समाचारमा बालबालिका

बाल विवाह विरुद्ध सचेतनामुलक अभियान

नागरिक न्युजमा प्रकाशित,२३ भदौ, खोटाङ ।

बाल विवाह नियन्त्रणका लागि खोटाङको रावाबेँसी गाउँपालिकामा सचेतनामुलक अभियान थालिएको छ। बढ्दो बाल विवाह नियन्त्रणका लागि स्थानीय रावाबेँसी बाल क्लवले नाटक, चित्रकला, बक्तृत्वकला लगायतका क्रियाकलाप सुरु गरेको हो। 

Read More

झाँक्रीबाट १५ वर्षीया बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ भदौ, नेपालगन्ज ।

नेपालगन्जको गणेशपुरमा झारफुक गर्ने काममा संलग्न आफूलाई साइबाबा बताउने ४६ वर्षका एक व्यक्तिले १५ वर्षीया बालिकालाई तीन चार महिनादेखि बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। 

Read More

बलात्कृतमा अधिकांश बालिका

कान्तिपुरमा प्रकाशित,२२ भदौ, बाँके ।

जिल्लामा साउनयता जबरजस्ती करणीका ५ मुद्दा दर्ता भए । जिल्ला प्रहरीमा दुई र इलाका प्रहरी कोहलपुरमा तीन मुद्दा दर्ता भएका हुन् । तीनमा अधिकांश कलिला बालिका छन् ।

Read More

मामाकाकाबाटै असुरक्षा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ भदौ, ललितपुर ।

गोदावरी नगरपालिकाको बाडेगाउँमा सोमबार १० वर्षीया छोरी बलात्कार गरेको आरोपमा २९ वर्षीय बाबु पक्राउ परे। उनले राति आफैंसँग सुताएको र बलात्कार गरेको बालिकाले बताएकी छन्। 

Read More

चट्याङले बालकको मृत्यु, दुई जना घाइते

कान्तिपुरमा प्रकाशित,२१ भदौ, हेटौडा ।

मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

Read More

थापाथलीमा नवजात शिशुको शव फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ भदौ, काठमाडौं ।

काठमाडौंको थापाथलीमा नवजात शिशुको शव फेला परेको छ । सुकुम्बासी बस्ती नजिकै खेलाको छेउमा बिहीबार नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत सिंहदरबारका सइ चक्र पुजाराले जानकारी दिए ।

Read More

नवजात शिशुको हत्या आरोपमा युवती पक्राउ

थाहा खबरमा प्रकाशित,२१ भदौ, पर्वत ।

नवजात छोरीको हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवजात शिशुको हत्या आरोपमा प्रहरीले नगरपालिका १० कुर्घाकी १७ वर्षीय युवतीलाई घरबाटै पक्राउ गरेको हो।

Read More

विद्यालयमा बेहोस् भएका विद्यार्थीको उपचारको क्रममा मृत्यु

रातोपाटीमा प्रकाशित,२१ भदौ, रौतहट ।

विद्यालयको शौचालय जाने क्रममा लडेर अचेत भएका रौतहटका एक विद्यार्थीको उपचारको क्रममा मृत्यु गएको छ । गढीमाई नगरपालिका वडा १  समनपुरस्थित शंकर गुदर माविमा  कक्षा २ मा अध्ययनरत ९ वर्षीय  राजा महतोको मृत्यु भएको हो । 

Read More

गुल्मीमा शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

उज्यालो अनलाइनमा प्रकाशित,२० भदौ, गुल्मी ।

गुल्मीको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । कुटपिटवाट गम्भीर घाइते भएका एक विद्यार्थीलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज, पाल्पामा लगिएको छ । 

Read More

झुलाघाटबाट ३ वर्षमा २ सय महिला तथा बालबालिको उद्धार

अनलाइनखबरमा प्रकाशित,२० भदौ, बतैडी ।

पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए ।

Read More

पोखरीमा डुबेर वीरगञ्जमा २ बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,२० भदौ, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई स्कुले बालकको मृत्यु भएको छ । स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो ।

Read More

बालविवाह बदर गर्ने अभियान शुरु

रातोपाटीमा प्रकाशित,२० भदौ, बागलुङ ।

कानूनले तोकेको उमेर नपुग्दै भएको बालविवाहलाई तमानखोला गाउँपालिकाले बदर गरेको छ । गाउँपालिकाले गत वैशाखदेखि नै बालविवाह विरुद्धको अभियान थालेको हो । 

Read More

बिचल्लीमा बालबालिका

कान्तिपुरमा प्रकाशित,२० भदौ, जाजरकोट ।

 कुशे गाउँपालिका–४, ताँगाचौरकी १२ वर्षीया कालिका शाही शारीरिक अपांगता भएकी बालिका हुन् । उनी पढ्न हैन, पशुचौपायाको गोठालो गर्न बाध्य छिन् ।

Read More

मिर्चैयामा बेवारिसे शिशुको उद्धार

नयाँ पत्रिकामा प्रकाशित,२० भदौ, सिरहा ।

सिरहाको मिर्चैया नगरपालिका ३ बलुवा टोलस्थित कमला पूर्वी नहर किनारमा करीब तीन महिनाकी  बेवारिसे शिशुको उद्धार गरिएको छ । शिशुको नहर किनारबाट उद्धार गरिएको हो ।

Read More

यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

नागरिक न्युजमा प्रकाशित,२० भदौ, सर्लाही ।

१२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। ट्युसन पढ्न आउने लालबन्दी नगरपालिका ५  की छात्रालाई यौन दुर्व्यवहार  गरेको आरोपमा  हरिपूर्वा नगरपालिका ८ का राम सिहासन यादवलार्इ पक्राउ गरिएको हो। 

Read More

रुपन्देहीमा १३ वर्षीया बालिका बलात्कृत

उज्यालो अनलाइनमा प्रकाशित, रुपन्देही ।

रुपन्देहीमा एक बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय फिरोज अहमद मुसलमान पक्राउ परेका हुन् ।

Read More

ललितपुरमा १० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

अनलाइनखबरमा प्रकाशित,२० भदौ, ललितपुर ।

ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम  खुलाएको छैन ।

Read More

अरिङगालले टोक्दा एक बालिकाको मृत्यु, दुई घाइते

कान्तिपुरमा प्रकाशित,१९ भदौ, बैतडी ।

अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीमा तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो। 

Read More

कोठामा पुर्यालइदिन्छु भन्दै साहुले गरे किशोरी बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ भदौ, बनेपा ।

काभ्रेको तेमाल गाउँपालिका-१ स्थित गत असार २० गते ९ वर्षीया बालिकाको बलात्कार पछि हत्याको घटना सेलाउन नपाउदै पुनः बनेपामा आइतबार बेलुकी १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। 

Read More

तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ भदौ, कोहलपुर ।

कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ। परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्।

Read More