समाचारमा बालबालिका

जुम्लामा ६९ प्रतिशत बालविवाह

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० जेठ, जुम्ला ।

बालविवाह न्यूनीकरणका लागि जिल्लामा दर्जनौं संघसंस्थाले सचेतनाका कार्यक्रम गर्दै आएका छन्। बालविवाह न्यूनीकरण भने हुन सकेका छैनन्। ०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या एक लाख १८ हजारमध्ये ५५ हजार चार सय ४२ बालबालिका छन्। तीमध्ये ६९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेको पाइएको छ।

Read More

बलात्कार गरेको आरोपमा युवक पक्राउ

कान्तिपुरमा प्रकाशित,२० जेठ, सुनसरी ।

बालिका बलात्कार गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–१८ बस्ने २१ वर्षीय सरोज चपाई रहेका छन् । चपाईले आफूलाई नवीन क्षेत्री र कृष्णप्रसाद चापागाईँ भनेर पनि चिनाउने गरेका छन्।

Read More

बालबालिकाविरुद्ध उजुरी बढ्दै

कान्तिपुरमा प्रकाशित,२० जेठ, बुटवल ।

जेठ पहिलो साता सालझण्डीका १३ वर्षीय बालक जबरजस्ती करणीको आरोपमा पक्राउ परे । उनीमाथि ८ वर्षीया बालिकालाई करणी गरेको आरोप थियो । प्रहरीले एक साता लामो अनुसन्धान गर्‍यो । सरकारी न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन तयार गर्‍यो ।

Read More

बालहिंसा बढ्दो, छिमेकमै हत्यारा

नागरिक न्युजमा प्रकाशित,२० जेठ, जनकपुर ।

२०७६ जेठ १० गते शुक्रबार बिहान वीरगन्जस्थित प्रगतिनगर निवासी शम्भु साहका नौ वर्षीय छोरा करनको अपहरण भयो। घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।

Read More

बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० जेठ, सिन्धुली।

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन। वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने।

Read More

शिक्षिकाको रौद्र रूप, पाँच विद्यार्थीको हात भाँचियो, थप ९ घाइते

राजधानी दैनिकमा प्रकाशित,२० जेठ, दाङ ।

रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्।

Read More

स्मार्ट’ छोरीहरू

कान्तिपुरमा प्रकाशित,२० जेठ, दाङ ।

बसाइ सँगै । पढाइ सँगै । सबैका कथा–व्यथा उस्तै । ‘स्मार्ट छोरी’ भनेर चिनिने उनीहरूको घर भने १६ वटा जिल्लामा पर्छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टीस्थित सहिद स्मृति आवासीय माविको छाक्रावासमा १ सय ८९ जना ‘स्मार्ट छोरी’ छन् । सबैले सशस्त्र द्वन्द्वका त्रममा अभिभावक गुमाएका हुन्।

Read More

हावाहुरीले नवलपरासीमा बालिकाको मृत्यु, ८० घरमा क्षति

थाहा खबरमा प्रकाशित,२० जेठ, नवलपरासी ।

आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए।

Read More

छात्राले सिके प्याड बनाउन

सेतोपाटीमा प्रकाशित,१९ जेठ, रुकुम पश्चिम ।

मुसीकोट नगरपालिका(५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ। विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो।

Read More

सिन्धुलीमा अटो दुर्घटना : एक बालिकाको मृत्यु, तीन घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ जेठ, सिन्धुली ।

सिन्धुलीमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। फिक्कल गाउँपालिकाको खाङ्साङबाट घुर्मीतर्फ जाँदै गरेको स १ ज ११२८ नम्बरको अटो दुर्घटना हुँदा बालिकाको मृत्यु भएको हो। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

Read More

हाडनाताभित्रै यौन हिंसा गर्दा

कान्तिपुरमा प्रकाशित,१९ जेठ, दोलखा।

जब उनी पक्राउ परे, यौन हिंसाका आरोपमाथि आरोप थपिँदै गयो । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनी हाडनाता करणीका थप घटनामा पनि संलग्न देखिएका छन्।

Read More

रौतहटमा ट्याक्टरको ठक्करबाट दुुई बालकको मृत्युु

रातोपाटीमा प्रकाशित,१७ जेठ, रौतहट ।

रौतहटको कटहरिया नगरपालिका–१ भसेढवास्थित ट्याक्टरले ठक्कर दिँदा २ बालकको मृत्युु भएको छ । शुुक्रवार अपरान्ह ना६त ३५६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का रामविलास ठाकुरको छोरा ८ वर्षीय छोटेलाल ठाकुर र सोही ठाँउका पनिलाल ठाकुरको छोरा १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ।

Read More

सात वर्षीया बालिका बलात्कृत

थाहा खबरमा प्रकाशित,१७ जेठ, पर्वत ।

पर्वत विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

स्कुले विद्यार्थीको सहायताले पक्राउ परे बलात्कार आरोपी

सेतोपाटीमा प्रकाशित,१७ जेठ, झापा ।

दिया अधिकारी दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा ९ मा अध्ययरत् छिन्। गत हप्ता बिहीबार साथीहरूसँग पहिलो पटक उनी प्रहरी कार्यलयमा पुगिन्। प्रहरीले कार्यालयमा कस्तो काम गर्दोरहेछ, प्रहरीले सर्वसाधरणसँग कस्तो व्यवहार गर्छरु उनलाई थाहा थिएन।

 

Read More

१७ प्रतिशत किशोरी १० देखि १९ वर्षमा नै आमा

रातोपाटीमा प्रकाशित,१६ जेठ, काठमाडौं ।

नेपालमा अझैसम्म पनि १७ प्रतिशत किशोरीहरू सानै उमेरमा आमा बन्ने गरेको देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोरकिशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्षमा नै आमा बन्ने किशोरीहरु १७ प्रतिशत रहेको उल्लेख गरेको छ।

Read More

आमाले गरिन् नवजात शिशुको हत्या

कान्तिपुरमा प्रकाशित,१६ जेठ, सल्यान ।

दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन्। विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन्।

 

Read More

ढुंगाले किचेर एक बालकको मृत्यु, एक गम्भीर घाइते

कान्तिपुरमा प्रकाशित,१६ जेठ, गोरखा ।

भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यु भएको छ। बुधबार बिहान ११ बजेतिर खोलामा साथीहरुसँग खेलिरहेका पाँच वर्षीय आकास गुरुङको मृत्यु भएको स्थानीय विशाल घलेले जानकारी दिए।

Read More

दैवीय शक्ति पाउने अन्धविश्वासले छिमेकी बालकको बलि

कान्तिपुरमा प्रकाशित,१६ जेठ, जनकपुर ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा शक्तिशालीु हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको खुलेको छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो।

Read More

अपहरित ७ वर्षीय बालकको हत्या

कान्तिपुरमा प्रकाशित,१५ जेठ, वीगन्ज ।

वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१५ जेठ, दैलेख ।

नारायण नगरपालिका-१० भवानीमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय समीर रावतको ज्यान गएको छ। बिहान करिब १० :३० बजे घरमै खेलिरहेका बेला एक्‍कासी बिजुलीको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More