A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1r0nntnkeek1n3sv4mrjud0he5ff4psh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीन वर्षीया बालिका बलात्कृत

नागरिक न्युजमा प्रकाशित,५ कार्तिक, महेन्द्रनगर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ मा तीन वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार आइतबार बेलुका छिमेकी १२ वर्षीय बालकले ती बालिकालाई बलात्कार गरेका हुन्। 

Read More

पिङ खेल्दा लडेर बालिकाको मृत्यु

अनलाइनखबरमा प्रकाशित,५ कार्तिक, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका-६ राममाडीमा पिङबाट लडेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय ५ वर्षकी रिषा नेपालीको सोमबार पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

बालिका बलात्कार आरोपमा युवक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ कार्तिक, अछाम ।

अछाममा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कमलबजार नगरपालिका–५ का १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

Read More

घरदेखि विद्यालयसम्म यौन दुर्व्यवहार

नागरिक न्युजमा प्रकाशित,२५ असोज, दोलखा ।

स्कुलमा पिटी खेलाउने शिक्षकले सिकाउने बहानामा म र साथीको कम्मरदेखि माथिको भाग छुँदै छातीसम्म हात लैजान्थे। डरले रातोपिरो हुन्थ्यौं। पछि एकपटक कक्षा सकिएपछि म र मेरी साथीलाई अन्तिमसम्म बस भनेर कक्षाकोठाभित्रै चुम्बन गर्न खोजे। 

Read More

जंगलमा लगेर किशोरीको सामुहिक बलात्कार

अनलाइनखबरमा प्रकाशित,२५ असोज, रुपन्देही ।

रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजेको हो ।

Read More

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

नागरिक न्युजमा प्रकाशित,२५ असोज, बैतडी ।

बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्। 

Read More

बालिका बलात्कारको आरोपमा पक्राउ

कान्तिपुरम प्रकाशित,२५ असोज, सुनसरी ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको गढी गाँउपालिका–८ छिटाहाका प्रमोद चौधरी पक्राउ परेका छन् । गत आइतबार इटहरी–९ बसपार्कस्थित गोधुली होटलमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

Read More

साथीकै सहयोगमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

अनलाइनखबरमा प्रकाशित,२५ असोज, मोरङ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीया बालिका साथीकै सहयोगमा बलात्कृत भएकी छन् । स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।

Read More

बलात्कार आरोपी १२ वर्षीय बालकलाई सुधारगृह पठाइयो

अनलाइनलखबरमा प्रकाशित,२४ असोज, काठमाडौं ।

६ वर्षीया बालिका बलात्कारको आरोप लागेका १२ वर्षीय बालकलाई सुधार गृह पठाइएको छ । जिल्ला अदालत, पर्वतले मंगलबार पुर्पक्षका लागि सुधारगृह चलान गर्न आदेश दिएपछि उनलार्इ सुधार गृह पठाइएको हो ।

Read More

बाल विवाहविरुद्ध अरिंगाल बन्न जनप्रतिनिधि र प्रहरीलार्इ बालिकाहरुको आग्रह

नागरिक न्युजमा प्रकाशित,२४ असोज, जाजरकोट ।

जाजरकोटका बालिकाहरुले जनप्रतिनिधि र प्रहरीलार्इ बाल विवाह विरुद्ध कडा रुपमा  प्रस्तुत हुन आग्रह गरेका छन्। कानुनको कमजोर कार्यान्वयन, गरिवी, चेतनाको अभाव र परम्पराका नाममा जाजरकोटमा बाल विवहा भयावह वन्दै गएको भन्दै उनीहरुले जनप्रतिनिधि र प्रहरीलाइ अरिंगाल जस्तै भएर बाल विवाह विरुद्ध प्रस्तुत हुन आग्रह गरेका छन्।

Read More

बालमैत्री उपमहानगर बनाउन पहल

कान्तिपुरमा प्रकाशित,२३ असोज, दाङ ।

घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन पहल थालिएको छ । सबै वडामा बालमैत्री कार्यक्रम तय गरी बालसंरक्षणका अभियान सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले बताए ।

Read More

बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीमा

अनलाइनखबरमा प्रकाशित,२४ असोज, काठमाडौं ।

धनुषाकी १२ वर्षकी बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिने दुई जना चिकित्सक कारबाहीमा परेका छन्।

Read More

महिला र किशोरीका लागि बैतडीमा आत्मरक्षा तालिम

थाहा खबरमा प्रकाशित,२४ असोज, बैतडी ।

बलात्कारका घटना बढ्न थालेपछि महिला र किशोरीका लागि बैतडीमा आत्मरक्षा तालिम सुरु भएको छ। पहिलो चरणमा पाटन नगरपालिकाका महिला र किशोरीहरूलाई तालिम दिन सुरु गरिएको हो।

Read More

श्रीमतीको मृत्युपछि छोरीमाथि बलात्कार

अनलाइनखबरमा प्रकाशित,२४ असोज, रोल्पा ।

रोल्पाकी एक १४ वर्षीया किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ कि ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो ।

Read More

पोखरीमा डुबेर बालकको मृत्यु

अनलाइनखबरमा प्रकाशित,२३ असोज, लहान ।

पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

Read More

फेरि किशोरी बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ असोज, स्याङ्जा ।

सुस्त मनःस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ। पुतलीबजार नगरपालिका–१४ निवासी बालिकालाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ।

Read More

मामाघरमा बस्दै आएका किशोर ५ दिनदेखि बेपत्ता

अनलाइनखबरमा प्रकाशित,२३ असोज, रुपन्देही ।

रुपन्देहीको सैनामैना १ वनकट्टास्थित मामाघरमा बस्दै आएका एक किशोर ५ दिनदेखि वेपत्ता भएका छन् । १४ वर्षका प्रवीण केसी ५ दिनदेखि बेपत्ता भएका हुन् । 

Read More

प्रेम गरेको भन्दै १४ वर्षीया किशोरी घर निकाला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ असोज, राजविराज ।

सप्तरीकी एक किशोरी बुवाआमाबाटै घरबाट निकालिएकी छन्। छिमेकी एक किशोरसँग प्रेम गरेको आरोपमा खडग नगरपालिका- १० डंगराहीकी १४ वर्षीया किशोरी घरबाट निकालिएकी हुन्।

Read More

९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबरमा प्रकाशित,२१ असोज, काभ्रे ।

पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । 

Read More

कलिलैमा पेसेवर

कान्तिपुरमा प्रकाशित,२१ असोज, कास्की ।

बीस दिनको अन्तरालमा पोखरामा शृंखलाबद्ध चोरी भयो । मनी चेन्जर र सहकारीलाई निसाना बनाएर चोर्नेको अत्तोपत्तो भएन । व्यक्तिका घरमा चोर्ने ससाना गिरोहलाई कास्की प्रहरीले पक्रिरहेकै थियो । शृंखलाबद्ध चोरी गर्नेमा उनीहरू थिएनन् ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: