडेर कामको खोजीमा जानु बाध्यता भएको बताए।

Read More

बालविवाहविरुद्ध घोषणापत्र

कान्तिपुरमा प्रकाशित,२८ फागुन, टिकापुर।

बालविवाह विरुद्ध १२ बुँदे घोषणापत्र जारी गरिएको छ । आइतबार टीकापुरमा आयोजना भएको बाल विवाह तथा दाइजो प्रथा विरुद्धको सामुदायिक संवाद कार्यक्रममा घोषणापत्र जारी गरिएको हो।

Read More

यस्ता पनि स्वास्थ्यकर्मी : छातीको एक्सरे बहानामा यौन दुर्व्यवहार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ फागुन, नवलपरासी ।

यौन दुर्व्यवहार आरोपमा एकजना स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाले पक्राउ गरेको छ । पाल्हीनन्दन गाउँपालिका-४ लोहरौलीमा एक्सरे-प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

Read More