समाचारमा बालबालिका

आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

नयाँ पत्रिकामा प्रकाशित,१३ भदौ, बाग्लुङ ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ गरेको छ ।

Read More

काकाबाटै बलात्कृत भइन् ५ वर्षीया बालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ भदौ, नेपालगन्ज ।

कोहलपुर नगरपालिका– ३ मैटहवामा ५ वर्षीया मुस्लिम समुदायकी एक बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । १९ वर्षीय हरुण खानले मंगलबार दाजुकी छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

Read More

छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सीपल पक्राउ

अनलाइनखबरमा प्रकाशित,१३ भदौ, बुटवल ।

छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

Read More

आमाको काखबाट अपहृत आठमहिने शिशुको हत्या

नागरिक न्युजमा प्रकाशित,१२ भदौ, महोत्तरी ।

खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ। 

Read More

ओछ्यानबाटै हराएकी ११ दिनकी शिशुको खाल्डोमा पुरिएको अवस्थामा शव फेला

उज्यालो अनलाइनमा प्रकाशित,१२ भदौ, गरखा ।

गएको भदौ ८ गते राति घरबाटै रहस्यमय रुपमा हराएकी ११ दिनकी मृत भेटिएकी छिन् । गोरखाको सिरानचोक गाउँपालीका २ थालाजुङ खमारीकी ती बालिका रहस्यमय रुपमा हराएकी थिइन् । 

Read More

कम उमेरमै आमा

कान्तिपुरमा प्रकाशित,१२ भदौ, इलाम ।

भर्खरै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर महिला–पुरुष दुवैलाई २० वर्ष तोकेको छ । यसअघि महिलाले १८ र पुरुषले २० वर्षमा विवाह गर्न पाउँथे ।

Read More

कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव भेटियो

उज्यालो अनलाइनमा प्रकाशित,१२ भदौ, सिरहा ।

कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । 

Read More

किशोरी बेपत्ता हुने क्रम बढ्दो, राज्यका साथै परिवार पनि सजग बन्ने कि ?

उज्यालो अनलाइनमा प्रकाशित,१२ भदौ, कास्की ।

कास्कीमा चार दिनको अन्तरालमा दुई बेपत्ता किशोरीको शव भेटियो । एकपछि अर्को गर्दै यस्ता घटना दोहोरिएका छन् । प्रहरीले यसको विषयमा अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

Read More

बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै पक्राउ

कान्तिपुरमा प्रकाशित,१२ भदौ, मोरङ ।

मोरङको उर्लाबारीमा बालिकालाई अपहरण गरेर लैजादै गर्दा एक जनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । सोमबार साँझ उर्लाबारी–६ जनपथ चोकमा साथीहरुसँग खोलिरहेकी ४ वर्षीया कृतिका घिमिरेलाई अपहरण गर्न खोज्ने दमक–८ घर बताउने गोपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

Read More

भान्जी बलात्कार गर्ने मामा प्रकाउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ भदौ, भोजपुर ।

साल्पासिलिछो गाउँपालिकाको दोभानेस्थित एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दोभाने सालेवाकी ११ वर्षीया रचना राईलाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले स्थानीय २० वर्षीय सञ्जय राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

Read More

महोत्तरीमा स्कुल हिँडेका बालक बेपत्ता

नागरिक न्युजमा प्रकाशित,१२ भदौ, महोत्तरी ।

विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन्। धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हुन्।

Read More

रक्षाबन्धन मनाउन मामाघर आएका बालकको डुबेर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ भदौ, राजविराज ।

रक्षा बन्धनका लागि मामाघर आएका एक बालकको पोखरीमा डुबेर मंगलबार मृत्यु भएको छ। रुपनी गाउँपालिका-१ रायपुरस्थित मामा सुब्बालाल यादवको घर आएका आठ वर्षीय बिक्रम राय यादवको मृत्यु भएको गनासिं सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ।

Read More

शिक्षकले यौन दुर्व्यवहार गरेको उजुरी

थाहा खबरमा प्रकाशित,१२ भदौ, उदयपुर ।

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीका आफन्तले प्रहरीमा उजुरी दिएका छन्। त्रियुगा नगरपालिका ४ राष्ट्रिय उच्च मावि बगाहाका शिक्षक वीरेन्द्र बस्नेतले १२ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो।

Read More

सर्पको टोकाईबाट किशोरीको मृत्यु

थाहा खबरमा प्रकाशित,१२ भदौ, उदयपुर ।

जिल्लाको वेलका नगरपालिका-२ मा सर्पको डसाईबाट किशोरीको मृत्यु भएको छ। स्थानीय बाल विद्या मन्दिर इङलिस बोर्डिङ स्कूल कक्षा नौमा अध्यनरत छात्रा अन्दाजी १५ वर्षीया अस्मिता राईको सोमबार राति मृत्यु भएको स्थानीय जानुका कार्की दंगालले जानकारी दिइन्।

Read More

सर्पद‌ंशले बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१२ भदौ, झापा ।

सर्पको टोकाइले झापामा एक बालिकाको सोमबार मृत्यु भएको छ। सर्पदंशले बिर्तामोड नगरपालिका ७ का बिष्टो मुर्मुका छोरी १२ वर्षीया सकुरमुनीको ज्यान गएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Read More

किशोरी बलात्कार अभियोगमा एकजना पक्राउ, अर्का फरार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ भदौ, कालिकोट ।

खाँडाचक्र नगरपालिका–१० निवासी २८ वर्षीया धनराज शाही एक १६ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ गरेका छन् । किशोरीमाथि बलात्कार गर्न खोजेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा लिएको भने भने फरार रहेका अर्का अभियुक्तको खोजी तीब्र बनाएको छ । 

Read More

किशोरीलाई भारत लगेर बेचेको आरोपमा ३ जना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,११ भदौ, अर्घाखाँची ।

१६ वर्षीया किशोरीलाई भारतमा लगि बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा किशोरीलाई ललाइफकाई दार्जीलिङ पुर्यातएको देखिएपछि तीन जनालाई प्रकाउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताउनुभयो । 

Read More

छोरी जोगाउनै मुस्किल

कान्तिपुरमा प्रकाशित,११ भदौ, रुपन्देही ।

रुपन्देहीको कञ्चन गाउँपालिकास्थित मामाघर आएकी ७ वर्षीया ४ दिनअघि बलात्कारमा परिन् । जबरजस्ती करणी आरोपमा उनका मामाका साथी विकल पुन पक्राउ परेका छन्  ।

Read More

फेवातालमा १७ वर्षीया किशोरीको शव फेला

सेतोपाटीमा प्रकाशित,११ भदौ, पोखरा ।

पोखरा पुम्दीभुम्दी घर भएकी एक किशोरीको शव ड्यामसाइडस्थित फेवातालमा भेटिएको छ। आइतबार रातिदेखि सम्पर्कविहीन १७ वर्षीया सुस्मिता लामिछानेको शव फेवाताल किनारामा भेटिएको हो।

Read More

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

रातोपाटीमा प्रकाशित,१० भदौ, लहान ।

सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । 

Read More