समाचारमा बालबालिका

१५ वर्षीया बालिकाको विवाह रोकियो

उज्यालो अनलाइनमा प्रकाशित,२४ फागुन, सोलुखुम्बु ।

सोलु्खुम्बुमा प्रहरी र स्थानीय महिला अधिकारकर्मीको पहलमा बाल विबाह रोकिएको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ की १५ वर्षीया दुर्गा माया पुरीको बिहीबार हुन लागेको बाल विवाह स्थानीय महिला अधिकारकर्मी र प्रहरीले रोकेका हुन् ।

 

Read More

बालविवाह गर्नेलाई एक महिना कैद र दश हजार जरिवाना

उज्यालो अनलाइनमा प्रकाशित,२२ फागुन, दैलेख ।

उमेर नपुगेकी बालिकासँग विवाह गरेको आरोपमा दैलेखमा एक जनालाई दैलेख जिल्ला अदालतले एक महिना कैद र दश हजार जरिवाना गरेको छ ।  नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई मंगलबार सजाय सुनाइएको अदालतका प्रवक्ता नायव सुब्बा विनोद आचार्यले जानकारी दिनुभयो । 

 

Read More

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२३ फागुन, रुपन्देही ।

बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो ।

Read More

नहरमा बालिकाको शव फेला

रातोपाटीमा प्रकाशित,२२ फागुन, सप्तरी ।

सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज एउटा बालिकाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो । 

Read More

पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार

नयाँ पत्रिकामा प्रकाशित,२२ फागुन, बाजुरा ।

शिक्षक र कर्मचारीले पढाइदिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका–४ र ५का १४ वर्षमुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाएका छन् । पाँच बालबालिका फर्केर आएपछि घरेलु काममा लगाएको खुलेको हो ।

Read More

फेसबुक ग्रुपबाट हटाएको निहुँमा साथीको हत्या

सेतोपाटीमा प्रकाशित,२२ फागुन, काठमाडौं ।

 बालाजुस्थित फुलबारीमा अचेत अवस्थामा फेला परेका नुवाकोट सूर्यगडी गाँउपालिका ३ का कुमार सुचिकारलाई उनकै साथीले हत्या गरी फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Read More

बाह्र दिनको बीचमा दुईजना बलात्कृत

रातोपाटीमा प्रकाशित,२२ फागुन, रोल्पा ।

रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ । 

Read More

पानीमा डुबेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ फागुन, सर्लाही ।

सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरमा खाल्डोमा जमेको पानीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ। स्थानीय सुदेश माझीका ६ वर्षीय छोरा नितेस माझीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

Read More

बलात्कारको तारो बन्दै बालिका

नागरिक न्युजमा प्रकाशित,२१ फागुन, काठमाडौं ।

गत बुधबार पर्साकी ८ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरे । प्रहरीले बलात्कारमा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । सामूहिक बलात्कारको कारण बालिकाको गुप्तांगमा गम्भीर चोट लागेको छ । चोटका कारण बालिकाको रक्तश्राव अझै रोकिएको छैन । 

Read More

विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद

कान्तिपुरमा प्रकाशित,२१ फागुन, स्याङ्जा ।

हेर्दा सानी, छोटो कपाल, पातली मान्छे केही दिनयता जिल्ला अदालत धाइरहेकी थिइन् । धेरैले उनलाई बाबुआमासँग आएकी होलिन् भनेर अनुमान लगाउँथे । सानी उमेरकी त्यसैमा पनि पातली भएकाले केटाकेटीजस्तै देखिन्थिन् । 

 

Read More

बालिकालाई उपचारका लागि काठमाडौं

कान्तिपुरमा प्रकाशित,२० फागुन, पर्सा ।

बलात्कारमा परेकी पटेर्वासुगौली गाउँपालिका ५ निचुटा टोलकी १० वर्षीया बालिकालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । लैनचौरस्थित रक्षा नेपालले थप उपचारका लागि लग्न थालेको हो ।

Read More

भिरबाट खसेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२० फागुन, बैतडी ।

घाँस काटने क्रममा भिरबाट खसेर मेलौली नगरपालिका–९, विशालपुरकी १३ वर्षिया बालिकाको मृत्यु भएका छ। घर नजिकैको वनमा घाँस काटने क्रमा भिरबाट खसेर मोहन लुहारकी छोरी सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

घरमा आगलागी हुँदा बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ फागुन, तौलिहवा ।

 विजयनगर गाँउपालिका –७ मानपुर डाँडाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीया राजकुमारी यादव छिन् । गर्मीयाम बढेसँगै चलेको हावाहुरीले घरमा आगलागी भएको बताइएको छ ।

Read More

६५ वर्षीय वृद्धद्वारा बालिका बलात्कृत

कान्तिपुरमा प्रकाशित,१८ फागुन, धरान ।

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

Read More

परदेशीका छोरी संरक्षकबाटै बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित,१८ फागुन, उदयपुर ।

उदयपुरकी सम्झनाको परिवारलाई आज खाए भोली के खाने भन्ने चिन्ता थियो । त्यसै समयमा उनका श्रीमानले रोजगारीका लागि विदेश जाने इच्छा गरे ।  त्यसका लागि पासपोेर्ट बनाए । प्रक्रिया पनि अगाडि बढ्यो । तर मेडिकल जाँच गर्दा छातीमा दाग देखियो । उनले विदेश जान पाएनन्  र काठमाडौंबाट उदयपुर फर्किए । 

Read More

शैक्षिक भ्रमणमा गएका बालक स्वयम्भूबाट बेपत्ता

कान्तिपुरमा प्रकाशित,१८ फागुन, ललितपुर ।

जिल्लाको भट्टेडाँडा आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययरत एक विद्यार्थी हराएका छन् । शैक्षिक भ्रमणका लागि स्वयम्भूमा पुर्‍याइएका ११ वर्षीय बुद्धराज थिङ शुक्रबार अपराह्न करिब ४ बजे हराएका प्रिन्सिपल सीताराम चौधरीले जानकारी दिए ।

Read More

आठ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, अवस्था चिन्ताजनक

रातोपाटीमा प्रकाशित,१७ फागुन, पर्सा ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका छन् । निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका हुन् ।  

Read More

उदयपुरमा एकै दिन दुई ठाउँमा आगलागी, एक बालिका घाइते

उज्यालो अनलाइनमा प्रकाशित,१७ फागुन, उदयपुर ।

उदयपुरको कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी कुमार पोखरेलकी ३ वर्षीया छोरी निर्जला पोखरेल घाइते भएकी छिन् ।

Read More

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,१७ फागुन, पोखरा ।

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

अवैध सम्बन्धबाट शिशु जन्माएर फाल्ने महिलालाई ज्यान मुद्दा

थाहा खबरमा प्रकाशित,१६ फागुन, भोजपुर ।

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

 

Read More