समाचारमा बालबालिका

बालबालिकाले सहपाठीको दृष्टि परीक्षण गर्ने

कान्तिपुरमा प्रकाशित,६ असोज, काभ्रे ।

जिल्लाका ४ हजार बालबालिकाको दृष्टि परीक्षण गर्न बालबालिका नै परिचालन हुने भएका छन् । वीपी नेत्र प्रतिष्ठानले जिल्लाका ६ नगरपालिका र बेथानचोक गाउँपालिकाको २० विद्यालयका ती बालबालिकाको दृष्टि परीक्षण गर्न ८४ विद्यार्थीलाई तालिम दिएर परिचाल गर्न लागेको परियोजना प्रमुख राजन श्रेष्ठले जानकारी दिए।

Read More

विवाह गर्ने उमेर नपुग्दै आमा

नागरिक न्युजमा प्रकाशित,६ असोज, रामेछाप ।

उत्तरी रामेछापको लिखुतामाकोसी गाउँपालिका–४ की २० वर्षीया किशोरीले २० वर्ष नपुग्दै बिहे गरिन् । कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ वर्ष पुग्यो । उनको ३ वर्षको छोरा छ।

Read More

बालक पनि यौन शोषणमा

कान्तिपुरमा प्रकाशित,५ असोज, काठमाडौँ ।

२०७५ साउनमा बालयौन दुराचारमा दुई फ्रान्सेली नागरिक पक्राउ परे । स्वदेश फर्किन लागेका ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले गौशालाबाट पक्राउ गरेको थियो।

Read More

म्याग्दीमा बाढीले दुई बालिका बगायो, विद्यालयसहित ८ घर पुरिए

कान्तिपुरमा प्रकाशित,५ असोज, म्याग्दी ।

भीषण वर्षापछि बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाएको छ । उनीहरुको अवस्था अज्ञात छ । शनिबार राति ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ वर्षीया अनुस्का र १० वर्षीया प्रविना परियारलाई बगाएको हो।

Read More

बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन कारावास

थाहा खबरमा प्रकाशित,२ असोज, धनुषा।

एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ। सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका-२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो।

Read More

बेवारिस शिशुले पायो अभिभावक

कान्तिपुरमा प्रकाशित,२ असोज, जाजरकोट।

जाजरकोट अस्पतालमा उपचार गराइरहेको बेवारिसे शिशुले मंगलबार अभिभावक पाएको छ । शिशुलाई पालनपोषणका लागि भेरी नगरपालिका ४,गैरीखालीका कृष्ण भट्टराईको परिवारलाई हस्तान्तरण गरीएको हो । शिशु ९ दिनअघि वेवारिसे अवस्थामा भेरी नगरपालिका १३, डाँडीमारे सामुदायिक वनमा फेला परेको थियो।

Read More

रोकिएन बालविवाह

कान्तिपुरमा प्रकाशित,२ असोज, रोल्पा ।

जिल्लाका जनप्रतिनिधिलाई बालविवाह रोक्न चुनौती बनेको छ । पूर्वाधार निर्माणमा केन्द्रित उनीहरूलाई कम उमेरमा हुने बिहे रोक्न धौधौ भएको हो । कलिलैमा बिहे गरी आमा बन्न थालेपछि महिलाको स्वास्थ्यमा असर देखिएको छ । त्यसैले यहाँका अधिकांश गाउँ र नगरपालिका यस्ता विवाह रोक्ने योजना बनाइरहेका छन्।

Read More

पहिरोले घर पुरिँदा बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,१ असोज, काभ्रे।

जिल्लाको फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । अविरल वर्षासँगै बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका-४, फेदीबजारका रोजन तामाङको घर पुरिएको प्रहरीले जनाएको छ।

Read More

शिशु बेपत्ता गराउने पक्राउ

कान्तिपुरमा प्रकाशित,१ असोज, धादिङ।

आफैंले जन्माएको शिशु बेपत्ता बनाएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नीलकण्ठ–७ निवास्वाराकी मखमली थापा पक्राउ परेकी हुन् । भदौ १९ मा जिल्ला अस्पतालमै छोरा जन्माएकी उनको सालनाल नखसेपछि राजधानीस्थित प्रसूतिगृह पठाइएको थियो।

Read More

१४ वर्षीया बालिकालाई होटलबाट उद्धार, तीन जनाविरुद्ध मानव बेचबिखन मुद्दा

नागरिक न्युजमा प्रकाशित,३१ भदौ, इटहरी।

१४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने बहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएको सूचनाका आधारमा इटहरीबाट आइतबार साँझ प्रहरीले उद्धार गरेको छ। इटहरी वडा नं. ६ मा सञ्चालित दियालो होटलबाट बालिकालाई उद्धार गरिएको हो।

Read More

बाल शिक्षा सुधार्न पहल

कान्तिपुरमा प्रकाशित,३१ भदौ, कालिकोट।

जिल्लाका जनप्रतिनिधिको भेलाले प्रारम्भिक बाल विकासमा लगानी बृद्धि गर्ने प्रतिबद्धतासहित ७ बुँदे रास्कोट घोषणापत्र जारी गरेको छ । शिक्षामा तल्लो तहका कक्षामा प्रभावकारी सिकाइ नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन हुन नसकेको ठहर गर्दै रास्कोट घोषणापत्र जारी गरिएको हो।

Read More

बालबालिकाका व्यथा देउडामा

कान्तिपुरमा प्रकाशित,३१ भदौ, डोटी ।

छोरीले जन्मनु होईन कठै मेरा खप्तड किल्ला जन्मै लाग्यो खोट कठै मेरा डोटी जिल्ला कन्ने बस्नु बनायो हो कठै मेरा डोटी जिल्लाछाउपडीका गोठ कठै मेरा खप्तड किल्ला सुनालेक मावि कक्षा १० कि हरिना खडायत माथिका गीत गाउदै दाई देव बहादुर खडायतलाई आइतबार गाउघरका बालिकाहरूले व्यहोरीरहेका पीडा पोख्न लागिन् । गुन्यु चोलीमा सजिएकी हरिना दौरा सुरूवाल लगाएका देव बहादुर खडायतसंँग बाल दिवसका दिन आफूले देखे भोगेका व्यथाहरू देउडा गीतमार्फत प्रस्तुत गरे।

Read More

भारतमा बेचिएका बालकको ५ महिनापछि उद्दार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ भदौ, दाङ।

भारतमा बेचिएका दाङका एक बालकको उद्धार गरिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीका १४ वर्षीय विशाल चौधरीको भारतको सिमलाबाट उद्धार गरिएको हो । उद्दार गरिएका विशाललाई मंगलबार परिवारलाई बुझाइएको छ।

Read More

बालमैत्री छैन बालन्याय

कान्तिपुरमा प्रकाशित,३० भदौ, बुटवल।

जिल्ला अदालत रूपन्देहीको पहिलो तलाको दायाँ ढोकामा लेखिएको छ– बालमैत्री कक्ष । नियमित इजलासमा जानुभन्दा पहिले यहीं कोठामा बालबालिका बस्ने, खेल्ने, पढ्ने र पालो कुर्ने हो तर ढोका खोलेर हेर्दा वातावरण अर्कै छ । धूलैधूलोले भरिएका जीर्ण अवस्थाका चारवटा कुर्सी छन्।

Read More

मनमैंजुमा बसभित्रै ११ वर्षीया बालिका बलात्कार गर्ने सहचालक पक्राउ

रातोपाटीमा प्रकाशित,३० भदौ, काठमाडौँ।

दुई बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन्।

Read More

शिक्षाबाट वञ्चित बालबालिका

नागरिक न्युजमा प्रकाशित,३० भदौ, धनुषा ।

बाबु इण्डिया, पञ्जाब गेल हैय। माई गिरहसके खेतमे काम करे, भोरे जाइछैय आ साझमे अबैय हैय। भाइ आ हम घरके रखबारी करैयछिय, पैरा तकैछि माईके।’ अर्थात् ‘बुबा इण्डियाको पञ्जाब गएका छन्, आमा साहुको खेतमा काम गर्न। आमा बिहानै जान्छिन्, साँझ आउँछिन्। घरको रेखदेख भाइ र म गर्दै छौं, आमालाई कुरेर बसेका छौं,’ जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित ढोकामा बसेर विद्यालय समयमा आमालाई पर्खिरहेकी ९ वर्षीय अञ्जली मल्लिकले भनिन्।

Read More

पढ्न नगएर बालुवा चाल्छन् बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ भदौ, सल्यान।

जिल्लाको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर दैनिक गुजारा गर्नु उनको बाध्यता हो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनका बुवा रोजगारीका लागि भारतमा गएका छन्। बुवा घरमा नभएपछि आमाले मात्र दैनिक ज्याला मजदुरी गरेको पैसाले घरखर्च नचलेपछि उनी पनि बालुवा चालेर पैसा कमाउन थालेकी हुन्।

Read More

बसभित्र यौन दुर्व्यहार गरेको आरोपमा चालक र सहचालक पक्राउ

कान्तिपुरमा प्रकाशित,२६ भदौ, विराटनगर ।

एक किशोरीलाई बसभित्र यौन दुर्व्यवहार गर्ने चालक र सहचालकलाई प्रहरीले मोरङको रंगेली ९ दोमनामा पक्राउ गरेको छ । नकुटा घर भइ झापा, दमकस्थित आफन्तकोमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा चालक किरण खड्का र सहचालक सन्तोष न्यौपानेलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।

Read More

विद्यालयबाट फर्कँदै गरेका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु

कान्तिपुरमा प्रकाशित,२६ भदौ, रुकुम पश्चिम ।

पहिरोमा पुरिएर रुकुम पश्चिममा २ बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१० चुनका दुई बालिका विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएका थिए।

Read More

सातादेखि २ बालिका बेपत्ता

कान्तिपुरमा प्रकाशित,२६ भदौ, सल्यान।

बन्गाडकुपिण्डे नगरपालिका १०, माझकाँडाबाट एक सातादेखि दुई बालिका बेपत्ता भएका छन् । भगवती अधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खिमा ओली र कक्षा ६ मा अध्ययनरत १२ वर्षीया प्रतिभा बटाला बेपत्ता भएका हुन् ।

Read More