समाचारमा बालबालिका

जन्मदिने आमाले बाँसघारीमा फालिन् : नक्कली आमा बन्नेको हानाथाप

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ असार, जनकपुरधाम।

नौं महिनासम्म कोखमा राखेर जन्मेपछि आमाले शिशुलाई बाँसघारीमा फाल्न थालेका छन्। धनुषाको तारा पट्टीमा आमाले नवजात शिशु फालेको भेटिएको छ।

Read More

अपांग बालिकालाई करणी गरेको अभियोगमा दुई पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, काभ्रे।

बौद्धिक अपांगता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे प्रहरीले दुईजना पक्राउ गरेको छ । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका ५ का वर्ष ३३ का राजकुमार ढुंगेल र अर्का १७ वर्षका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताए।

Read More

करेन्ट लागेर बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,४ असार, सर्लाही।

रामनगर गाउँपालिका–१, चमार टोलका ५ वर्षीय रवि रामको करेन्ट लागेर मृत्यु भएको छ।

Read More

कोसीमा डुबेर दुइ बालक बेपत्ता

नागरिक न्युजमा प्रकाशित,४ असार, उदयपुर ।

उदयपुर र खोटाङको सीमा भएर बग्ने दुधकोसीमा डुबेर उदयपुरका दुई बालक बेपत्ता भएका छन्। बुधबार बिहान पौडी खेल्न कोसी पसेका जिल्लाको लिमचुङबुङ गाउँपालिका–१ बाँसबोटेबुत्कुका १४ वर्षीय प्रविण राई र १६ वर्षीय आसन राई डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्।

Read More

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,४ असार, स्याङ्जा।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कक्षा ७ मा अध्ययनरत बालिकालाई हाडनाताभित्र कै व्यक्तिले जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

Read More

बलात्कारको आरोपमा पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ असार, सप्तरी ।

सप्तरीकी १५ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। पीडित बालिकाको बयान र उजुरीपछि आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।

Read More

कमैया, मुक्त कम्लरी, मुस्लिम र दलित बालिकालाई छात्रवृत्ति

कान्तिपुरमा प्रकाशित,३ असार, बुटवल।

विद्यालयमा छोरीको संख्या बढाउन प्रदेश सरकारले मुक्त कमैया, कम्लरी, मुस्लिम र दलित समुदायका छात्रालाई मासिक १ हजार छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आगामी वर्षको बजेटमा सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई छात्रवृत्ति दिन ४ करोड बजेट विनीयोजन भएको छ।

Read More

किशोरी बेचबिखनको अभियोगमा तीन जना भारतीय नागरिक थुनामा

उज्यालो अनलाइनमा प्रकाशित,३ असार, पाल्पा।

किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा परेका छन् । जिल्ला अदालत पाल्पाले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

Read More

दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती, ८ दिनपछि यसरी पत्ता लाग्यो

रातोपाटीमा प्रकाशित,३ असार, ललितपुर ।

२०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका हराएको ८ दिनपछि फेला परेकी छन । बासलका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो।

Read More

पौडी खेल्ने क्रममा डुबेर तीनजनाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ असार, कपिलवस्तु।

कपिलवस्तुको शिवराज नगरपालिका २ मा पौडी खेल्नेक्रममा तीनजनाको डुबेर मृत्यु भएको छ।मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीनजनाको मृत्यु भएको हो।

Read More

लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु

थाहा खबरमा प्रकाशित,३ असार, सर्लाही।

घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। सर्लाही सदरमुकाम मलंगवा  नगरपालिका ३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मंगलबार दिउँसो  लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु भएको हो।

Read More

१२ वर्षदेखि दाम्लोमा

कान्तिपुरमा प्रकाशित,२ असार, नवलपुर ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ ढोडेनी भुजेल गाउँका एक बालकलाई १२ वर्षदेखि दाम्लोमा बाँधेर राखिएको छ । मानसिक समस्या भएका उनीको उपचार अभाव भएपछि १४ वर्षीय मदन भुजेललाई अभिभावकले बाँधेर राखेका छन्।

Read More

१६ वर्षमा बिहे गर्न माग गर्दै धर्ना

कान्तिपुरमा प्रकाशित,२ असार, नेपालगन्ज।

नेपालको कानुनले २० वर्षमुनिको विवाहलाई गैरकानुनी मानेको छ । तर आइतबार बाँकेका मधेसी समुदायका महिलाले १६ वर्षमा छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिए। प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर उनीहरूले मागपत्र नै पेस गरे।

Read More

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

नागरिक न्युजमा प्रकाशित,२ असार, सर्लाही ।

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

Read More

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गएकी किशोरी बेपत्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ असार, बाजुरा।

हिमाली गाउँपालिका १ की एक किशोरी २८ दिनदेखि बेपत्ता भएकी छन्। हिमाली गाउँपालिका १ विच्छाया माविमा नौ कक्षामा अध्यानरत १६ वर्षीया बास्मती भण्डारी २८ दिनदेिखि बेपत्ता रहेको बास्मतीकी आमा बाचकला भण्डारीले बताइन्।

Read More

विद्यालयमा स्वास्थ्य बिमा

कान्तिपुरमा प्रकाशित,२ असार, सर्लाही ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा स्वास्थ्य बिमा लागु गरिएको छ । वडा कार्यालयको पहलमा लक्षित वर्गका लागि छुट्याइएको रकमबाट बालबालिकाको स्वास्थ्य बिमा गरिएको हो।

Read More

भिरबाट लडेर किशोरीको मृत्यु

कान्तिपुरमा प्रकाशित, १ असार, बाजुरा।

शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन्।

Read More

जबर्जस्ती करणी गरी फरार युवक पक्राउ

अनलाइनखबरमा प्रकाशित,३१ जेठ, दार्चुला।

दार्चुलामा जबर्जस्ती करणीका आरोपी युवक तीन महिनापछि पक्राउ परेका छन् । गत फागुन २८ गते १७ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरी फरार महाकाली नगरपालिका २ का २० वर्षका महेश दमाई बिहीबार पक्राउ परेका दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए।

Read More

बालिका बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

सेतोपाटीमा प्रकाशित, ३१ जेठ, काभ्रे।

१३ वर्षीया बालिका बलात्कार मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाविस ४ का रमेश थापा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार थापालाई नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो।

Read More

सप्तरीमा ५ वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

अनलाइनमा प्रकाशित,३१ जेठ,  सप्तरी।

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Read More