A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqj66p9skv14hq2scurrl57mb62eguo9t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कलिलै उमेरमा आमा

कान्तिपुरमा प्रकाशित,१५ जेठ, हेटौंडा ।

मकवानपुरको दुर्गम क्षेत्रमा मात्र होइन, हेटौंडा उपमहानगरपालिकाभित्र पनि किशोरी अवस्थामा नै आमा बनेका छन् । हेटौंडा अस्पतालमा चालु आवको ९ महिनामा २० वर्षमुनिका २ सय किशोरी आमा बनेका छन् ।

Read More

भलिबलको पोलले लागेर ७ वर्षीय बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ जेठ, बागलुङ ।

जिल्लाको वडिगाड गाउँपालिका- १ दगामा भलिबलको पोलले च्यापिएर एक बालकको ज्यान गएको छ। स्थानीय जंगबहादुर पुनका ७ वर्षीय छोरा निर्मल पुनको सोमबार साँझ स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा टाउकोमा गम्भीर चोट लागेको थियो।

Read More

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

अनलाइनखबरमा प्रकाशित,१५ जेठ, सल्यान।

भोजपुरमा एक आमाले २२ महिने छोराको हत्या गरेको समाचार सेलाउन नपाउँदै सात महिने छोरी हत्या आरोपमा सल्यानबाट एक महिला पक्राउ परेकी छन् । छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरी हत्या आरोपमा पक्राउ गरेको हो।

 

Read More

आँधीखोलामा डुबेर बालिकाको मृत्यु

कान्तिपुरमा प्रकाशित,१४ जेठ, स्याङ्जा ।

वालिङ् नगरपालिका–९ स्थित आँधीखोला नदीमा डुबेर ६ वर्षीय बालिकाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङ्का अनुसार आँधीखोलामा डुबेर गल्याङ् नगरपालिका–२ घर भई हाल वालिङ–९ भकुण्डेमा डेरा गरी बस्दै आएकी ६ वर्षीया आइश्मा गुरुङको ज्यान गएको हो।

Read More

खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

कान्तिपुरमा प्रकाशित,१४ जेठ, भोजपुर।

भोजपुरमा आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । भोजपुरको रामप्रसाद राई गाउँपालकिाको बासीखोरा घर भई भोजपुर नगरपालिका –९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

Read More

जनप्रतिनिधिका सन्तानकै बालविवाह

कान्तिपुरमा प्रकाशित,१४ जेठ, बाजुरा ।

बुढीनन्दा नगरपालिका ३ सिराडीकी रिउली ल्वार वडा सदस्य हुन् । उनकी छोरी रुपसरा ल्वार १७ वर्षकी भइन् । ९ मा अध्ययनरत रूपसराले हालै वडाकै ८ कक्षा पढ्दै गरेका १८ वर्षीय पूर्ण कामीसँग विवाह गरिन् । पूर्ण पनि स्थानीय निर्वाचनमा पराजित दलित महिला वडा सदस्य हिरू कामीका छोरा हुन्।

Read More

बाल विवाहक रोक्दै आमा समूह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ जेठ, मुगु ।

कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँका महिलाहरू बाल विवाहविरुद्धको अभियानमा सक्रिय भएका छन्। आमा समूहका उनीहरू एकजुट भएर अभियानमा लागेका हुन्।

Read More

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गर्ने ६५ वर्षे बृद्धलाई जेल सजाय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ जेठ, उदयपुर ।

सुस्त मनस्थिति भएकी १८ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एकजनालाई ३ वर्ष ४ महिना कैद सजाय सुनाइएको छ।

Read More

खेल्दै गरेका बालकको करेन्ट लागेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ जेठ, रुकुमपश्चिम ।

जिल्लाको मुसीकोट १३, छिबाङ्गमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका- १० घर भएका ११ वर्षीय केशव परियारको बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङमा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

Read More

डोटीमा ४ बालश्रमिकको उद्धार

अनलाइनखबरमा प्रकाशित,१३ जेठ, डोटी ।

बालश्रम मुक्त नगर’ बनाउने अभियानमा लागेको दिपायल सिलगढी नगरपालिकाले वडानम्बर ६ बाट ४ जना बालश्रमिकको उद्धार गरेको छ ।

Read More

निःशुल्क सेनेटरी प्याडको व्यवस्थापछि विद्यालयमा छात्रा नियमित

थाहाखबरमा प्रकाशित,१३ जेठ, डडेल्धुरा ।

प्रमिला राई अमरगढी नगरपालिका–३, नुवाकोटमा रहेको घटाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। उनी महिनावारी भएको बेला विद्यालय प्रायः आउँदैनथिन्। विद्यालयमै महिनावारी भए बिदा लिएर घर फर्कन्थिन्। यसबारे खुलेर कुरा राख्न पनि सक्दिनन् थिए। डराउने, लजाउने गर्थिन्।

Read More

बालविवाह रोक्दै गौमुल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ जेठ, बाजुरा ।

गौमुल–६ की १५ वर्षीया ललिता रोकाया र ५ का १७ वर्षीय कृष्ण रोकाया तीन दिन पहिले घरबाट भागेर हिँडे। दुवैले विवाह गर्न चाहेको परिवारले थाहा पाए। उनीहरुलाई प्रहरीले पक्राउ गर्‍यो। यो एक उदाहरण मात्रै हो। उमेर नपुग्दै जिल्लामा बिहे गर्ने चलन बढ्दो छ।

Read More

दीपायलमा बालविवाह बढ्दो : एउटै वडामा १६३ जना कलिलो उमेरमै बने आमा

अनलाइनखबरमा प्रकाशित,७ जेठ, दीपायल।

२४ वर्षीया मन्नी कोली दिपायल सिलगढी नगरपालिका-७, उडीतोलामा बस्छिन् । उमेरले उनी २४ मात्रै भएपनि उनका तीन सन्तान छन् । जेठी छोरीको उमेर पाँच नाघेको छ।

Read More

बालविवाह रोकिएन

कान्तिपुरमा प्रकाशित,६ जेठ, टीकापुर ।

कतिपय किशोरकिशोरीले मोबाइल, फेसबुकमार्फत प्रेम प्रस्ताव राख्ने र विवाह गर्ने बढेको सरोकारवालाले बताएका छन् । स्वास्थ्य संस्थामा किशोरी अवस्थामै आमा बनेर आउने तथ्यांकले बालविवाह बढेको सजिलै अनुमान गर्न सकिने टीकापुर नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए।

Read More

बालिकामाथि यौन शोषण

कान्तिपुरमा प्रकाशित,६ जेठ, नेपालगन्ज।

हजुरआमाको उपचारका लागि १३ वर्षीय एक बालिका माघमा सुर्खेतबाट नेपालगन्ज आइन् । मजदुरी गर्ने उनका अभिभावक नेपालगन्जमा दिनभरि काममा व्यस्त हुन्थे । बालिका नेपालगन्ज-१० स्थ्िात छिमेकी सुष्मा रैदासको घरमा आवतजावत गर्न थालिन्।

Read More

फुटबल खेल्न गएका किशोर दुई दिनदेखि बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ जेठ, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका-१० (साविक कनपा १७) गौरनटोल भिमानका १७ वर्षीय किशोर दुई दिनदेखि बेपत्ता छन्। शनिबार बिहान ६ बजे घरनजिकै फुटबल खेल्न भनी घरबाट निस्केका सनिस देवकोटा अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा सोविता देवकोटाकाले जानकारी दिइन्।

Read More

बलात्कार र हिंसापछि पनि तड्पिनुपर्छ पीडित

रातोपाटीमा प्रकाशित, ५ जेठ, इलाम ।

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए।

Read More

३ बालबालिकामा डेंगु संक्रमण

कान्तिपुरमा प्रकाशित,२ जेठ, सुनसरी।

डेंगु रोगले एकै वडाका तीन जना बालबालिका संक्रमित भएको फेला परेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवका अनुसार ७, १० र १४ वर्षका ती बालबालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Read More

बलात्कार आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,२ जेठ, मकवानपुर ।

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हीरालाल चौंलागाई पक्राउ परेका छन्।

Read More

विद्यालयबाट घर फर्किँदै गरेकी ६ वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ जेठ, बिर्तामोड।

झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। हल्दिबारी- ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: