समाचारमा बालबालिका

चितुवाको आक्रमणबाट २२ महिनाका बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,१५ पुष, तनहुँ ।

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Read More

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

रातोपाटीमा प्रकाशित,१४ पुष, कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

Read More

घर भत्किँदा बालकको मृत्यु, आमा घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ पुष, डडेल्धुरा ।

डडेल्धुराको नवदुर्गामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । नवदुर्गा गाउँपालिका १ ओली गाउँका यज्ञबहादुर ओलीको घर भत्किँदा उनका दुई वर्षीय छोरा किरण ओलीको मृत्यु भएको हो।

Read More

बालअधिकार राष्ट्रिय गौरवको योजनामा सूचीकृत हुन्छ: मन्त्री गुरुङ

रातोपाटीमा प्रकाशित,१४ पुष, काठमाडौं ।

बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना  बनाई कार्यान्वयन गर्न माग गरिएको छ ।  बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले दिगो विकासका लक्ष्य पूरा गर्न,  बालबालिकालाई सिर्जनशील र सुसंस्कृत बनाउन कार्ययोजना आवश्यक रहेको धारणा राखे ।

Read More

सौतेनी छोरीको हत्या गर्ने बाबु पक्राउ

थाहा खबरमा प्रकाशित,१४ पुष, कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले चार वर्षीय छोरीको हत्याको आरोपमा सोमबार पक्राउ गरेको छ।

Read More

इन्टरनेटमा फस्दै बालबालिका

कान्तिपुरमा प्रकाशित,१३ पुष, काठमाडौँ।

बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेन इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो।

Read More

चिसोले राउटे बालबालिका बिरामी पर्न थाले

रातोपाटीमा प्रकाशित,१३ पुष, सुर्खेत ।

जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो।

Read More

१४ वर्षीया बालिकालाई जवर्जस्ती गरेको आरोपमा ६९ वर्षीय वृद्धा पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ पुष, रुकुम ।

१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिमका ६९ वर्षीय वृद्ध पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

Read More

१३ दिनपछि आफन्तको काख

कान्तिपुरमा प्रकाशित,१० पुष, सिन्धुपाल्चोक।

बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धुसदाबहार अस्पतालमा जम्मा भएको भीड बिहीबार बिहानैदेखि भावकु थियो । सिन्धुसदाबहार अस्पतालमा १३ दिन बिताएकी यात्रुबस दुर्घटनाकी अलपत्र ७ महिने शिशुलाई अभिभावक पक्षलाई जिम्मा लगाएपछि रोदन चर्किएको थियो।

Read More

कलिलै उमेरमा आमा

कान्तिपुरमा प्रकाशित,१० पुष, अछाम।

ढकारी गाउँपालिका–५ कि नैना साउद १९ वर्षमा २ सन्तानकी आमा भइसकिन् । १५ वर्षको हुँदा भागेर विवाह गरेकी उनी अहिले गर्भवती छिन् । ‘७ कक्षामा पढाइ छोडियो । परिवार नियोजनका साधनबारे जानकारी छैन,’ उनले भनिन्।

Read More

बलात्कार घटना : इन्साफ चाहियो

कान्तिपुरमा प्रकाशित,१० पुष, बारा ।

उनी शौच गर्न राती घर बाहिर निस्केकी थिइन् । त्यही बेला चिनजानकै उनी भन्दा ३ बर्ष जेठो एक पुरुषले ललाइफकाई बाइकमा बसाएर केही पर लगे । एकापसमा विवाहको प्रसङ्ग चलाउँदै १७ बर्षीय ती पुरुषले १४ बर्षीया बालिकासित हिमचिम हुँदै बलात्कार गरे । र, घर छेउसम्म पुर्याइदिए।

Read More

हाडनातामा गर्भवती बनाएर अर्कैलाई जिम्मा

कान्तिपुरमा प्रकाशित,१० पुष, खोटाङ ।

जिल्लाको खोटेहाङ गाउँपालिकामा एक बालिकालाई बलात्कार गरी गर्भवती बनेपछि अर्कैलाई जिम्मा लगाएको खुलासा भएको छ । नाताले काका पर्नेले १५ वर्षीया बालिकालाई बलात्कार गरी अर्कैलाई जिम्मा लगाएको खुलासा भएको हो।

Read More

जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता

रातोपाटीमा प्रकाशित,९ पुष, जुम्ला ।

जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ।

Read More

बिहे गर्ने प्रलोभन देखाएर किशोरीमाथि बलात्कार

अनलाइनखबरमा प्रकाशित, ८ पुस, वीरगञ्ज ।

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ।

Read More

हेलो प्रहरी ! म बिहे गर्दिनँ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ पुष, स्याङ्जा ।

१४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो।

Read More

२७ दिनदेखि वेपत्ता बालिका मृत फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ पुष, अछाम ।

२७ दिनपछि वेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्। कमलबजार नगरपालिका-७ जामाकी १६ वर्षीया बासु जैसी कमलबजार  नगरपालिका-६ को उराईटी वनमा आइतवार साझ मृत अवस्थामा फेला परेकी हुन्। घाँस काट्न चिलिमे वनमा गएकी उनी मसिर १० गतेदेखि वेपत्ता भएकी थिइन।

Read More

बालिकालाई बन्धक बनाएर बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ पुष,धनगढी ।

कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। पुस २ गते विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई साथीको घर लिएर बन्धक बनाइ बलात्कार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन्।

Read More

बालश्रम रोक्न स्थानीय सरकारका १५ बुँदे प्रतिबद्धता

नयाँ पत्रिकामा प्रकाशित,६ पुष, रोल्पा ।

बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि रोल्पाका १० स्थानीय तहले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा शुक्रबार र शनिबार सदरमुकाम लिबाङमा आयोजित कार्यशालामा सहभागी गाउँ तथा नगरप्रमुखहरूले बालश्रमको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

Read More

शीतलहरका कारण सप्तरीका तीन स्थानीय तहका विद्यालय बन्द

रातोपाटीमा प्रकाशित, ६ पुष, सप्तरी ।

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ।

Read More

हटेन बालविवाह

कान्तिपुरमा प्रकाशित,६ पुष, झापा।

झापाको बाह्रदशी गाउँपालिका १ की चाँदनी राई भर्खर १४ वर्षकी पुगिन । स्कुले जीवनमा व्यस्त हुनुपर्ने उनी पुस ९ मा विवाहको प्रथम वर्ष मनाउने तयारीमा छिन् ।१३ वर्षकै उमेरमा उनले विवाह गरेकी थिइन ।बाह्रदशी ३ की सन्जली हेमरम २२ वर्षमा टेकिन । कानुनअनुसार विवाहका लागि योग्य भएकी छन्।

Read More