समाचारमा बालबालिका

बिजुलीको पोलले थिच्दा बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१६ जेठ, महोत्तरी ।

लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ पोल भाँचिएर लाग्दा एक बालकको मृत्यु भएको छ। लोहारपट्टी–१ बगडाका मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कुबेर कडायतले जानकारी दिए।

 

Read More

छात्रालाई यातना, प्रशासनले छानबिन थाल्यो

कान्तिपुरमा प्रकाशित,१५ जेठ, बर्दिया ।

स्थानीय प्रशासनले ‘छात्रा यातना’ घटनाको छानबिन गर्ने भएको छ । प्रशासकीय अधिकृत डिल्लीराज आचार्य नेतृत्वमा शिक्षा अधिकारी, महिला विकास अधिकृत र कानुन व्यवसायी सम्मिलित छानबिन समिति गठन भएको छ ।

Read More

पोखरीमा डुबेर एक बालकको मृत्यु

न्युज २४ मा प्रकाशित,१५ जेठ, सप्तरी ।

सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Read More

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१५ जेठ, सर्लाही ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका निवासी दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। चक्रघट्टा गापा– ६ गोइयाही स्थित पोखरीमा डुबेर स्थानीय ठगा रामकी ९ वर्षीया छोरी प्रिती कुमारी  र हरिनारायण रामकी १० वर्षीया छोरी जशोधा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

Read More

पोखरीमा डुबेर मृत्यु

नागरिक न्युजमा प्रकाशित,१५ जेठ, सप्तरी ।

सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर मंगलबार बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ। 

Read More

मन्त्रीसँग किशोरीको याचना : रजश्वला हुँदा घरमै बस्न पाऊँ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ जेठ, काठमाडौं ।

‘अब त अति भो ! महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक मनाइएको ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’मा विशिष्ट अतिथि चार मन्त्री सामु दैलेखकी किशोरी विमला कार्कीले छाउगोठमा रात बिताउनु पर्दाको वेदना पोखिन् ।

Read More

सर्पदंशबाट एकजना बालकको मृत्यु

सेतोपाटीमा प्रकाशित,१५ जेठ, दाङ ।

दाङमा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ विजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

Read More

किशोरीलाई करणी गर्ने सूर्यबहादुरलाई सात वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,१४ जेठ, तेह्रथुम ।

आफ्नै घरमा आश्रय लिएर बसेकी १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

Read More

माटोको ढिस्कोले पुरेर एकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ जेठ, सिरहा ।

सिरहाको नवराजपुर गाउँपालिका-१ तमासुईयास्थित सुखा पोखरीमा माटो निकाल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँका १४ वर्षीय अबरुल हक रहेको प्रहरीले बताएको छ।

Read More

छतबाट खसेर ज्यान गयो

उज्यालो अनलाइनमा प्रकाशित,१३ जेठ, भक्तपुर ।

घरको छतबाट खसेर भक्तपुरको मकलविनायकमा एक बालिकाको ज्यान गएको छ । कमलविनायकमा रहेको प्रेमप्रसाद सुवालको घरको तीन तलामाथि छतबाट खस्दा काभ्रे कोशीपारीका विकास लामाकी ६ वर्षीया छोरी लक्ष्मी लामाको ज्यानगएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

 

Read More

बलात्कारको भिडियो सार्वजनिक भएपछि

कान्तिपुरमा प्रकाशित,१३ जेठ, धनुषा ।

महोत्तरीको भंगहा गाउँपालिका राजपुरकी १४ वर्षीया किशोरीलाई धनुषाको बटेश्वरमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सामूहिक बलात्कार गरी भिडियो बनाएर सार्वजनिक गरेपछि पीडित पक्षको उजुरीका आधारमा आरोपितमध्येका एक जना पक्राउ परेका हुन्। 

Read More

नयाँबजार नजिकै बिष्णुमती नदीमा नाबालकको शव भेट्टियो

रातोपाटीमा प्रकाशित,१२ जेठ, काठमाडौं ।

बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ । नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो । 

Read More

नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नागरिक न्युजमा प्रकाशित,१२ जेठ, कञ्चनपुर  ।

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्। 

Read More

बालगृहबाट ३३ बालबालिकाको उद्धार

न्युज २४ मा प्रकाशित,१२ जेठ, रुकुम ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ ।  मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो ।

Read More

बालविवाहको चपेटामा विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ जेठ, कपिलवस्तुु ।

 कपिलवस्तुु शुुद्धोधन गाउँपालिका लवनीस्थित मोतिभारी निम्न माध्यमिक विद्यालय (हाल आधारभूत विद्यालय)मा कक्षा आठमा अध्ययनरत अञ्जलि चाईको एक वर्षअघि नै बिहे भइसकेको छ।

Read More

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,१२ जेठ, पाल्पा ।

 बाल्टीको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे मृत्यु भएको छ।

 

Read More

फर्किए १९ बालबालिका

राजधानी दैनिकमा प्रकाशित,११ जेठ, बाजुरा ।

गौमुल गाउँपालिकाबाट घरेलु कामदारका रूपमा बाहिर लगिएका २२ बालबालिका घर फर्किएका छन् । गाउँपालिका गठन र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सो गाउँपालिकाका वडा नं. ४ र ५ का वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्ना गाउँपालिकाका बालबालिका कहाँ कहाँ छन् भनेर खोजी गरी घर फर्काउन दबाब दिएपछि ती बालबालिकाले घर फर्कन पाएका हुन् ।

Read More

विद्यार्थी कक्षा छाडेर चरेस बनाउन थालेपछि स्थानीय चिन्तित

नयाँ पत्रिकामा प्रकाशित,११ जेठ, बाँके ।

खेतबारीमा उम्रिएको गाँजाले समाजमा नकारात्मक प्रभाव पार्न थालेपछि बैजनाथ गाउँपालिका– ८ लुन्द्री र करेलीभाग्राका स्थानीय चिन्तित भएका छन् । विद्यालय गएका विद्यार्थी कक्षा छोडेर गाँजाबाट चरेस बनाएर बिक्री गर्ने र स्वयं प्रयोग गर्न थालेपछि स्थानीय चिन्तित भएका हुन् ।

Read More

हुरीले ढलाएको रूखले च्यापिएर बालकको मृत्यु

थाहा खबरमा प्रकाशित,११ जेठ, दैलेख ।

हावाहुरीले ढलेको रुखले च्यापिएर दैलेखको ठाँटीकाँधमा एक बालकको मृत्यु भएको छ। ठाँटीकाँध गाउँपालिका-६ लाममेला टोलका जोगी दमाईंका छोरा आठ वर्षीय बालक रमेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बालिका बन्धक बनाउने दुई भारतीय पक्राउ

थाहा खबरमा प्रकाशित,१० जेठ, कञ्चनपुर ।

बालिकालाई बन्धक बनाई भारतको टनकपुर पुर्यारउने दुई भारतीय नागरिकविरुद्ध मानव बेचविखन ओसारपसारको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ । 

 

Read More