A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9dopj0qojs9luhmealjhtlb59n8725d1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काभ्रेमा बसबाट खसेर सहचालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,७ असार, काभ्रे ।

काभ्रेमा बिहीबार बसबाट खसेर सहचालकको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-६ को बेथानचोकबाट पनौतीका लागि हिँडेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सोही ठाउँका १८ वर्षे सुमन तिमल्सिनाको मृत्यु भएको हो ।

Read More

घरबाट भागेर भारत पुगेका ४ बालकको उद्धार

उज्यालो अनलाइनमा प्रकाशित,७ असार, मोरङ ।

भारतको कटिहारबाट ४ जना बालकको उद्धार भएको छ । नेपालबाट विभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिति,सीवीन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्धार गरिएको हो ।

Read More

खोलामा डुबेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,६ असार, सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ। स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Read More

यौन हिंसाको जोखिममा बालबालिका

कान्तिपुरमा प्रकाशित,६ असार, काठमाडौँ ।

प्रहरीले बाल यौन दुराचार आरोपमा नेदरल्यान्डका एक बाल चिकित्सकलाई बिहीबार ठमेलस्थित होटलबाट पक्राउ गर्‍यो । ६६ वर्षीय पिट हेन भान तेरविस्गा नेपाली बालकसँगै ठमेल, सातघुम्तीको होटलबाट पक्राउ परेका हुन् ।

Read More

आरोपित पक्राउ

कान्तिपुरमा प्रकाशित,५ असार, महोत्तरी ।

लोहरपट्टी नगरपालिका–७ की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोही गाउँका १८ वर्षीय जमसेद राई पक्राउ परेका हुन् । 

Read More

कुटाइबाट विद्यार्थी गम्भीर घाइते

राजधानी दैनिकमा प्रकाशित,५ असार, राजविराज ।

सदरमुकाम राजविराज–६ स्थित होलीक्रस इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपलले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका सञ्चालकसमेत रहेका प्रिन्सिपल विनोद साफीको कुटपिटबाट छिन्नमस्ता गाउँपालिका–१ का विद्यार्थी १४ वर्षीय धर्मदेव साह गम्भीर बिरामी परेका छन् । 

 

Read More

तीला नदीमा डुबेर किशोरीको मृत्यु

थाहा खबरमा प्रकाशित,५ असार, जुम्ला ।

तिला गाउँपालिका-३ त्रीवेणीमा नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ। सरस्वती मावी कुडारीमा अध्ययनरत १४ वर्षे छात्रा कमला रावतको तीला नदीमा डुवेर मृत्यु भएको हो।

 

Read More

दस वर्षीया बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,५ असार, सप्तरी ।

सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ३ मा एक १० वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो ४ बजे घरबाट सामान किन्न बजारतर्फ जाने क्रममा राजविराज नगरपालिका ३ भलुवाही खोलाको डिलमा रहेको झाडीमा ती १० वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भाबेश रिमालले जानकारी दिए ।

Read More

बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,५ असार ,बझाङ ।

तल्कोट गाउँपालिका वडानम्बर २ मा एक जना बालिकाको बलात्कार भएको छ । सुस्त मनस्थिती भएकी ती बालिकालाई स्थानीय ४० वर्षीय फिट्टु कुँवरले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । 

Read More

भान्सामा मृत फेला परेकी कमलरी बालिकाको हत्याको आशंका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ असार,बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका-४ घर भई बढैयाताल गाउँपालिका-७ स्थित दुर्गा भण्डारीको घरमा बस्दै आएकी ११ वर्षीया कमलरी अस्मिता थारुको मृत्यु आत्महत्या नभई हत्या भएको परिवारले आशंका गरेका छन्।

Read More

पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै किशोरी आमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, पाल्पा ।

पाल्पा माथाँगढी गाउँपालिका–८ बहादुरपुरकी ठकुमाया जर्घा १५ वर्षकी पुगिन्। उनको काखमा एक वर्षको छोरा छ। विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा ठकुमाया बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छन्।

 

Read More

शिक्षकमाथि छात्रा करणी उद्योगमा मुद्दा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, नवलपरासी ।

आफ्नै छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित दीपक मावि पक्लिहवाका एक शिक्षकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ ।

Read More

बालिका बलात्कारको आरोपमा एक पक्राउ

थाहा खबरमा प्रकाशित,३ असार, सप्तरी ।

सप्तरीको राजविराज–३ का मोहम्मद सविर बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। गाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

Read More

महाकालीमा बगेर एक बालिका वेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ असार, दार्चुला ।

दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका वेपत्ता भएका छन् । यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका २ का १६ वर्षीया कञ्चन लोथ्याल महाकाली नदीमा वेपत्ता भएका हुन् । 

 

Read More

बालविवाह न्यूनीकरण वर्ष मनाइदै

रातोपाटीमा प्रकाशित,२ असार, जाजरकोट ।

बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ । सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । 

Read More

धारिलो हतियार प्रहारबाट बालकको हत्या, दम्पती घाइते

उज्यालो अनलाइनमा प्रकाशित,३० जेठ, कास्की ।

पोखरा लेखनाथ महानगरपालिका १५ कालिका मार्गमा एक जनाको हत्या भएको छ । अरु २ जना घाइते भएका छन् । कालिका मार्गका ४० वर्षका रामजी घलेका ११ वर्षका छोरा ज्ञापनको हत्या भएको हो ।

 

Read More

पोखरीमा डुब्दा बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,२९ जेठ, राजविराज ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा डुबेर सोमबार साँझ एक बालकको मृत्यु भएको छ। स्थानीय कैलाश साहका छोरा ११ वर्षीय छिमेकीको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

Read More

बलात्कार गरेको कसुरमा ५ वर्ष कैंद

नागरिक न्युजमा प्रकाशित,२९ जेठ, खोटाङ ।

बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैंद फैसला सुनाइएको छ। १२ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालतले कैंद फैसला सुनाएको हो।

Read More

अपहरित बालकको गोली हानी हत्या

कान्तिपुरमा प्रकाशित,२८ जेठ, रौतहट ।

कटहरिया नगरपालिकाका–१२ वर्षीय बालकको अपहरण पछि हत्या भएको छ । अपहरणकारीले उनलाई गोली हानी हत्या गरी बाग्मती नदी किनारमा फालेका थिए । 

 

Read More

चार जोडीको विवाह रोकियो

उज्यालो अनलाइनमा प्रकाशित,२८ जेठ, रुकुम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार चार जोडीको विवाह रोकिएको छ । जिल्लामा रहेको बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: