समाचारमा बालबालिका

एकसाथ विद्यालयका दुई सय विद्यार्थी बिरामी

उज्यालो अनलाइनमा प्रकाशित,३ माघ, सोलुखुम्बु ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बुङको पेल्माङ आधारभूत विद्यालयमा अध्ययनरत दुई सय भन्दा बढी बालबालिका एक साथ बिरामी भएका छन् । शनिबारदेखि एक दुईजनामा रुघाखोकीको लक्षण देखिएको भए पनि आइतबारसम्म दुई सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकमा त्रास फैलिएको छ । 

Read More

यौन दुराचार गर्ने पक्राउ

कान्तिपुरमा प्रकाशित,१ माघ, काठमाडौँ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचारको अभियोगमा ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्गन गुस्ताभ धामलाई पक्राउ गरेको छ । भोटेबहालमा फ्ल्याट भाडामा लिएर बस्ने योगेन विभिन्न बालगृहमा आश्रित बालबालिकालाई निस्शुल्क खानपानको व्यवस्थामा संग्लन भएर नजिकको सम्बन्ध बनाइरहेका थिए ।

Read More

थलिए बादी बालबालिका

कान्तिपुरमा प्रकाशित,२९ पुस, बझाङ ।

केही दिनयता जाडो निकै बढेको छ । बिहान र साँझको समयमा त झन् घरबाहिर निस्कनै नसकिने अवस्था छ । घरभित्र बस्नका लागि पनि कि त न्यानो लुगा चाहिन्छ कि त आगोको सहारा लिनुपर्छ । पुसको ठिहिर्‍याउने जाडोमा पनि लुगाको जोरजाम गर्न नसक्दा बझाङका बादी समुदायका बालबालिकाहरू भने नांगो शरीर जाडोको सामना गरिरहेका छन् ।

Read More

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

नागरिक न्युजमा प्रकाशित,२९ पुस, बैतडी ।

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो। 

Read More

नदीमा बालक बेपत्ता

उज्यालो अनलाइनमा प्रकाशित,२८ पुस, खोटाङ ।

खोटाङको हलेसी चुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाका वडाअध्यक्ष रुद्र राईको छोरा दूधकोसीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका १४ वर्षीय छोरा किरण राई बिहीबार दिउसोबाट बेपत्ता भएका हुन् ।

 

Read More

बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो ।

Read More

बसको ठक्करले बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, दाङ ।

दाङको लमही नगरपालिका–५ चौलाहीमा स्कूल बसको ठक्करबाट शुक्रबार एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामजान अदलीका छोरा अब्दुल अनसारीको रहेको लमही वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक सुरज खड्काले बताए ।

 

Read More

भारत लगिँदै गरेका २० बालकको उद्धार गरी परिवारको जिम्मा

थाहा खबरमा प्रकाशित,२७ पुस, जुम्ला ।

भारततर्फ लगिँदै गरेको अवस्थामा मंगलबार प्रहरीले तिला गाउँपालिकाको कुडारी बजारबाट उद्धार गरेका २० जना बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। प्रहरीले बुधबार अभिभावकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर बालकहरु जिम्मा लगाएको हो।

Read More

जाडोको जोहोका लागि पत्कर संकलनमा जुटे मुसहर समुदायका बालबालिका

थाहा खबरमा प्रकाशित,२६ पुस, उदयपुर ।

अति विपन्न मुसहर समुदायका बालबालिका जाडोको जोहोका लागि पत्कर संकलनमा जुटेका छन्। केही दिनयता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र शीतलहर बढेपछि आगो ताप्न तथा सुत्नका लागि पत्कर संकलनमा जुटेका हुन् । 

Read More

निसासिएर दुई बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२६ पुस, इटहरी ।

इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । 

Read More

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

नागरिक न्युजमा प्रकाशित,२५ पुस, इलाम ।

प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रदेश १ का जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

 

 

Read More

भाइरलबाट एक बालकको मृत्यु

कान्तिपुरमा प्रकाशित,२४ पुस, जाजरकोट ।

जुनीचाँदे गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीका कारण सोमबार एक बालकको मृत्यु भएको छ । मौसमी रुघाखोकीले जुनीचाँदे २, मौगानका रामबहादुर नेपालीका २ महिने छोरा भूपेन्द्रको मृत्यु भएको हो ।

 

Read More

जाडोले कठाङ्ग्रिएर सिरहामा बालकसहित तीनको मृत्यु

अनलाइनखबरमा प्रकाशित, २३ पुुुुस,सिरहा । 

सिरहा लगायत पूर्वी तराइमा शीतलहरले प्रकोपकै रुप लिएको छ । शीतलहरले बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ ।  दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।

Read More

यौन अपराधको भुंग्रोमा नाबालिका

नागरिक न्युजमा प्रकाशित,२३ पुस, झापा ।

बाबुदेखि शिक्षकसम्म, छिमेकीदेखि अन्य नातेदारसम्मका व्यक्तिबाट यौन अपराधको चपेटामा पर्ने  बालिकाको संख्या लगातार बढ्दै गएको छ । केही वर्षयता यौन अपराधको घटना धेरै हुँदै आएको झापामा सन् २०१६ मा पनि धेरै बालिका र महिला त्यस्तो पाशविक अपराधको शिकार बनेका छन् । 

Read More

ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित, २१ पुस,रुकुम ।

रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

Read More

सहज बन्दै महिनावारी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ पुस,गुल्मी ।

गुल्मीको दुर्गम मदाने गाउँपालिका–२ बाँझकटेरीकी अपेक्षा विक पहिलोपल्ट महिनावारी (रजस्वला) हुँदा गोठमा बसिन्। अहिले १९ वर्षकी उनी पहिलोपल्ट महिनावारी हुँदा ११ वर्षकी थिइन्। बुवाआमाले विकलाई विद्यालय नपठाएर ७ दिनसम्म गोठबाट बाहिर निस्कन दिएनन्। चिसोमा कष्टपूर्ण दिन बिताउन उनलाई धेरै सकस पर्यो । कलिलै उमेरमा महिनावारी हुँदा आफूले धेरै समस्या भोग्नुपरेको उनी सम्झन्छिन् ।

Read More

बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा

कान्तिपुरमा प्रकाशित, २० पुस, बैतडी/हटौंडा ।

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन्। बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन्। सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो। २१ लागेकी धामीका दुई सन्तान छन्। १६ वर्षमै बिहे भएकी उनले पनि स्थायी परिवार नियोजन गरेकी छन्। बिहेबारे थाहा नहुँदै आफ्नो बिहे भयो। 

Read More

भ्यानको ठक्करबाट तीन महिने बालिकाको मृत्यु

उज्यालो अनलाइनमा प्रकाशित, २० पुस, भक्तपुर ।

भक्तपुरमा बुधबार राति भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

Read More

बेवारिसे बालिकाको उद्धार : नाम, ठेगाना सोध्दा हाँस्ने मात्रै गर्छिन्

न्युज २४ मा प्रकाशित, १९ पुस, बैतडी । 

प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो ।

Read More

ट्र्याक्टरको ठक्करबाट पन्ध्र महिने बालकको मृत्यु

रातोपाटीमा प्रकाशित, १८ पुस, कपिलवस्तु ।

 महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्र महिने बालकको ज्यान गएको छ ।  इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । 

Read More