समाचारमा बालबालिका

१३ वर्षीया बालिकालाई फेसबुकमार्फत साथी बनाई ब्ल्याकमेल र बलात्कार गर्ने थुनामा

https://ratopati.com/story/219920/2022/2/6/sujan-shrestha- माघ २३, २०७८

नक्कली फेसबुक एकाउन्टबाट १३ वर्षीया बालिकालाई साथी बनाएर ब्ल्याकमेल गरी बलात्कार गर्ने सुजन श्रेष्‍ठलाई  काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । करिब ३ महिना अगाडि ललितपुर पाटन सुन्धारा बस्ने २१ वर्षका श्रेष्‍ठले सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्ट बनाएर ती बालिकालाई साथी बनाएर बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए ।

 

Read More

किशोरीको अपहरणपछि बलात्कार, दुई जना पक्राउ

https://ratopati.com/story/217497/2022/1/22/rape माघ ८, २०७८

बाँकेको जिल्लाको खजुरामा  एक किशोरीलाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १६ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा खजुरा १ सैनिकका हरिश सुनार र स्थानीय नेप्टे रहेका छन् ।

Read More

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

https://www.onlinekhabar.com/2022/01/1068915 २०७८ माघ ९ गते 

९ माघ, सिमकोट । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका-५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो ।

Read More

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

https://ratopati.com/story/216663/2022/1/17/arrest माघ ३, २०७८

बर्दियाको गुलरिया नगरपालिका–५ बाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोट घर भई गुलरिया बस्ने ३० वर्षीय जनकबहादुर शाहीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

Read More

फेसबुकमार्फत् भएको चिनजान : १३ वर्षीया बालिकामाथि ब्ल्याकमेल र बलात्कार

https://ratopati.com/story/216718/2022/1/18/facebook-rape- माघ ४, २०७८

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पुस ३० गते २१ वर्षीय सुजन श्रेष्ठलाई ललितपुरको पाटनबाट पक्राउ गर्‍यो । एक नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

Read More

कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु

https://ratopati.com/story/216537/2022/1/17/death-od-family माघ ३, २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । 

Read More

बारामा ९ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, दुई पक्राउ

https://www.setopati.com/social/259778 माघ २

बारामा बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई र प्रमाण नष्ट गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

Read More

लोकन्थलीमा तीन तले घरबाट खसेर एक किशोरको मृत्यु

https://www.setopati.com/social/259756  माघ २

भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। 

आइतबार मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

Read More

छिमेकीले गरे १६ महिने भाइको हत्या, ५ वर्षीया दिदी घाइते

https://www.setopati.com/social/259451 पुस २८

स्याङ्जामा १६ महिने बालकको हत्या भएको छ। 

बुधबार दिउँसो सवा १ बजे वालिङ नगरपालिका-१० स्थित भकुण्डेमा ३३ वर्षीय जितेन्द्र गुरूङले एक बालक र बालिकामाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

Read More

झारफुकको क्रममा किशोरीको हत्या, ‘माता’ भनिने झाक्री पक्राउ

https://annapurnapost.com/news/jhaarphukko-krmmaa-kishoriiko-htyaa-maataa-bhnine-jhaakrii-pkraau-193804 २५ पुष २०७८

काठमाडौं: झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक किशोरीको ज्यान गएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ की १४ वर्षीय किशोरीको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)  दिनेश मैनालीले बताए।

Read More

बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु

https://ratopati.com/story/215401/2022/1/10/accident-death पुस २६, २०७८

दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको  छ । पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । 

Read More

जंगलमा गाई चराउन गएका दुई बालकले भिरबाट धकेल्दा एक बालकको मृत्यु

https://www.setopati.com/social/258702 पुस २०

रूकुम पूर्वमा जंगलमा गाई चराउन गएका दुई बालकले अर्का एक बालकलाई झगडाका क्रममा भिरबाट धकेलेपछि एक जनाको मृत्यु भएको छ। 

जिल्लाको भूमे गाउँपालिका वडा नं. १ का ९ वर्षीय सरेश घर्ती र ८ वर्षीय अमृत घर्तीले भिरबाट धकेल्दा स्थानीय ८ वर्षीय जोजो घर्तीको मृत्यु भएको छ। 

Read More

तनहुँमा नवजात शिशुसहित २ जना मृत भेटिए

https://www.onlinekhabar.com/2022/01/1061735 २०७८ पुष २१

२१ पुस, दमौली (तनहुँ) । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Read More

२०० मिटरको दुरीमा किशोर-किशोरी मृत भेटिए

https://www.onlinekhabar.com/2021/12/1057731  २०७८ पुष १२ 

१२ पुस, धनगढी । कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

Read More

करणी प्रयासको आरोपमा किशोर पक्राउ

https://ratopati.com/story/213036/2021/12/26/rape- पुस ११, २०७८

रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Read More

१४ महिने बालकलाई अपहरण गर्ने भारतीय नागरिक पक्राउ

https://ratopati.com/story/212781/2021/12/24/arrest पुस ९, २०७८

जनकपुरधाममा १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ ।

Read More

हराइरहेकी ६ वर्षीया बालिका मृत फेला

https://www.setopati.com/social/257604 पुस ७

बर्दियामा हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन्। 

बुधबार दिउँसो २ बजे बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ९ औरीस्थितमा ६ वर्षीया बालिका देविका खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए। 

उनका अनुसार बालिकाको शव घर देखि अन्दाजी ५०० मिटर पश्चिममा रहेको बबई सिचाई आयोजनाको नहरको अन्डर ग्राउन्डभित्र फेला परेको हो। 

देविका गत शनिबार अपराह्न ५ बजेदेखि बेपत्ता थिइन्। आफ्नी छोरी हराइरहेको भन्दै बारबर्दिया नगरपालिका वडा नम्बर ८ औरी बस्ने बुवा विष्णु खनालले आइतबार जानकारी गराएका थिए। 

Read More

कुटपिट भएको ७२ दिनपछि मृत्यु

https://annapurnapost.com/news/kuttpitt-bheko-72-dinpchi-mrtyu-192134  ०१ पुष

विराटनगर : मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीका एकजना किशोरको एकै परिवारका दाजुभाइ मिलेर कुटपिट गरेको ७२ दिनपछि बिहीबार मृत्यु भएको छ । कुटपिटका कारण १७ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। उनका अनुसार सञ्जयलाई केराबारी–९ का ३२ वर्षीय यज्ञ परियार र २५ वर्षीय सुजन परियार मिलेर गत असोज १८ गते कुटपिट गरेका थिए।

Read More

पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

https://annapurnapost.com/news/paanc-vrssiiyaa-baalikaa-blaatkaar-grnelaaii-jnmkaid-192171 ०१ पुष

दैलेख : दैलेख जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। बालिकालाई बलात्कार गरेको अभियोगमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई अदालतले जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको हो। 

Read More

बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन पक्राउ

https://www.onlinekhabar.com/2021/12/1055664 २०७८ पुष ६

६ पुस, पोखरा । ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक होस्टल वार्डेन पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली छन् ।

Read More