A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnn7tvkvn51l5hdfg841ejn6i81d7onjr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी कुट्ने शिक्षिका पक्राउ

विद्यार्थीको हात भाँचिने गरी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ। भानु आधारभूत विद्यालय रुन्टिगढी गाउँपालिका–८ झेनामकी शिक्षिका पुनको कुटाइबाट घाइते १४ जनामध्ये पाँचजनाको हात भाँचिएको थियो। घटना जेठ १२ गते भए पनि प्रहरीले आइतबार मात्र जानकारी पाएको थियो। ‘यस विषयमा हामीलाई उजुरी परेपछि मात्र थाहा भयो,’ रोल्पा डिएसपी दीपक खड्काले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय होलेरीले पुनलाई पक्राउ गरी कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभिन्न कक्षामा अध्ययन गर्ने उनीहरूमध्ये पाँचजनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएका कारण प्लास्टर गरिएको छ। विद्यार्थीका अनुसार शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै भाँचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध हिर्काएकी थिइन्। विद्यालय ढिला आएको निहुँमा विद्यार्थीले कुटाइ खाएका थिए। निमित्त प्रअको जिम्मेवारी पाएकी शिक्षिकाले विद्यार्थीलाई जथाभावी पिट्न थालेपछि अरू शिक्षक विद्यालयभित्र छिरेका थिए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन्। ‘साथीहरू लाइन लाग्दै थिए। हामी पनि स्कुल आइपुग्यौं। मिसले किन ढिलो आयौ भनेर एकाएक लौराले हान्न थाल्नुभयो। अरू सरमेमहरू हेर्न नसकेर अफिसतिर दौडनुभयो। घाइते हुने अन्य विद्यार्थीमा कक्षा १ का प्रेम पुनसहित सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन्। कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन्। स्थानीय स्तरमै वडाले घटना मिलाउन पहल गरेकाले घटनाबारे ढिलो उजुरी परेको हो। ‘शिक्षिकाले उपचार खर्च दिने र उनलाई विद्यालयबाट निष्कासन गर्ने व्यवस्थापन समितिसहित निर्णय गरेका छौं,’ वडा अध्यक्ष तथा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर घर्तीले भने, ‘छलफल हुँदै छ। अब के गर्ने भन्ने थप निर्णय भएको छैन।’ घाइते विद्यार्थीको अवस्थामा सुधार नआएपछि अभिभावकले उनीहरूलाई उपचारका लागि तुलसिपुर, दाङ पु¥याएका थिए। गाउँपालिकाले घटना सल्टाउन न्यायिक समितिमा छलफल गराउन खोजे पनि पीडित प्रहरीमा पुगेका हुन्। ‘घटना नराम्रो घट्यो। न्यायिक समितिमा छलफल गराउन खोजेको उहाँहरू प्रहरीकोमा जानुभएछ। अब कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढ्छ,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘हामीले गाउँपालिकाको तर्फबाट पनि अनुसन्धान गर्दै छौं।’ घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीरताका साथ हेरेको आयोगको नेपालगन्जस्थित कार्यालयले जनाएको छ।

२०७६ जेठ २१ गते ८:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: